November 18, 2026, 11:04 am
» प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » चितवनले टस जित्यो, काठमाडौँले पहिला बलिङ गर्ने » इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको आग्रह » नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, ४ अर्ब १५ करोडको कारोबार » दानबहादुर कार्कीको रिटमा कारण देखाउ आदेश, सरकारसँग लिखित जवाफ माग

प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म !

मंसिर २, २०८३ मा प्रकाशित | ००४ दर्शक तीव्रखबर

राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी रौतहट गरूडा नगरपालिका-१ बस्ने ३३ वर्षीय गुलसन श्रीवास्तवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०८१ वैशाख २४ गतेको फैसलाले उक्त मुद्दामा ५३ करोड ८१ लाख ८३ हजार ८१ रूपैयाँ जरिवाना र २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पर्सा वीरगंज महानगरपालिका-१६ नगुवाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

मकवानपुर, मनहरी गाउँपालिका-९ खरङ्गाबाट अवैध लागूऔषध गाँजा ६ किलो २ सय ३० ग्राम सहित सोही नगरपालिका-६ सुनाचुरी भुलचोक बस्ने ४३ वर्षीय चन्द्र बहादुर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.५ ख ८३१३ नम्बरको ट्रकलाई तलासी गर्दा उक्त गाँजा फेला पारी चालक चन्द्रलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा / १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-४ बिश्वडुब्बा बस्ने २५ वर्षीय बनेश्वर सोरेनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बनेश्वरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बरामद

दाङ, बबई गाउँपालिका-४ स्थित मथुरा सल्लेरी सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक २ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

म्याग्दी, मालिका गाउँपालिका-५ मल्कवाङ घरथोकस्थित वनबाट भरूवा बन्दुक ७ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

रूपन्देही / बुटवल उपमहानगरपालिका-९ स्थित सडकमा योगीकुटीबाट चौराहातर्फ आउँदै गरेको लुम्बिनी बिएए ०५५५ नम्बरको जीपको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-५ बस्ने ६९ वर्षीया सुभा शाक्यको बुधबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-५ मुलपानी माइती नेपाल नजिक खोल्सामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सिराहा, गोलबजार नगरपालिका-६ सैनिक चोकस्थित पोखरीको छेउमा सोही नगरपालिका-३ जम्दह बस्ने ६० वर्षीय महेन्द्र चमार बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *