November 18, 2026, 4:11 pm
» उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता » नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा » काठमाडौँलाई हराउदै चितवन दोस्रो क्वालिफायरमा, सुदूरपश्चिमसँग भिड्ने » प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » चितवनले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने

उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता

मंसिर २, २०८३ मा प्रकाशित | १४०४ दर्शक तीव्रखबर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनबीच भेटवार्तामा भएको छ ।

भेटमा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले सम्भावित विपद्बाट ऊर्जा पूर्वाधार सुरक्षित राख्न जोखिममा आधारित योजना, पूर्वसूचना प्रणाली, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता बढाउन आवश्यक रहेको औँल्याएका छन् ।

त्यस्तै, बढ्दो विद्युत् माग र औद्योगिक विकासलाई ध्यानमा राख्दै उत्पादनसँगै प्रसारण तथा वितरण प्रणाली विस्तार, ग्रिडका अवरोध हटाउने र विद्युत् निर्यात क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।

 

ऊर्जा सुरक्षाका लागि जलविद्युत्सँगै सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोत, ऊर्जा भण्डारण र भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको छ ।

 

भेटमा नेपाल सरकार र विश्व बैंकबीच विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन तथा ऊर्जा प्रणालीको दीर्घकालीन स्थायित्वका लागि समयसीमा र उपलब्धिमा आधारित सहकार्य अघि बढाउने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *