November 19, 2026, 7:24 am
» धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु » एपेक बैठकका क्रममा ट्रम्प र पुटिनबीच द्विपक्षीय वार्ता » पदप्रतिको मोहले राजनीतिमा फर्किएको होइन : पूर्वराष्ट्रपति भण्डारी » घातक प्रदूषणको चपेटामा काठमाडौं » सुनचाँदीको मूल्य आजपनि घट्यो

धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

मंसिर ३, २०८३ मा प्रकाशित | १२०४ दर्शक तीव्रखबर

झापा । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा धान काट्ने मेसिन र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार बाह्रदशी गाउँपालिका–३ का २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी–२ का १७ वर्षीय अशोक राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि धान काट्ने मेसिनका चालक फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *