तीव्रखबर
दाङ- दाङको राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
लमहीबाट गढवातर्फ जाँदै गरेको मोटरसाइकल बुधबार बिहान राप्ती पुलमा दुर्घटनामा परेको हो।
दुर्घटनामा गढवा गाउँपालिका–६ रामपुरका १९ वर्षीय रोहित सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए।
दुर्घटनामा सोही स्थानका १८ वर्षीय राहुल थापा र नवीन गुरुङ घाइते भएका छन्। घाइते दुवै जनाको अवस्था र उपचारबारे थप विवरण प्राप्त भएको छैन।
दुर्घटनाको कारण खुल्न बाँकी छ।
प्रतिक्रिया