November 20, 2026, 6:47 am
» प्रधानमन्त्री बालेन आइतबार नेपाल एयरलायन्सबाट दिल्ली जाने » कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने » सुन एकैदिन तोलामा १२ हजार २ सयले घट्यो » कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट » विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

मंसिर ४, २०८३ मा प्रकाशित | ३०४ दर्शक तीव्रखबर

काठमाडौं। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स-नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष सांसद बीट्रिस पिरो, उपाध्यक्ष सांसद ग्रासिएला मेल्चियोर र नेपालका लागि फ्रान्सेली राजदूत फ्राँस्वा पुइग-उन्जाले शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा मन्त्री गौतमले फ्रान्समा पछिल्ला दिनहरूमा भएका प्रदर्शनका घटनाहरूबारे चिन्ता व्यक्त गरिन्। साथै, फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालमा भएको प्राकृतिक विपद्को घटनाप्रति समवेदना व्यक्त गरे।

कानून, न्याय तथा संसदीय मन्त्रालय संसदसँग सम्पर्क गर्ने मन्त्रालय भएकाले भेटमा नेपाल र फ्रान्सका संसदीय प्रक्रिया र अभ्यासबारे अनुभव आदानप्रदान भएकाे थियाे। त्यस क्रममा कानून निर्माणमा सांसदहरूले गर्ने प्रविधिको प्रयोग र विधेयक स्वीकृतिका लागि संसदमा अपनाइने कार्यविधिबारे दुवै पक्षबीच छलफल भएको थियो।

सो अवसरमा फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गरे।

भेटमा दुवै पक्षले नेपाल र फ्रान्सबीचको द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आपसी समन्वयलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *