November 19, 2026, 9:46 am
» बर्खास्त भएका एआईजी दाहालले दिए पुनरावेदन » हसिनाको फिर्ती घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा » बंगलादेशका अन्तरिम सरकारका पूर्व प्रमुख युनुसको पुर्ख्यौली घरमा आगजनी » रामकुमारी झाँक्री सवार कारलाई बसको ठक्कर » धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बर्खास्त भएका एआईजी दाहालले दिए पुनरावेदन

मंसिर ३, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

काठमाडौँ – संवेदनशील सूचना चुहाएको आरोपमा बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् ।

दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएका हुन् । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्सँग हुन्छ ।

मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय सदर गरेमा मात्रै दाहाललाई अदालत जाने बाटो खुल्नेछ । त्यसैले उनले पहिलो चरणमा मन्त्रिपरिषद्‍मै पुनरावेदन दिएका हुन्।

सरकारले संवेदनशील सूचना चुहाएको र पदीय आचरणविपरीत काम गरेको आरोपमा असोज २३ गते दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *