November 6, 2026, 12:45 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

मधेश सरकारबाट बाहिरियो नेकपा

कार्तिक २०, २०८३ मा प्रकाशित | २३०४ दर्शक तीव्रखबर

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिने भएको छ।

नेकपा संसदीय दलको भर्चुअल बैठकबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनअनुसार सरकार छाड्ने निर्णय भएपछि मन्त्रीहरू राजीनामा पत्र बुझाउन मधेश प्रदेश सरकारकहाँ जाने तयारी गरेका छन्।

मधेश प्रदेश सरकारमा नेकपाका तर्फबाट चार जना मन्त्री सहभागी रहेका छन्। जसमा अर्थमन्त्री तथा संसदीय दलका नेता युवराज भट्टराई, उद्योग, पर्यटन तथा वनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहेका छन्।

गत असोज ३० गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेको सरकारलाई नेकपाले हालसम्म समर्थन दिँदै आएको थियो। मधेश सरकारले अब विश्वासको मत लिन आठ दिन मात्र बाँकी रहेको अवस्थामा राजनीतिक घटनाक्रम तीव्र बनेको छ।

नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) र नेकपा सहितको नयाँ समीकरण निर्माण भइसकेको दाबी गरेको छ। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले केन्द्रमै तीन दलका शीर्ष नेताहरूको सहमतिमा नयाँ समीकरण बनेको सार्वजनिक गरे पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त दाबी खारेज गरेका छन्। यद्यपि, जसपाभित्रै पनि नयाँ समीकरणलाई लिएर आन्तरिक विवाद रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *