November 16, 2026, 3:04 pm
» ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै » जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध » घाटा बढे पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय » मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ » प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म !

मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

कार्तिक ३०, २०८३ मा प्रकाशित | २१०४ दर्शक तीव्रखबर

जनकपुरधाम– धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २-००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पैदलयात्री मिथिलाबिहारी नगरपालिका-९ कटरेज टोल निवासी २६ वर्षीय प्रशान्तकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

गम्भीर घाइते भएका यादवको मृत्यु भएको हुँदा चालक र मोटरसाइकललाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *