काठमाडौ । देशमा संकट, महामारी वा विपत्ति आउँछ, तव उत्तरतर्फ र दक्षिण सिमाबाट व्यवसायीक कारोबार गर्ने तस्कर ब्यापारीहरूको चलखेल बढ्दै जाने गरेको छ । अस्थिरताको मौकालाई स्वर्णयुगका रुपमा प्रयोग गरी द्रब्यलाभ गर्दै आएको सिल्क ग्रुप अन्र्तगतको ‘सिल्क ट्रान्सपोर्ट’ र ‘मुसा मुसा लजिस्टिक ट्रान्सपोर्ट’ नामक कम्पनीले शक्ती केन्द्रको दुरुपयोग गरी अबैध सामानको समेत आयात गर्दै आएको फेला परेको छ ।
सो कम्पनीहरुले कोरोना महामारी फैलिन नदिन २०७६ चैत ११ देखि देशमा लकडाउन घोषणा गरेको थियो । त्यस लकडाउनको मौका छोपी तातोपानी नाकाबाट अबैधरुपमा ‘लसुन’ को नाममा ‘सुन’ नेपाल भित्राएको आरोप लगेपनि कारबाही भने गर्न सरकारले अहिलेसम्म सकेको छैन ।
रातको समयमा अत्याबश्यक बस्तुको सूचीमा लसुन राखी सुन सहितका ट्रकहरू सशस्त्र र नेपाल प्रहरीले स्कटिङ गरी काठमाडौं पठाएको भन्ने आरोप लगेपनि सो बारे सरकारी छानविन र अनुसन्धान समेत गर्ने आँट गर्न नसक्नुले पनि सो ग्रुपको सेटिङ माथिल्लो तहसम्म नै रहेको अनुमान सम्बन्धित क्षेत्रकै व्यवसायीहरुले लगाएका छन् ।
अति आवश्यक सामानमात्र ल्याउनुपर्ने भन्दै भोटेकोशी गाउँपालिकाका ४ जना तत्कालिन वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले तातोपानी भन्सार कार्यालयमा पेश गरेको ज्ञापनपत्रका आधारमा अनुमति दिएको पाईएको थियो । तत्कालिन भन्सार प्रमुख लालबहादुर खत्रीसंगकै सेटिङमा सो अबैधधन्दा खुलाआम चलाएको आरोप लागेको थियो ।
सिल्क ट्रान्सपोर्टका सञ्चालक रमेश शेर्पाले ट्रकका ट्रक सामान भित्राउदै आएपनि सो ट्रकको चेकजाँच भने कागजीरुपमा मात्र भएको भन्दै भन्सार कार्यालयमा जानकारी गराउदा समेत कारबाही नभएको शेर्पाकै एक नजिकका व्यवसायीले बताएका छन् । सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी हुन थालेपछि भन्सार नाकामा विवाद समेत हुदै आएको थियो ।
चिनियाँ कम्पनी ‘मुसा’ भन्ने र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केही नेपालीको आधा लगानी रहेको सिल्क ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनरबाट अबैध सामानको ओसारप्रसार हुदै आएको बताइएको छ । तातोपानी नाकाबाट यसअघि अरु कन्टेनरहरूले पनि सामान ढुवानी गर्दै आएकोमा रमेश शेर्पाले सिल्क ट्रान्सपोर्टमार्फत् सिन्डिकेट खडा गरी एकाधिकार कायम गरेपछि तनाव सृजना भइरहेको छ ।
नेकपा एमालेका नेता तथा बाह्रविसे नगरपालिकाका तत्कालिन मेयर निमफुञ्जो शेर्पाको भान्जा भएका कै कारण उनलाई संरक्षण दिएको आरोप समेत लागेको छ । बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेको आरोप लगाउँदै स्थानीय अवरोधसमेत गरेका थिए ।
स्थानीय प्रहरी, प्रशासनलाई प्रभावमा पारेर ती गाडीहहरू चेकजाँचसमेत नगरि छुटाएको बताइएको छ । सिल्क ट्रान्सपोर्टका कन्टेनरमा अवैध सामान, सुन समेत ठूलो परिमाणमा काठमाडौंमा ल्याएको आरोप लागेको छ । केही समयअघिसम्म सामान्य झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश बाह्रविसे नगरका मेयर तथा सिन्धुपाल्चोक नेकपा नेता निमफुन्जो शेर्पाका भान्जा हुन् ।
उनका बाबु सामान्य ह्वान्डीक्राफ्टको काम गर्दै आएका थिए । देखावटी रुपमा सिल्क ट्रान्सपोर्ट नामक कम्पनी खडा गरेका र नेपाल–चीन ब्यापार गरेको देखाउँदै आएका शेर्पाको मुख्य ब्यवसाय नै अबैध कारोबार भएको स्रोतको दाबी छ । ललितपुरको बालकुमारीमा ३८ आना जग्गामा सिल्क ट्रान्सपोर्ट कम्पनीको गोदाम तथा ग्यारेज निर्माण गरेका शेर्पाको बौद्ध आरुबारीमा २२ आना जग्गामा स्विमिङ पुलसहितको अत्याधुनिक बंगला रहेको स्रोत जनाएको छ ।
