रोशन कार्की
काठमाडौं । देशमा जारी लकडाउनकै मौका छोप्दै स्वास्थ्य उपकरणको आयात गर्न स्वीकृत दिएको तातोपानी भन्सार नाकाबाट अबैध रुपमा सुन तस्करी गर्ने सिल्क ट्रान्सपोर्टमाथी सरकारी निकायबाट अनुसन्धान गर्न थालेसंगै तस्करलाई जागाउन दलिय दबबा समेत दिन थालेको पाईएको छ । तस्करीको आरोप लागेका सो ट्रान्सपोर्टका रमेश शेर्पालाई जोगाउन नेकपाका जिल्ला स्थिरिय नेताहरु लागी परेको समाचार प्राप्त भएको छ । सिन्धुपाल्चोको क्षेत्र नम्बर १ मा पर्ने तातोपानी भन्सार नाका हुदै सो ट्रान्सपोर्टको नामबाट अवैध सामान स्वास्थ्य उपकरणको नाममा नेपाल भित्राउन सो नाकाका भन्सार प्रमुख लालबहादुर खत्री समेत अबैधधन्दामा सकृय भएको आरोप लागेको छ । यसरी अबैधधन्दा चलाउदै आएको सो कम्पनीमाथी नेपाल प्रहरीको केन्द्रीय प्रहरी ब्यूरो (सिआईबी) मा पनि उजुरी परेसंगै अनुसन्धान समेत सुरु गरेको सुरक्षा निकायले जनाएको छ । स्थानीय ब्यक्तिहरुको एक समुहले सिआईबीकै कार्यालयमा पुगेर सो कम्पनीमाथी उजुरी गरेसंगै सिआईबीको समेत ध्यानाकर्षण गराएसंगै अनुसन्धान सुरु गरेको छ । तातोपानी नाका सुरुदेखिनै अबैधधन्दाको केन्द्रविन्दूका रुपमा रहदै आएको नाका हो । लकडाउनका समयमा एकाएक सो कम्पनीले आयात गरेको सामान र ट्रक समेत चेकजाँच नभई भन्सार पास दिएपछि स्थानीयहरुले बिरोध गरेसंगै भन्सार कार्यालयमा उजुरी दिदा समेत भन्सार प्रमुख खत्रीले नलिएपछि सो काण्डले उग्ररुप लिन पुगेको थियो । अबैध सामान नेपाल आएको भन्दै भोटेकोशी गाउँपालिका वडा नम्बर १ का बडाअध्यक्ष सहितको टोलीले तत्काल छानविन गरी कारबाहीको माग सहित लिखित उजुरी पत्र लिएर गएपनि सो उजुरी नलिई तातोपानी भन्सार प्रमुख खत्रीले सुरक्षा घेराभित्र राखेर तातोपानीबाट सामान पठाएपछि नाकामा स्थानीयहरुले नारा समेत लगाएका थिए ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका भान्जा रमेशको समूहले प्रहरी प्रशासन मिलाएर स्कटिङ गरी अबैध सामान काठमाडौं भित्राएका थिए । कोरोना भाइरसको महामारीको त्रास ब्याप्त भएको मौका छोपी तस्करहरुले सुनको तस्करी गर्नमा भन्सार प्रमुख खत्री सहित केही सरकारी कर्मचारीहरुको संलग्नता रहेको समेत दाबी स्थानीयहरुको रहेको छ । अहिले नेपालमा आइरहेका सामान सबै सिल्क ट्रान्सपोर्टले ल्याइरहेको छ । चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केही नेपालीको आधा लगानी रहेको सो ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनर छन् । अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै यही कम्पनीको एकलौटी छ । कन्टेनरहरु अहिले रातारात नेपालतर्फ सामान ल्याउन प्रहरीकै स्कटिङ हुने गरेको छ । तातोपानी नाकासँगै जोडिएको भोटेकोशी गाउँपालिका का वडाध्यक्षहरुनै अत्यावश्यक सामानका ल्याउने भनेर प्रहरी स्कटिङमा सिल्क ट्रान्सपोर्टका दसौं कन्टेनर दैनिक आउने गरेको र ती कन्टेनरमा अबैध सामान भएको ठहर गरेका गर्दै आएका छन् । तर ती कन्टेनरभित्र के ल्याइएको छ प्रहरीले कहिल्यै चेक नगरी स्कटिङ गरी काठमाडौं लैजाने गरेको छ ।
प्रहरी स्कटिङमा तातोपानी भन्सारबाट रमेशले यसरी गरे सुन तस्कर…
प्रतिक्रिया