November 17, 2026, 6:46 am
» लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ » एमाले स्थायी कमिटी बैठक आज बस्दै » भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने » सुनचाँदीको मूल्यमा आजपनि गिरावट » आजको विदेशी मुद्राको विनिमयदर

भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

मंसिर १, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

काठमाडौं – भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा आउने भएको छ । ग्राहकलाई जुनसुकै समयमा किनमेलको सुविधा उपलब्ध गराउने उद्देश्यले आजदेखि शाखा २४ घण्टा खुला राख्न लागिएको कम्पनीले जनाएको छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार यसअघि भक्तपुरको राधेराधे शाखाबाट चौबिसघण्टे सेवा सुरु गरिएको थियो ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको टंगाल शाखा पुनर्निर्माणपछि गत असोज ५ गतेदेखि पुनः सञ्चालनमा आएको थियो ।

कम्पनीले अहिले देशभर २७ वटा स्टोर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *