November 19, 2026, 11:34 am
» २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते » दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते » नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार » मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

मंसिर ३, २०८३ मा प्रकाशित | १३०४ दर्शक तीव्रखबर

काठमाडौं– नेकपा (एमाले) को राष्ट्रिय भेला २०८३ मङ्सिर २-३ गते कार्की बैंक्वेट काठमाडौंमा भव्य रुपमा  सम्पन्न भएको छ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले उद्घाटन गरेको भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ ।

भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने सङ्कल्प गरेको छ ।

भेलामा अध्यक्ष कमरेड केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’का सम्बन्धमा, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं’ विषयमा, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौं’ विषयमा, उपाध्यक्ष विष्णु पौडेलले ‘एमालेले देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यहरू’ सम्बन्धमा र महासचिव शंकर पोखरेलले ‘पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ सम्बन्धी प्रशिक्षणमूलक सम्बोधन गरेका थिए ।

अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ बारे सहभागीहरुलाई मार्गनिर्देशको क्रममा पार्टीले बेहोरेको धक्का चुनावी परिणामबाट मात्र नभई सरकार अपदस्त गरेदेखि सुरु भएको बताए  । लोकतन्त्रको वापसीका लागि जनता पुनर्जागरणको नेतृत्व एमालेले गर्ने अध्यक्षले बताए ।

भदौ २३ र २४ को घटना र हामी माथिको घेराबन्दी बुझेनौं भने राजनीति बिर्सिएको हुने उनले बताए । पुनर्जागरणको लागि सबै जागृत भएर प्रतिबद्धता र सङ्कल्पका साथ जनताका बिचमा जान अगुवा कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देश गरे ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नाराका साथ सुरु भएको राष्ट्रिय भेलामा देशभर र प्रवासबाट तीन हजार ४१४ जना प्रतिनिधिहरु सहभागी थिए । राष्ट्रिय भेलामा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसदहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी थिए ।

भेलाको उद्घाटन र बन्दसत्रको सञ्चालन सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल र स्वागत सचिव पद्मा अर्यालले गरेका थिए । भेलामा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव र सङ्कल्प प्रस्तुत गरेका थिए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *