सिल्क ग्रुपको अनुसन्धान गर्नबाट किन पछि हट्यो सरकार : सिआइबीमा परेको उजुरी नै गायब

- April 17, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । तातोपानी नाकामा सिल्क ट्रान्सपोर्टको नाममा सुन लगायतका अवैध सामान निर्वाध ढुवानी हुन थालेपछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोे (सिआईबी) मा पनि उजुरी परेको लामो समय वितिसक्दा पनि सो उजुरीका सम्बन्धमा सरकारी निकायले चासो दिएको छैन । पैसा र सत्ता पावरको छत्रछाँयामा रहेका केही व्यापारीहरुको समुहले स्थापना गरेको ‘सामान डेलिभरी’ गर्ने कम्पनीबाट अर्बौं रुपैयाँको सामान विना भन्सार चीनबाट नेपाल भित्राएको र राजश्व कर छली गरेको भन्दै छानविन सहित कारबाहीको माग राख्दै सरकारी निकायमा उजुरी हालिएको थियो । स्थानीय बासिन्दाहरुनै सिआईबीमा पुगेर सो बिषयमा अनुसन्धान गरि कारबाहीकालागि समेत माग गरेको थियो ।

सो यसरी उजुरी दिएको पनि ४ वर्ष पुरा भैसक्दा समेत सो ग्रुपमाथी कारबाही त के अनुसन्धान समेत गर्न सरकारी निकायको खुट्टा कमाएर बसेका छन् । उजुरीमा स्थानीय प्रहरी प्रशासनकै सहयोगमा अवैध सामान आयात हुन थालेपछि चर्को बिरोध गर्दै कारबाहीकालागि अनुरोध गरिएको बताईएको छ । बिरोधका क्रममा तत्कालिन समयमा स्थानीय जनप्रतिनिधिहरुले समेत यस प्रकारका सामान हाल चेकजाँच नगरी नेपाल नल्याउन आग्रह गर्दै सरकारी निकायको ध्यानाकर्षण गराएका थिए ।

तर, यस बिषयमा कुनै सुनवाई भएको छैन । सहज आयात हुनुपर्ने तातोपानी नाकामा अहिले तस्करका कारण तनाव सिर्जना भएको लामो समय भै सकेको छ । खुल्ला प्रतिस्पर्धा भएपनि सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी हुन थालेपछि तनाव सिर्जना हुन थालेको बताइएको छ । पटक पटक अबैध रुपमा सुन कारोवारमा संलग्न पाईएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका कारण स्थानीय अवरोध समेत गरेका थिए ।

तर, स्थानीय प्रहरी, प्रशासनलाई प्रभावमा पारेर ती गाडीहरु चेकजाँच नगरि सिधै भन्सार छुटाउदै आएको आरोप समेत तातोपानी भन्सार कार्यालयमाथी लागेको छ । अहिले तातोपानी नाकाबाट नेपाल आइरहेको सामान सबै सिल्क ट्रान्सपोर्टले ल्याइरहेको बताइएको छ । चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केही नेपालीको आधा लगानी रहेको सो ट्रान्सपोर्टका दुईसयभन्दा धेरै कन्टेनरबाट भन्सार छलीका सामान नेपाल भित्राएको शेर्पा निकट एक व्यवसायीले परिचय गोप्य राख्ने शर्तमा बताए ।

ती व्यवसायीले भने,‘अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै यहि कम्पनीको एकलौटी छ, कन्टेनरहरु अहिले रातारात नेपालतर्फ सामान ल्याउन सादा पोशाकमा रहेका प्रहरीकै स्कर्टीङमा सिधै सामान नेपाल भित्राउने कार्य हुदै आएको छ ।’ ती व्यवसायीले अगाडी भने,‘केही पत्रकार हुँ भनेर आएका व्यक्तीहरुले शेर्पाको बारेमा बचाउ गर्ने र सो बापत आर्थिकदेखि जिन्सी सामानको समेत सहयोग गरेमा सिन्धुपाल्चोक जिल्ला महासंघकै सवै सदस्य पत्रकारलाई विरुद्धमा समाचार लेख्नबाट समेत रोक्ने भन्दै वार्गिनिङ समेत गरेर कहिले पैसा र कहिले जिन्सी सामान समेत लिएर जाने गरेका छन्, त्यो ता तपाईहरुले पनि पाउनु भयो होला हैन ।’

ती व्यवसायीका अनुसार सिल्कले पछिल्लो समयमा कोट, पाईट, सर्टलगायत कटन कपडा र सिल्क कपडाको आयात गर्दै आएको समेत बताए । भन्सार कर्मचारीकै सेटिङमा विना चेकजाँच भन्सार पास बनाएर सिधै सामना नेपाल भित्राउने गरेको समेत दाबी शेर्पा निकट व्यवसायीले गरेका छन् । शेर्पाले उनको सामान आयात गर्दा अत्यावश्यक र आवश्यक सामान ल्याउन सरकारले दिने छुटको दुरुपयोग गर्दैै अबैध सामान नेपाल भित्राउने गरेको समेत आरोप ती व्यापारीको रहेको छ ।

यसरी सिल्क ग्रुपले ल्याउने सामानलाई अत्याबश्यक र आबश्यकको सूचीमा भन्सार कर्मचारीले नै राखेर नेपाल भित्राउन दिएको आरोप समेत लागेको छ । सरकारले दिएको अवसरको फाइदा उठाउँदै सूनको तस्करीदेखि लत्ताकपडा लगायत अन्य सामानहरु सिधै चीनको ग्वानजाओबाटै सेटीङ भएर आउने ब्यवसायीहरु बताउँछन् । सिल्क ग्रुपका अध्यक्ष समेत रहेका शेर्पा हुण्डी कारोवारमा समेत संलग्न भएको भन्दै नेपाल प्रहरीले खोजी गरेपनि अहिले सम्म शेर्पालाई पक्राउ गर्नु त परै जाओस् अनुसन्धान समेत गर्ने आँट गरिएको छैन ।

उनका अलवा शेर्पाका केही कामदारलाई भने पक्राउ गरेर सोधपुछ गरेपनि शेर्पालाई सरकारले नै उन्मुक्ति दिदै आएको छ । उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ गरेर आफु भने जोगिदै आएका छन् । नेकपाका नेता तथा पुर्व बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाको भाञ्जा रमेश पछिल्लो समयमा एमाले, माओबादी केन्द्र, राप्रपा नेपाली काँग्रेसदेखि सरकारी कर्मचारीसम्मको संरक्षणमा अबैधधन्दा चलाउदै आएको समेत आरोप लागेको छ ।

सो सम्बन्धमा शेर्पासंग पटकपटक सम्र्पक गर्दा प्राप्त नम्बरहरु सम्र्पक हुन सकेन भन्ने सन्देश आउने गरेका कारण उनीसंग सम्र्पक हुन सकेन । सिल्क ट्रान्सपोर्टमार्फत् सामना आएको जानकारी गराउदा प्रहरी प्रशासनले चेकजाँच नगरी पठाउने गरेको आरोप समेत लागेको छ । सो अबैधधन्दाको सेटिङमा भन्सार प्रमुखकै सहयोगमा गरिदै आएको समेत आरोप लागेको छ । जब जब देशमा संकट, महामारी वा विपत्ति आउँछ, तव तस्कर ब्यापारीहरूले त्यस मौकालाई स्वर्णयुगका रुपमा प्रयोग गरी द्रब्यलाभ समेत गर्दै आएका छन् ।

