November 17, 2026, 6:46 am
» लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ » एमाले स्थायी कमिटी बैठक आज बस्दै » भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने » सुनचाँदीको मूल्यमा आजपनि गिरावट » आजको विदेशी मुद्राको विनिमयदर

एमाले स्थायी कमिटी बैठक आज बस्दै

मंसिर १, २०८३ मा प्रकाशित | २३०४ दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आगामी मंसिर २ र ३ गते आयोजना हुन लागेको राष्ट्रिय भेलाको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

एमालेले सोमबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् । भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहनेछ ।

एमालेले राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारीसँगै पार्टीको वैचारिक र संगठनात्मक एकता थप सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *