November 19, 2026, 5:43 am
» सुनचाँदीको मूल्य आजपनि घट्यो » राप्ती पुलमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते » भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, सात घाइते » काठमाडौंका यी क्षेत्रमा १२ दिनसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने » दुबई भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ

भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, सात घाइते

मंसिर ३, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

दुर्घटनामा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा र सोही नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए । अन्य एक मृतकको परिचय खुलेको छैन ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप बुधबार बिहान करिब ८ः३५ बजे हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।

दुर्घटनामा जिप चालकसहित १० जना घाइते भएका थिए। प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको थियो। अस्पतालमा उपचारका क्रममा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *