November 20, 2026, 6:47 am
» प्रधानमन्त्री बालेन आइतबार नेपाल एयरलायन्सबाट दिल्ली जाने » कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने » सुन एकैदिन तोलामा १२ हजार २ सयले घट्यो » कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट » विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

धादिङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ९ जना घाइते

मंसिर ४, २०८३ मा प्रकाशित | १९०४ दर्शक तीव्रखबर

काठमाडौं– धादिङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित ९ जना घाइते भएका छन् ।

आज राति अन्दाजी १ बजेर ५५ मिनेटमा रुबीभ्याली गाउँपालिका ४ कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो बाटोमा अनियन्त्रित भई अन्दाजी ४०० मिटर तल सडकमा खसेको थियो ।

दुर्घटनामा बोलेरोमा सवार सोहि गाउँपालिका–४ बोराङ बस्ने अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा बोलेरो चालकसहित अन्य ९ जना घाइते भएका छन् ।

घाइतेहरूको विवरणः
१. जिल्ला धादिङ, रुबीभ्याली गाउँपालिका–४ बोराङ बस्ने वर्ष ३५ की कान्छी माया तामाङ, भित्री चोट, अवस्था मध्यम ।
२. ऐ.ऐ. बस्ने वर्ष ९ को पिटर तामाङ, दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
३. ऐ.ऐ. बस्ने वर्ष ११ को आमोष तामाङ, भित्री चोट, बोल्न नसक्ने, अवस्था गम्भीर ।
४. ऐ.ऐ. बस्ने वर्ष १४ को कमल घले, बायाँ खुट्टामा चोट, अवस्था मध्यम ।
५. ऐ.ऐ. बस्ने वर्ष ३३ की मिजोङ तामाङ, टाउको तथा शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर ।
६. ऐ.ऐ. बस्ने वर्ष २० को बिमल तामाङ, बायाँ खुट्टामा चोट, अवस्था मध्यम ।
७. ऐ.ऐ. बस्ने वर्ष ४० को चेरोङ तामाङ, टाउकोमा चोट, अवस्था मध्यम ।
८. जिल्ला धादिङ, खनियाबास गाउँपालिका–१ बस्ने वर्ष ४० को बोलेरो चालक डम्बर तामाङ, भित्री चोट, बोल्न नसक्ने, अवस्था गम्भीर ।
९. जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका–११ गौशाला बस्ने वर्ष २५ को ललित बोम्जन, भित्री चोट, अवस्था मध्यम ।
घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य चौकी बोराङ पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *