November 6, 2026, 12:04 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कार्तिक १९, २०८३ मा प्रकाशित | ४४०४ दर्शक तीव्रखबर

सिरहा – सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहान करिब १० बजे चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार नाम, थर र ठेगाना नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएकोमा चिकित्सकले बिहान १०ः२५ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीसाधनलाई प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको छ भने मृतकको पहिचान र आफन्तको खोजीसमेत भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *