November 17, 2026, 3:45 am
» काठमाडौँमा चिसो बढ्यो, न्यूनतम तापक्रम ८.८ डिग्रीमा झर्‍यो » कस्तो छ आजको मौसम पूर्वानुमान ? » ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै » जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध » घाटा बढे पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय

कस्तो छ आजको मौसम पूर्वानुमान ?

मंसिर १, २०८३ मा प्रकाशित | १४०४ दर्शक तीव्रखबर

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ र देशको हिमाली भू-भाग र कोशी प्रदेशको पहाडी भु-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराई भू-भागका केही स्थानमा तुवाँलो लागेको जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *