November 12, 2026, 6:45 am
» भोजपुरमा असिना पानीले धानबालीमा क्षति, किसान चिन्तित » बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड: आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्यो » काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु » वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका कैदी फरार » प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड

भोजपुरमा असिना पानीले धानबालीमा क्षति, किसान चिन्तित

कार्तिक २६, २०८३ मा प्रकाशित | २००४ दर्शक तीव्रखबर

भोजपुर– भोजपुरका विभिन्न स्थानमा बुधबार अचानक परेको असिना पानीले पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुर्‍याएको छ ।

धान काटेर भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका छन् । असिना पानीका कारण खेतमा पाकेर रहेको धानमा क्षति पुगेको हो ।

भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाले असिना पानीले धानबालीमा क्षति पुर्‍याएको बताए। उनले असिना पानी पुनः दोहोरिने चिन्ताले किसानलाई सताएको उल्लेख गरे ।

‘हिजो एक्कासि असिना पानी पर्‍यो,’ उनले भने, ‘फेरि पनि दोहोरिने हो कि भन्ने चिन्ता बढेको छ । यही अवस्था दोहोरिए धानबालीमा ठूलो क्षति पुग्न सक्छ ।’

उनका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन् ।

धान पाकेर खेत पहेँलपुर भएको समयमा मौसममा आएको परिवर्तनले किसान थप चिन्तित बनेका छन् । असिना पानी दोहोरिए पाकेको धान झर्ने, ढल्ने तथा काटेर खेतमा सुकाइएको धानसमेत नष्ट हुने जोखिम रहेको किसानको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *