तीव्रखबर
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन्
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा ४-४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा ३ जनाको तथा मधेश, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४६ जना घाइते भएका छन् भने कोशीमा २५ जना, काठमाडौँ उपत्यकामा १० जना, सुदूरपश्चिममा २५ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २६ जना, कर्णालीमा २ जना र गण्डकीमा ५ जना घाइते भएका छन् ।
प्रतिक्रिया