November 19, 2026, 10:57 am
» दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते » नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार » मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी » बर्खास्त भएका एआईजी दाहालले दिए पुनरावेदन » हसिनाको फिर्ती घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

मंसिर ३, २०८३ मा प्रकाशित | २३०४ दर्शक तीव्रखबर

दाङ । दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

विहिबार बिहान बुटवलबाट लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका २२ जनाको बाँकेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए । अन्य ३१ जना यात्रुको अवस्था सामान्य रहेकाले उनीहरूलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ ।

 

दुर्घटनापछि बस, चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *