अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौं / बर्दिया, मधुवन नगरपालिका(७ ताराताल शुक्रबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय आयुश बाठालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बाँसगढी नगरपालिका(६ मोतिपुर गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(६ दमौली बस्ने २८ वर्षीय प्रकाश थारू र २६ वर्षीय प्रताप थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका(११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(१० बस्ने २२ वर्षीय बिरेन्द्र बहादुर ऐर र २५ वर्षीय राम बहादुर चन्द रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपर नगरपालिका(११ नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका(७ घर भएका ५७ वर्षीय अबिलाल जैसी समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, थाहा नगरपालिका(९ चित्लाङबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ४० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका(८ तिनदोबाटो बस्ने धुलिखेल नगरपालिका(३ सञ्जिवनी चोक घर भएका ३३ वर्षीय हेविन श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका(२ क्षेत्रपुर बस्ने सोही महानगरपालिका(११ कोल्टाँडी घर भएकी २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् । इलाका प्रहरी कार्यालय चित्लाङ समेतबाट खटिएको प्रहरीले गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बा।प्र।०१(०३५ च ४५६१ नम्बरको जिप जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जिप चालक हेविन र जिपमा सवार दिव्याश्रीलाई पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका(६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम र नगद ११ हजार ७ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३२ वर्षीय सुनु विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलाम, इलाम नगरपालिका(९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय मिलिग्राम सहित सोही नगरपालिका(८ बस्ने २४ वर्षीय रविन लिम्बु समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम समेतबाट खटिएको प्रहरीले झापाबाट इलामतर्फ आउँदै गरेको मे।९ प २१९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ
काठमाडौं / दाङ, तुलसीपुर उपमहानगरपालिका(५ मासु मार्केटस्थित जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(५ बसपार्क बस्ने ५५ वर्षीय मोहमद अनिस कुरेसी समेत १५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३० हजार २ सय ३५ रूपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका(६ टिकाभैरव भैसेस्थित भैसेडाँडा रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा कोन्ज्योसोम गाउँपालिका(५ बस्ने ४० वर्षीय केशव घिमिरे समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६० हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, गोदावरी नगरपालिका(५ लेले चम्पेश्वरी बस्ने ५१ वर्षीय यम कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा यम कुमार समेत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत चापागाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
काठमाडौं / सर्लाही, मलंगवा नगरपालिका(९ झिमखोलाबाट भरूवा बन्दुक १ थान आइतबार बेलुकी प्रहरीले बारमद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
दाङ, लमही नगरपालिका(९ जलकुन्डीस्थित कालीखोला सामुदायिक वनबाट भरूवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नियन्त्रित लागूऔषध बरामद
सुनसरी / हरिनगर गाउँपालिका(७ खान चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन १५ हजार ट्याब्लेट र ट्रामोल ७ हजार ४ सय ७० ट्याब्लेट आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी घुस्की समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको प्र।१(०२(००४ ह १०५२ नम्बरको सिटी सफारी छाडी चालक फरार भएपश्चात सिटी सफारी जाँच गर्दा उक्त लागूऔषध फेला पारी प्रहरीले बरामद गरेको हो ।
प्रहरीले हाल फरार सिटी सफारी चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
काठमाडौं / धनुषा, जनकपुरधाम उपमहानगरपालिका(१९ कठाईतस्थित सडकमा श्रीरीपुरबाट कठाईततर्फ जाँदै गरेको प्र।०२(००४ प २०४६ नम्बरको ठक्करबाट पैदलयात्री मिथिला बिहारी नगरपालिका(९ कटरेज टोल बस्ने २६ वर्षीय प्रशान्त कुमार यादवको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।
सिराहा, मिर्चैया नगरपालिका(६ बतहा पुलस्थित सडकमा ज।११ प ९००२ नम्बरको मोटरसाइकल र बिआर ३२ एआर ५४७३ नम्बरको मोटरसाइकल एकआपसमा आइतबार राति ठक्कर खाँदा ज।११ प ९००२ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका(८ भगवतपुर बस्ने २३ वर्षीय सुमित कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ज।११ प ९००२ नम्बरको मोटरसाइकलमा सवार अन्य १ जनाको नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर र बिआर ३२ एआर ५४७३ नम्बरको मोटरसाइकलमा सवार २ जनाको राम जानकी अस्पताल प्रालि जनकपुरमा उपचार भइरहेको छ ।
यसैगरी सिराहा, धनगढीमाई नगरपालिका(१ बाखरस्थित सडकमा बाखरबाट करचिबारीतर्फ जाँदै गरेको स।५ प ४२०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय प्रेम कुमार महतोको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको श्रमजिवी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
सप्तरी, बलान बिहुल गाउँपालिका(६ शेहरा चोकस्थित सडकमा चन्हीबाट बोदेबर्साइनतर्फ जाँदै गरेको म।प्र।०१(००५ प ५६७७ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका(२ चन्ही बस्ने २० वर्षीय राजिव पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मुगु, छायाँनाथ रारा नगरपालिका(७ टोप्लास्थित सडकमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा।१७ च १८६४ नम्बरको गाडी सडकबाट करिब ६ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवारहरू काठमाडौं कंलकी बस्ने ५० वर्षीय बिजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पुर्ण कुमार थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालक र गाडीमा सवार अन्य १ जनाको बिएण्डबि अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।
बझाङ, बुङ्गल नगरपालिका(१० टुमेडास्थित सडकमा टुमेडा गाउँबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु।प।प्र।०१(००१ ह ७९९८ नम्बरको अटो सडकबाट करिब ९ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा अटोमा सवारहरू सोही नगरपालिका(१० बस्ने अन्दाजी ३५ वर्षीया राजमति महरा, अन्दाजी १५ वर्षीया तारा महरा, अन्दाजी ५ वर्षीया डल्ली महरा र अन्दाजी ४ वर्षीय रियास महराको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
सुर्खेत / वीरेन्द्रनगर नगरपालिका(१० मनिकापुर बस्ने २७ वर्षीया सरस्वती गिरी ९वली० आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं / सोलुखुम्बु, सोताङ गाउँपालिका(१ खोर्दा बस्ने मोहन कुमार बस्नेतको घरमा आइतबार बेलुकी आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, कोशी गाउँपालिका(१ लौकही बजार बस्ने रञ्जु साहले संचालन गरेको मुना होटलमा विद्युत सर्ट भई आइतबार राति लागेको आगो फैलिएर सोही ठाउँमा रहेको रोशन कुमार साहको पसल र राजदेव शर्माको फलामको सर सामान बनाउने ठाउँमा समेत आगलागी हुँदा तीनै जनाको गरी करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया