November 17, 2026, 4:49 am
» आजको विदेशी मुद्राको विनिमयदर » एनपीएल : फाइनल प्रवेशका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै » काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन आजदेखि लागू » काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम ८.८ डिग्रीमा झर्‍यो » कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन आजदेखि लागू

मंसिर १, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

काठमाडौँ । नेपाल सरकारले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा आजदेखि पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन लागू भएको छ ।

सरकारले भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै पशु वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति तथा संस्थाले मंसिर १ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी इजाजत लिनुपर्ने जनाएको थियो ।

यो कानुन लागु भएसँगै अब पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार मासु पसलको मापदण्ड पूरा गरी इजाजत लिन अनिवार्य भएको छ । इजाजत नलिई मासु पसल सञ्चालन वा मासु बिक्री–वितरण गरेमा १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *