November 17, 2026, 8:37 am
» फिल्म ‘रामायण’ को विश्वभर बम्पर कमाई, १२ दिनमा कति कमायो ? » कोस्टारिकामा स्वतन्त्र पत्रकारको गोली हानी हत्या » पहिलो चौमासिकमा सरकारको बजेट खर्च २३ प्रतिशत » लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ » एमाले स्थायी कमिटी बैठक आज बस्दै

फिल्म ‘रामायण’ को विश्वभर बम्पर कमाई, १२ दिनमा कति कमायो ?

मंसिर १, २०८३ मा प्रकाशित | १२०४ दर्शक तीव्रखबर

काठमाडौं । बलिवुड फिल्म ‘रामायण’ ले विश्वभर बम्पर कमाई जारी राखेको छ ।

रिलिजको १२ दिनमा रामायणले विश्वभरबाट १४ सय करोडभन्दा बढी कमाएर बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको हो ।

नितेश तिवारीको निर्देशनमा बनेको रणवीर कपुर र यश अभिनीत फिल्मले भारतीय बक्स अफिसमा पनि उल्लेखनीय व्यापार गरेको छ ।

फिल्मले प्रदर्शनको १२ दिनसम्म विश्वभरबाट १४३७.२५ करोड भारतीय रुपैयाँ कमाएको छ । भारतमा यसको कुल कमाइ ७९२.६ करोड भारतीय रुपैयाँ पुगेको छ भने भारतबाहिरबाट ४९० करोड भारतीय रुपैयाँ कमाई गरेको बलिवुडको बक्स अफिस रिपोर्टिंग गर्ने मिडिया स्याक्निलले उल्लेख गरेको छ ।

फिल्मले नोभेम्बर ५ मा प्रदर्शन सुरु गरेको थियो । भारतमा रामायणले पहिलो दिन पहिलो दिन ६४.८५ करोड भारु कमाएकोमा १२औं दिन सोमबार फिल्मले ३२ करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।

नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुर, यश, साई पल्लवी, सन्नी देओल, रवि दुबे र लारा दत्तालगायतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा रणवीरले भगवान् राम र यशले रावणको भूमिका निर्वाह गरेका छन्।

मिडिया रिपोर्टका अनुसार फिल्मका दुवै भाग निर्माण गर्न करिब ४ हजार करोड भारु खर्च हुने बताइएको छ । यो बजेटसँगै फिल्म विश्वकै महँगा चलचित्रमध्ये एक बनेको छ । पहिलो भागका लागि नैयसअघि हजार करोड भन्दा बढी खर्च भएको भनिएपनि निर्माताहरुले फिल्मले राम्रो प्रदर्शन गरेपछि पहिलो भागको बजेट ८ सय करोडभन्दा कम भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *