November 20, 2026, 6:45 am
» प्रधानमन्त्री बालेन आइतबार नेपाल एयरलायन्सबाट दिल्ली जाने » कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने » सुन एकैदिन तोलामा १२ हजार २ सयले घट्यो » कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट » विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

प्रधानमन्त्री बालेन आइतबार नेपाल एयरलायन्सबाट दिल्ली जाने

मंसिर ४, २०८३ मा प्रकाशित | १४०४ दर्शक तीव्रखबर

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार  भारतको राजकीय भ्रमणमा जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।  प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री एस जयशङ्करले पनि शिष्टाचार भेट गर्नेछन् ।

सांस्कृतिक निकटता तथा जनस्तरको घनिष्ठ सम्बन्धमा आधारित नेपाल र भारतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री शाहको भ्रमणबाट अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

त्यस क्रममा दुई देशबीचको बहुआयामिक सहकार्यको समीक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्यलाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको  छ । प्रधानमन्त्री शाह मङ्सिर ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *