September 16, 2024, 7:17 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

भ्रष्टाचार गरेको रकम लुकाउन कर्मचारीले गरे यस्तो हर्कत : छानवीनका लागि अख्तियारमा उजुरी मालपोतमा राजश्व छली :

भदौ १३, २०८१ मा प्रकाशित | ९१३०दर्शक तीव्रखबर

काठमाडौं । कर्मचारीले भ्रष्टाचार गरेको कालोधन (स्रोत नखुलेको रकम) लुकाउन तथा त्यसलाई ‘ह्वाइट’ बनाउने सवालमा कतिसम्मको हर्कत गर्छन भन्ने कुराको एउटा उदाहरण यतिबेला मालपोत कार्यालय टोखामा भएको कारोवार र सो कारावोरको आवश्यक छानवीन गरि कारवाहीको लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीले पुष्टि गरेको छ ।
अख्तियारमा परेको उजुरीमा उल्लेख भएअनुसार ‘सम्पतीको स्रोत लुकाउन १ करोड ७० लाखमा कारोबार गरी लाभकरसगै रजिष्ट्रेशन शुल्क छल्न ११ लाखमा खरिद विक्री गरेको देखाई भ्रष्टाचार गरेको रकमको स्रोत लुकाइएको हो । उक्त उजुरीमा भनिएको छ – गैडहवा गाउँपालिकाका अधिकृत तथा आयुर्वेद शाखा प्रमुखसमेत रहेका गणेश भट्टराईले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा ३ खड्का भद्रकाली तल्लो पासिकोट स्थित किता नं. १४८ को क्षेत्रफल ३९.१८ वर्गफिट जग्गा खरिदगर्दा भ्रष्टाचार गरेको रकमको स्रोत लुकाइएको हो ।
गत फागुन ४ गते मालपोत कार्यालय टोखाबाट रजिष्ट्रेशन पास भएकोे सो जग्गाका धनी विजय के.सीको नाममा एक करोड ७० लाख कारोवार भएको उजुरीमा उल्लेख छ । ११ लाखमा कारोवार गरेको देखाई सम्पतीको स्रोत लुकाउन र लाभकरसगै रजिष्टेशन शुल्क छली भ्रष्टाचार गरिएको भन्दै सुशासन अभियानले मिति २०८१ भाद्र ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको खुल्न आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दर्ता नम्बर सि. ०१२०६१ रहेको उक्त उजुरी उपर छानविनको क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।
यसै विषयमा गणेश भट्टराईसंग सम्पर्क गर्दा फोन उठ्न सकेन भने विक्रेता विजय केसीसंग बुझ्दा उनी सम्पर्कमा नआएको र उनकी श्रीमतीले १ करोड ७० लाखमा कारोबार भएको सहि भएपनि पुर्खौली सम्पती बिक्री गरेको भएकाले केहि बोलिरहनु जरुरी नभएकाे उल्लेख गरिन् ।
खरिदकर्ता भट्टराईले बिक्रेता केसीको १४८ को क्षेत्रफल ३९.१८ वर्ग फिट जग्गा ११ लाखमा खरिद गरेपनि बैंंकिङ मार्फत १ करोड ७० लाख विजय केसीलाई भुक्तानी गरेको स्रोत खुलासा गरेको छ । त्यसैगरी ११ लाखमा जग्गा विक्री गरेका केसीको खातामा थप १ करोड ५९ लाख आउनु रहस्यमय रहेको स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस्

स्रोत छल्न ९३ प्रतिशत कममा कर्मचारीले नै गरे जग्गा खरिद

प्रतिक्रिया