यो कार्य जुरे पहिरोदेखि २०७२ को भूकम्पको नाममा धेरैले कमाउने मौका पाए । कोरोना महामारीलाई पनि केहीले कमाउने मौकाका रुपमा प्रयोग गरेसंगै माथिल्लो सेटिङ मिलाएर तातोपानी भन्सार नाकाबाट अबैध सामान आयात गर्न थालेको सिल्क ग्रुपले सो नाकालाई नै नियन्त्रणमा लिएर एकलौटी रुपमा आप्mनो कारोबार गर्दै आएको छ ।

तत्कालिन लकडाउनको मौकामा तातोपानी नाकाबाट लसुन लगायतका अत्यावश्यक सामान ल्याएको भनी राति राति सयौं ट्रकहरू सशस्त्र र नेपाल प्रहरीकै स्कटिङमा सामान काठमाडौं ल्याउन समेत सफल भएको थियो । यसरी अबैध रुपमा सामान ल्याएको भन्दै भोटेकोशी गाउँपालिकाका तत्कालिन ४ जना वडाध्यक्षहरुले तातोपानी भन्सार कार्यालयका तत्कालिन प्रमुख लालबहादुर खत्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । यसरी उजुरी दिएपनि सो कारबाही नगरि खत्री सरुवा भए ।

कुनै समय हुण्डीको कारोबारमा ७० लाख रुपैयाँ नगदसहित समातिएका शेर्पाले बाह्रबिसेका एक सामान्य व्यक्तिलाई उक्त कारोबार स्वीकार्न लगाई उनी भने उम्कन सफल भएका थिए । चीनबाट भारततर्फ सिधै सुन तस्करी गर्ने आरोप खेप्दै आएका रमेश पछिल्लो समयमा लत्ताकपडा र अन्य सामानको आयात गर्न थालेका छन् । भने भन्सार छली गरि ल्याएको कपडाको समाचार लेख्नबाट रोक्न पत्रकारलाई भन्दै थानका थान कपडा समेत दिएको बताइएको छ ।

सो कपडा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चो शाखाले बुझेको आरोप लागेको छ । नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा पनि रमेशकै नाम जोडिने गरेको छ । तर, उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ पर्ने गरेको सुरक्षा स्रोत बताउँछ । पटक पटक भारत सुन सप्लाई गर्दै आएका शेर्पाका भिनाजु बिजय शेर्पा १६ किलो सुनसहित भारतमा पक्राउ परेका थिए । उता नेपालमा भिनाजुका दाइ पर्ने साइँला भनेर चिनिने व्यक्ति समेत ६ किलो सुनसहित समातिएका थिए ।

र यो पनि अध्ययन गर्न छुट्यो की ?

सिल्क ग्रुपका अगाडी तातोपानी भन्सार प्रमुख केसी निरिह : आयात निर्यातको नाममा सुनको कारोबार

सिल्क ग्रुपको छैन चीनमा गोदाम : नक्कली गोदाम धितो राखेर अर्बको कर्जा

सिल्क ग्रुपलाई भन्सार प्रमुखको संरक्षण : फेरिँदै बाटो, बदलिँदै अनुहार

शिल्क ग्रुपलाई सरकारकै संरक्षण : मन्त्रीदेखि पत्रकारसम्मलाई कमिशन !!!

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

शिल्क ग्रुपको अबैधधन्दा : सुन र डलरका कारोबारी शेर्पाको सरक्षणमा मन्त्री

सिल्क ग्रुपका सञ्चालक शेर्पाले लिए अबैध सामान छुटाउने ठेक्का : प्रधानमन्त्रीको सचिवालयमै दिन्छन धर्ना

सिल्क ग्रुपका सञ्चालक शेर्पाले लिए अबैध सामान छुटाउने ठेक्का : प्रधानमन्त्रीको सचिवालयमै दिन्छन धर्ना

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…

तातोपानीबाट मल तस्करी : रमेश शेर्पा र गोयलको सेटिङ

प्रहरी स्कटिङमा तातोपानी भन्सारबाट रमेशले यसरी गरे सुन तस्कर…

सिल्क ग्रुपमाथी सरकारले कारबाही नगर्दा अबैध सामान खुलेआम आयात


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!