November 20, 2026, 7:31 am
» जुवातास खेलिरहेका २५ जना पक्राउ » भोटेकोशी बाढीपीडितलाई दुई लाख राहत » राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा » प्रधानमन्त्री बालेन आइतबार नेपाल एयरलायन्सबाट दिल्ली जाने » कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

जुवातास खेलिरहेका २५ जना पक्राउ

मंसिर ४, २०८३ मा प्रकाशित | ००४ दर्शक तीव्रखबर

काठमाडौँ- म्याग्दी र धनकुटामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ ।

म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङस्थित ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा निउरेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५७ हजार ४० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारस्थित ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा श्रेष्ठसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद तीन लाख ८८ हजार ९७० रुपैयाँ र १६ थान कौडासहित गए राति पक्राउ गरेको हो ।

पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *