November 16, 2026, 3:05 pm
» ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै » जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध » घाटा बढे पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय » मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ » प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म !

घाटा बढे पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय

कार्तिक ३०, २०८३ मा प्रकाशित | १८०४ दर्शक तीव्रखबर

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर खरिद लागत महँगिए पनि उपभोक्ताका लागि हाल कायम बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट २०८३ कात्तिक २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन नगर्ने निर्णय गरेको हो । निगम सञ्चालक समितिको कात्तिक ३० गतेको निर्णयअनुसार पेट्रोल र डिजेलको साविककै बिक्री मूल्य कायम राखिएको निगमले जनाएको छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम राखेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन्।

मूल्य यथावत् राख्दा निगमलाई मासिक रूपमा करिब १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *