December 23, 2024, 12:16 am
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

भट्टराई र केसीको अवैध सम्पत्ति छानवीन गर्न सुशासन अभियानद्वारा सम्पत्ति शुद्धिकरणमा उजुरी

अशोज ९, २०८१ मा प्रकाशित | २२१०दर्शक तीव्रखबर

काठमाडौं । स्रोत खुल्ने डरले १ करोड ७० लाखमा कारोवार भएको भएतापनि ११ लाख मात्र देखाई जग्गा खरिद गरेका गैडहवा गाउँपालिकाका अधिकृत तथा आयुर्वेद शाखा प्रमुखसमेत रहेका गणेश भट्टराई र बिक्रीकर्ता विजय केसी विरुद् सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको समाचार प्राप्त भएको छ ।

अवैधरुपमा कमाएको सम्पती लुकाउन तथा त्यसलाई ‘ह्वाइट’ बनाउन जग्गा खरिद गरेका भट्टराइको सम्पती छानवीनको माग गर्दै सुशासन अभियानले उजुरी गरेको हो ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा परेको उजुरीमा उल्लेख भएअनुसार ‘सम्पतीको स्रोत लुकाउन १ करोड ७० लाखमा कारोबार गरी लाभकरसगै रजिष्ट्रेशन शुल्क छल्न ११ लाखमा खरिद विक्री गरेको देखाई गैरकानुनी तवरबाट जोडेको रकमको स्रोत लुकाइएको हो । उक्त उजुरीमा भनिएको छ – गैडहवा गाउँपालिकाका अधिकृत तथा आयुर्वेद शाखा प्रमुखसमेत रहेका गणेश भट्टराईले काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा ३ खड्का भद्रकाली तल्लो पासिकोट स्थित किता नं. १४८ को क्षेत्रफल ३९.१८ वर्गफिट जग्गा खरिदगर्दा भ्रष्टाचार गरेको रकमको स्रोत लुकाइएको हो ।

गत फागुन ४ गते मालपोत कार्यालय टोखाबाट रजिष्ट्रेशन पास भएकोे सो जग्गाका धनी विजय के.सीको नाममा एक करोड ७० लाख कारोवार भएको उजुरीमा उल्लेख छ । ११ लाखमा कारोवार गरेको देखाई सम्पतीको स्रोत लुकाउन र लाभकरसगै रजिष्टेशन शुल्क छली गरिएको भन्दै सुशासन अभियानले मिति २०८१ भाद्र २४ गते सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी गरेकोे छ ।

खरिदकर्ता भट्टराईले बिक्रेता केसीको १४८ को क्षेत्रफल ३९.१८ वर्ग फिट जग्गा ११ लाखमा खरिद गरेपनि बैंंकिङ मार्फत १ करोड ७० लाख विजय केसीलाई भुक्तानी गरेको स्रोत खुलासा गरेको छ । त्यसैगरी ११ लाखमा जग्गा विक्री गरेका केसीको खातामा थप १ करोड ५९ लाख आउनु रहस्यमय रहेको स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस्

भ्रष्टाचार गरेको रकम लुकाउन कर्मचारीले गरे यस्तो हर्कत : छानवीनका लागि अख्तियारमा उजुरी

स्रोत छल्न ९३ प्रतिशत कममा कर्मचारीले नै गरे जग्गा खरिद

प्रतिक्रिया