शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…

- March 14, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

तातोपानी (सिन्धुपाल्चोक) । तत्तकालिन जुरे पहिरो र त्यसपछिको भुकम्पको कारण देखाउदै चिनीयाँ सरकारले बन्द गराएको तातोपानी भन्सार नाकाबाट हुने व्यापारीका कारोबार हालसम्म खुलाउन नेपाल सरकारले सकेको छैन ।  सो नाकाबाट फ्रि तिव्वतको पक्षमा आन्दोलनकारी नेपाल भित्राउने र चीन विरोधी गतिविधि गरेको निष्कर्ष निकालेर चीनको तर्फबाट भुकम्पको बहाना बनाई सो नाका बन्द ग¥यो । तर, सो नाका बन्द गरेपनि एक व्यापारी समुहले भने अहिले पनि विभिन्न बहना बनाई अबैधधन्दा कायम राखेको भेटिएको छ ।

ढिला गरि प्राप्त विवरण अनुसार सो नाकाबाट ‘सिल्क ट्रान्सपोर्ट कम्पनीको सिल्क ग्रुप’ को नामबाट किसानलाई देखाउदै सुनको अबैधधन्दा गर्दै आएको आरोप लागेको छ । २०७७ फागुन अन्तिम साता तातोपानीबाट पहिलो पटक रासायनिक मल भित्राएको भन्दै प्रचारबाजी गरेको सो ग्रुपले मल कहाँ लग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

केही बोरा रासायनिक मललाई कृर्षि मन्त्रालयदेखि बिभाग र कम्पनीसम्मका हाकिम पुगेर अवलोकन गरेका थिए । तर सो मल अहिलेसम्म किसानले प्रयोग गर्न पाएनन् । सिल्क ट्रान्सपोर्ट कम्पनीको सिल्क ग्रुपले जतिबेला १० हजार मेट्रिक टन मल ल्याउनका लागि सम्झौता गरेको बताइएको थियो ।

नियमित रुपमा सो नाकाबाट मल ल्याउने दाबी सिल्क ट्रान्सपोर्ट कम्पनीको सिल्क ग्रुपले दुई बर्षअघि गरिएको सम्झौता अनुसार अहिले पनि रासायनिक मल ल्याएको छैन् । उल्टो सो सम्झौता अनुसार कर्मचारीको मिलिमतोमा सुन नेपाल भित्राएको आशंका भने गरिदै आएको छ ।

सो ग्रुपले अहिलेसम्म जम्मा ३ हजार मेट्रिकटन मल मात्रै आयात गरेको भन्सार नाकाको तथ्याङकमा देखिन आएको छ । केही हजार बोरा मल नाकाबाट भित्राएर सरकार र किसानका अगाडी राम्रो भएको भ्रामक प्रचार गर्दै आएको सो ग्रुपले सम्झौताभन्दा बाहिरको कारोबार समेत गरेको पाइएको छ ।

ल्याएको मल तातोपानी भन्सारको गोदाममै थन्काएर प्रचारबाजीमा उत्रेको सो ग्रुपले सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले मंसिरमा आयात गर्न चारवटै कम्पनी सम्मिलित जेभी ग्रुपले चीनको छिङ्हाई सहरबाट ल्याउने भनिएको थप ठेक्का पाएको २५ हजार मेट्रिकटन मल अहिलेसम्म ल्याउन सकेको छैन ।

दुई बर्षअघिको सम्झौता अनुसार नै मल ल्याउन नसक्ने सिल्क ग्रुपलाई तीन वटा उसकै ग्रुपको कम्पनीलाई २५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का पुनः दिनुले पनि सो कारोबारमा ठूलो रकमको चलखेल गरिएको आरोप समेत लागेको छ । मल ल्याउने सर्तमा गरेको ठेक्कामा ३ हजार मेट्रिकटन मल तातोपानी भन्सार ल्याएको र सोही मलभित्र अबैध रुपमा सुन नेपाल भित्राई उदेश्य पुरा गरेपछि मल ल्याउन आनाकानी गर्दै आएको छ ।

यसरी तोकिएको समयभित्र मल ल्याउन नसकेको भन्दै ठेक्का नै रद्ध गर्न कृषि सामग्री कम्पनीले प्रक्रिया अघि बढाउदा सो ग्रुप कानुनी छिद्रता प्रयोग गरी उच्च अदालत पाटनको शरणमा पुगेसंगै सो ग्रुपको असली नियत बाहिर आएको हो । अदालतले सिल्क सिनोम्याच ग्लोबल म्याटिक विध जेभीसँग मल ल्याउने ठेक्का रद्दको निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो ।

गत जेठ १९ मा उच्च अदालतका न्यायाधीशद्वव नरिश्वर भण्डारी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले सोे अन्तरिम आदेश दिएको थियो  । समयमा मल नल्याएको भन्दै कृषि सामग्रीले सम्झौता तोडेपछि सिल्क सिनोम्याच रिट निवेदन लिएर उच्च अदालत पुग्दा मल नै नल्याउने कम्पनीका पक्षमा अन्तरिम आदेश आएसंगै सो कम्पनीले किसानलाई देखाउदै अबैधधन्दा गरि रहेको समेत आरोप लागेको छ ।

राजनीतिक शक्तिको आडमा कारवाहीबाट बच्न दैनिक जसो दौडधुपमै व्यस्त हुदै आएको छ सो ग्रुप । तत्कालिन कृषि तथा पशुपन्छि मन्त्री महेन्द्रराय यादवले शिल्क ग्रुपको नामै लिन किन चाहिरहेका छैनन् मल ल्याउन भन्दै प्रश्न गरेपछि सो ग्रुप उच्च शक्तीकेन्द्र धाउन थालेको हो ।

सिल्क कम्पनीसँग ढुवानी गर्ने कन्टेनर समेत सोही ग्रुपका अध्यक्ष रमेश शेर्पाकै रहेको छ । शेर्पा कारवाहीबाट बच्न कहिले अदालत त कहिले उच्च शक्तीकेन्द्र हुदै नेताका घर–घर धाइरहेका छन् । सो ग्रुपले मल आयत गर्न नसक्दा समेत कसैले चासो देखाएका छैनन् । मल ल्याउन भन्दा पनि शिल्क ग्रुपका अध्यक्ष शेर्पा भने ग्रुपको बदिनयत लुकाउन रातदिन शक्ति केन्द्रमै दौडिरहेका छन् ।

शेर्पाको मल काण्ड मात्र नभई २०७७ सालमै एनबी ग्रुपको स्वामित्वमा हुँदा टाट पल्टिएर उकासिएको नेपाल बंगलादेश बैंकले प्रवाह गरेका कर्जाहरुको बारेमा धेरै कोणबाट प्रश्न उठेको छ । बंगलादेश बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले विवादित ब्यापारी शेर्पालाई चीनको नक्कली गोदाम धितो राखी १ सय करोड रुपैयाँ ऋण प्रवाह गरेपछि झन विवादमा तानिएको थियो ।

स्रोतका अनुसार रमेश शेर्पाको शिल्क ट्रान्सपोर्ट कम्पनीलाई बंगलादेश बैंकले १ अर्ब ऋण प्रवाह गरेको बताइएको छ । शेर्पाको साझेदार चीनको ‘मुसा’ नामक कम्पनीको गोदाम निरीक्षण गर्न ढुंगानाले तीन कर्मचारी पठाई उक्त ऋण स्वीकृत गरेका थिए । मुसा कम्पनीले देखाएको गोदामसमेत नक्कली रहेको थियो ।

नक्कली गोदाम देखाए पनि बंगलादेश बैंकका कर्मचारीले शेर्पासँग १५ प्रतिशत कमिसन लिएर ऋण लगानी गरेको आरोप लागेको थियो । ट्रान्सपोर्टको कारोबार देखाए पनि शेर्पाको मुख्य धन्दा डलर र सुनकै अबैध ओसारप्रसार रहेको उनी निकट व्यवसायीहरुको भनाई रहेको छ । बाह्रबीसे नगरपालिकाका तत्कालिन मेयर निमफुन्जो शेर्पाका भान्जा रमेशले आफ्नो काला कर्तुतबाट जोगिन कांग्रेस नेता मोहन बस्नेतलाई समेत प्रयोग गर्दै आएका छन ।

अहिलेसम्म दलीय संरक्षणमै सुन र डलरको अवैध कारोबार गर्दैआएका शेर्पाले तातोपानी नाकाबाट सामान ढुवानी गर्ने सिल्क ट्रान्सपोर्टका नाममा गाडी खरिदका लागि यसअघि बंगलादेश बैंक र गुडविल फाइनान्सबाट गरी ७५ करोड ऋण लिएका थिए । रमेश शेर्पाले ऋण लिनका लागि शिल्क ट्रान्सपोर्ट र क्यारिङ उनको प्रमुख ब्यापार भएको देखाउदै आएका छन् ।

तर उनी निकट ब्यवसायीका अनुसार शेर्पाको प्रमुख ब्यापार अवैध सुन र डलर भएको बताउदै आएका छन् । काठमाडौंको जोरपाटी, स्वयम्भू, बालकुमारी र सिन्धुपाल्चोकमा घर तथा १६–२६ मेगावाट उत्पादन क्षमताको लिपिङ हाइड्रोपावरको लगानी गर्दा ४ अर्बको हाराहारीमा देखिएकाले लगानीको स्रोतमा समेत उनले देखाउन सकेका छैनन् ।

हिमरिभर पावर कम्पनी नामक कम्पनीमा केही समयअघिसम्म शेर्पा अध्यक्ष समेत भएको भेटिएको छ । उक्त कम्पनीमा रमेश शेर्पाको लगानी शंकाको घेरामै रहेको भेटिएको छ । हिमरिभर कम्पनीमा यस्तै अवैध धन्दा वा भ्रष्टाचारबाट आर्जित धेरै लगानी भएको आशंका सम्पत्ती शुद्धिकरण विभागले गरेको बताइए पनि अहिलेसम्म सो विषयमा के भयो भन्ने बारे भने विभागले बताउन चाहेको छैन ।

को हुन रमेश शेर्पा ?

साविक गाती गाविसका रमेश तत्कालिन बाह्रविसे नगरका मेयर तथा सिन्धुपाल्चोक नेकपा नेता निमफुन्जो शेर्पाका भान्जा हुन् । उनका बाबु सामान्य ह्वान्डीक्राफ्टको काम गर्थे । सामान्य परिवारमा जन्मेका रमेशको अहिलेको आर्थिक अवस्था देख्नेहरू जो कोही पनि आश्चर्य मान्छन् ।

देखावटी रुपमा सिल्क ट्रान्सपोर्ट नामक कम्पनी खडा गरेका र नेपाल–चीन ब्यापार गरेको देखाउँदै आएका शेर्पाको मुख्य ब्यवसाय नै अबैध कारोबार भएको बताउदै आएका छन् । ललितपुरको बालकुमारीमा ३८ आना जग्गामा सिल्क ट्रान्सपोर्ट कम्पनीको गोदाम तथा ग्यारेज निर्माण गरेका शेर्पाको बौद्ध आरुबारीमा २२ आना जग्गामा स्विमिङ पुलसहितको अत्याधुनिक बंगला बनाएका छन् ।

महलभित्रै स्वीमिङपुल रहेको घरमा भूमिगत गोदाम रहेको बताइएको छ । हुण्डीको कारोबारमा ७० लाख नगदसहित समातिएका शेर्पाले बाह्रबिसेका एक सामान्य व्यक्तिलाई उक्त कारोबार स्वीकार्न लगाई जेल पठाई उनी जोगिएका व्यक्ती हुन । बालकुमारीको जग्गा भने राष्ट्र बैंकमा कार्यरत मोहन श्रेष्ठबाट खरिद गरेका थिए ।

तिनै मोहन श्रेष्ठले लिपिङ हाइड्रोपावरमा ६ करोड लगानीसमेत गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । भोटेकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भइरहेको हिम रिभर हाइड्रोमा दश करोडको शेयर लगानी गरेका शेर्पाको अबैध ब्यवसायका कारण करोडौंको आम्दानी भएको उनी निकटहरू बताउँछन् ।

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

भन्सारका भ्रष्टहरुको कालोधन यो ग्रुपमा लगानी : शक्तीकेन्द्रको आँडमा भएन उजुरीमाथी छानविन

तातोपानी भन्सार नाकाबाट अबैध सुन तस्करी (भिडियोसहित)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!