घरमा भूमिगत गोदाम समेत राखेको शंका उनी निकट व्यवसायीहरुले गरेका छन् । हुण्डीको कारोबारमा ७० लाख नगदसहित समातिएका शेर्पाले बाह्रबिसेका एक सामान्य व्यक्तिलाई उक्त कारोबार स्वीकार्न लगाई जेल पठाएको समेत आरोप लागेको छ । बालकुमारीको जग्गा भने राष्ट्र बैंकमा कार्यरत मोहन श्रेष्ठबाट खरिद गरेका भेटिएको छ ।
तिनै मोहन श्रेष्ठले लिपिङ हाइड्रोपावरमा ६ करोड लगानीसमेत गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । भोटेकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भइरहेको हिम रिभर हाइड्रोमा दश करोडको शेयर लगानी गरेका शेर्पाको अबैध ब्यवसायका कारण करोडौंको आम्दानी भएको उनी निकटहरू बताउँछन् ।
चीनबाट भारत सुन तस्करी गर्ने आरोप खेप्दै आएका रमेशको सामान तीन पटक भारतमा समेत पक्राउ परेको स्रोत बताउछ । नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा पनि रमेशकै नाम जोडिने गरेको थियो । तर, उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ पर्ने गरेको सुरक्षा स्रोत बताउँछ । पटक पटक भारत सुन सप्लाई गर्दै आएका शेर्पाका भिनाजु बिजय शेर्पा १६ किलो सुनसहित भारतमा पक्राउ परेका थिए ।
उता नेपालमा भिनाजुका दाइ पर्ने साइँला भनेर चिनिने व्यक्ति समेत ६ किलो सुनसहित समातिएका थिए । यसरी पटकपटक पक्राउ परेको सिल्क ट्रान्सपोर्टको नाममा सुन लगायतका अवैध सामान निर्वाध ढुवानी हुन थालेपछि केन्द्रीय प्रहरी ब्यूरो (सिआई) मा समेत उजुरी परेको बताइएपनि अहिले सम्म खासै कारबाहीभने केही भएको छैन ।
स्थानीय ब्यक्तिहरुले सिआईबीमा पुगेर सो कम्प्नीमाथी अनुसन्धानका साथै छानतविन गरी कारबाही गर्ने माग राख्दै उजुरी दिएको बताएका छन् । पटक पटक सुन कारोवारमा संलग्न पाईएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका कारण स्थानीय अवरोधसमेत हुने गरेको छ ।
अत्यावश्यक र आवश्यक सामान ल्याउन छुट सरकारले दिएको अवसरको फाइदा उठाउँदै सूनको तस्करी व्यापक भइरहेको जानकारहरु बताउँछन् । यी सामानहरु तिव्वतमा वा खासामा मात्र सेटीङ भएर आउने नभइ ग्वानजाओबाटै सेटीङ भएर आउने ब्यसायीहरु बताउँछन् । सुन तस्करी गर्ने रमेशको सामान तीन पटक भारतको सिलगुढीमा रमेशका भिनाजू १६ केजी अवैध सुनसहित पक्राउ परेका थिए ।
त्यस्तै काठमाडौंको महाबौद्धमा उनको भिनाजूको दाई २० केजी सुनसहित पक्राउ परेका थिए । उनीहरु तीन महिना जेल बसेर निस्किएका व्यक्ति हुन । बाह्रबिसे नगरपालिकाका निवर्तमान मेयर निमफुन्जो शेर्पाका भान्जा रमेशको समूहले प्रहरी प्रशासन मिलाएर स्कटिङ गरी सुन काठमाडौं ल्याउने र लकडाउनका बीच पनि त्यो सुन भारततर्फ पु¥याउने अबैध काम गर्दै आएको भन्दै उजुरी गरेको बताइएको छ ।
यसरी पटकपटक विवादमा मुछिएका व्यक्तिको कम्पनीमाथी सरकारी निकायले अहिलेसम्म कुनैपनि अनुसन्धान र अनुगमन नगरी उन्मुक्ति दिएको आरोप समेत सरकारी निकायमाथी लागेको छ । यसरी सो ग्रुपद्वारा अबैधरुपमा सामान आयात निर्यात गरेको आरोप लागेपछि विभिन्न माध्ययबाट शेर्पासंग सम्र्पक गर्न कोशिष गर्दा त्यो सफल हुन सकेन ।
गोप्य रुपमा प्राप्त मोबाइल नम्बर समेत कोही बन्द गरिएको थियो भने कोहीमा सम्र्पक नै हुन सकेन । यसरी सो नाकाबाट अबैधरुपमा सामान आयात गरि सिधै भारत लैजादै आएको सो समुहबाट अर्बौंको राजश्व, मुल्यअभिबृद्धि कर (भ्याट) आयकर समेत नक्कली वीलमार्फत गरेको आरोप लगोको छ ।
कहिले रसुवाको केरुङ नाकाबाट त कहिले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अबैध रुपमा सामान नेपाल ल्याउने कार्य गर्दै आएको छ । भने अहिले सो नाका कोरोना फेरी देखा परेको बहानामा चिनीयाँ पक्षबाट बन्द गरिएको छ । सो सम्बन्धमा तीव्रखबरको क्राईम व्यूरोद्वारा थप विवरणको खोजी कार्य जारी राखेको छ ।
प्रतिक्रिया