तीव्रखबर
काठमाडौँ – मकवानपुरमा हेटौँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था अचेत रहेको प्रहरीले जनाएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसे बजारनजिक आज बिहान ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट खसेर राप्ती खोलामा पुगेको हो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया