तीव्रखबर
काठमाडौं– वैशाखमा ४२ रुपैयाँ प्रति किलो रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ प्रति किलो पुगेको छ ।
भारतमा नै मूल्यवृद्धि भएकाले नेपालमा गहुँको मूल्य ८ रुपैयाँ प्रति किलो बढेको मैदा मिल सञ्चालकहरूले बताएका छन् । गहुँको मूल्यवृद्धि भए सँगै गहुँ कच्चा पदार्थ भएका उद्योगहरू सञ्चालनमा कठिनाइ भइरहेको नेपाल फ्लोर मिल एसोसिएसनले जनाएको छ ।
अहिले आफूहरूसँग करिब एक महिनाका लागि गहुँ मौज्दात रहेकाले तत्कालै समस्या नआउने नेपाल फ्लोर मिल एसोसिएसनका उपाध्यक्ष विकास बेगवानीले जानकारी दिए । उनले भारत सरकारले आफूसँग मौज्दात रहेको गहुँको विक्री खुला नगरे सम्म गहुँको मूल्य नघट्ने बताए ।
भारत सरकारले करिब दुई महिना अघि २४ अगस्त २०२६ देखि गहुँको कोटा हटाएकोले गहुँ आयात गर्न भने समस्या नरहेको एसोसिएसनले जनाएको छ ।
नेपालमा नयाँ गहुँ आउन चैत्र मध्य सम्म कुर्नुपर्ने भएकाले गहुँबाट बन्ने खाद्यमा मूल्यवृद्धि हुन सक्ने बताइएको छ । गहुँ अभावमा अहिले नेपालका फ्लोर मिलहरु ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया