November 6, 2026, 12:04 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

डा. केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन

कार्तिक १८, २०८३ मा प्रकाशित | २४०४ दर्शक तीव्रखबर

काठमाडौँ –  चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय टोली गठन गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्यसचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन् ।

मन्त्रालयले डा. केसीले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न अनशनरत पक्षलाई आग्रह गरेको छ ।

सरकारले वार्तामार्फत माग सम्बोधन गर्ने वातावरण बनाउन सम्बन्धित पक्षलाई आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *