तीव्रखबर
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ ।
आज सुनको मूल्य तोलाको १९०० सयले घटेर तोलाको दुई लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार १ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी ३५२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया