November 18, 2026, 11:04 am
» प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » चितवनले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने » इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह » नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, ४ अर्ब १५ करोडको कारोबार » दानबहादुर कार्कीको रिटमा कारण देखाउ आदेश, सरकारसँग लिखित जवाफ माग

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह

मंसिर २, २०८३ मा प्रकाशित | १३०४ दर्शक तीव्रखबर

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटा समेत रहेको मुद्दाको अनुसन्धानलाई प्रभावित पार्ने गरी सञ्चार माध्यममा आएका अप्रमाणित विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी प्रेसवृत्तिमा अनुसन्धान अधिकारीको हवाला दिँदै अनुसन्धानसँग असम्बन्धित मोबाइल लोकेशन लगायतका अप्रमाणित विषय सार्वजनिक गरिएकोमा आपत्ति जनाइएको छ।

प्रचलित कानुन र विधिअनुसार संवेदनशील विषयका विवरण तथा प्रमाणहरू कुनै पनि पक्षलाई उपलब्ध नगराइएको प्रहरीको स्पष्टोक्ति छ।

अनुसन्धानको निष्पक्षता र गोपनीयता कायम राख्न प्रहरी सदैव प्रतिबद्ध रहेको जनाउँदै, आधिकारिकता पुष्टि नगरी यस्ता सामग्री सम्प्रेषण गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *