तीव्रखबर
काठमाडौँ – नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्री सवार कारलाई माइतीघरमा बसले ठक्कर दिएको छ ।
एमालेको राष्ट्रिय भेलामा सहभागी हुन कार्की ब्यांक्वेट जाने क्रममा झाँक्री सवार ०२४ च ५७७६ नम्बरको कारलाई माइतीघरमा रिद्धिसिद्धि यातायातको बसले ठक्कर दिएको हो ।
दुर्घटनामा कारमा सामान्य क्षति पुगे पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया