सिल्क ग्रुपलाई भन्सार प्रमुखको संरक्षण : फेरिँदै बाटो, बदलिँदै अनुहार

- February 12, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । देशमा रहेको अस्थिर सरकार र दलिय भागबण्डाको फाईदा पछिल्लो समयमा सरकारी कर्मचारी र केही व्यापारीहरुले लिदै आएका छन् । प्रत्यक्ष रुपमा दलको भक्तीगान गाउनेदेखि अबैधधन्दालाई संरक्षण गर्ने कर्मचारीकै योजनामा माथिल्लो निकायसंग सेटिङ मिलाएर ‘तस्करी’ गर्दै आएका व्यापारीहरुको बाटो फेरिएको छ भने अनुहार पनि बदलिदै गएको पाईएको छ ।

त्यसको ज्वलन्त उदाहारण हो लामो समय बन्द भएको भन्सार नाका ‘तातोपानी’ । सो भन्सार नाकाबाट जुरे पहिरो जानु अगाडीसम्म खुलेआम अबैध सामानको ओसार प्रसार गरेर अर्बौै रुपैयाँको राजश्व छली गर्दै देशको अर्थतन्त्र ध्वस्त बनाउने व्यापारीहरु पछिल्लो समय सिधै मन्त्रीसंगैको योजनामा अबैध सामानको आयात गर्दै आएका छन् । बन्दपछि खुलेको चीन र नेपालको छोटो स्थलमार्गको रुपमा रहेको तातोपानी भन्सार नाकालाई नै कव्जामा लिएर सिल्क ग्रुप नामक संस्थाले खुलेआम अबैध सामानको ओसार प्रसार गर्दै आएको छ ।

भने त्यसको संरक्षण सो भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसी नै एक व्यापारीको पछिपछि खादा लिएर हिड्ने गरेकाले सो खुलासा भएको छ । पदिय दायित्व अनुसार भन्सार नाकाबाट कारोबार गर्ने जो सुकै व्यापारी पनि भन्सार अधिकृतभन्दा माथी कहिल्यै रहदैनन् तर ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अबसरमा भएको एक औपचारीक कार्यक्रममा सो नाकाका भन्सार अधिकृत केसी हातमा खादा बोकेर अबैधधन्दा गर्दै आएका विवादीत व्यापारी सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाको पछिपछि हिडेसंगै उनको अबैधसमबन्ध रहेको समेत अन्य व्यवसायीहरुले बताएका छन् ।

सो समय भन्सार अधिकृत केसी खादा बोक्ने र विवादीत व्यापारी शेर्पा अतिथिलाई खादा माला लगाई स्वागत गरेका थिए । यसरी आप्mनो पदिय दायित्वनै भुलेर सो अबैध हर्कत गरेपनि भन्सार अधिकृत केसीको अबैध सम्बन्ध व्यापारीसंग भएको पुष्टी अन्य व्यवसायीहरुले गरेका छन् । अर्कोतर्फ तातोपानी नाकामा पछिल्लो समय सुन तस्करीमा नयाँ अनुहार र बाटो प्रयोग हुन थालेको भेटिएको छ ।

अरनिको राजमार्ग र साना सवारी साधन प्रयोग गरिदै अबैध सामान काठमाडौ छिराउन समेत सफल भएको भेटिएको छ । सुन पक्राउ पर्ने खतरा बढेपछि तस्करीमा संलग्नले नयाँ रणनीति अपनाएको बताइएको छ । विश्वासिलो स्थानीय मध्यस्थकर्ता र गाउँका भरिया प्रयोग गरेर सुन नाका कटाउने कार्य हुदै आएको बताइएको छ । नाकाबाट सिधै राजधानी नगई गाउँको बाटो प्रयोग हुन थालेको बताइएको छ ।

तातोपानी नाकाबाट लिस्ती र अन्य शाखा बाटो तस्करहरुको रोजाईमा परेको छ । सुन मालिकले नेपालका विश्वासिलो मध्यस्थकर्तामार्फत सर्वसाधारणलाई भरियाका रूपमा प्रयोग गराउने जिम्मा समेत उनै सिल्क ग्रुपले लिएको बताइएको छ । खासगरी नाका आसपासका लिस्ती, मर्मिन, तातोपानी र गुम्बावासीलाई सो कार्यमा संलग्न गराउन थालिएको छ ।

पछिल्लो समय अरनिको राजमार्गको लार्चा र डाकलाङबाट लिस्ती हुँदै धारापानी र छगाम छिचोल्दै गुम्बाबाट जलवीरे निस्किने गरेको स्रोतको दाबी छ । तातोपानीको कोदारीबाट भैरवकुण्ड, चोकरमोकर हुँदै जलवीरे निस्किने रुट प्रयोग हुने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार सुन खासाबाट राजधानी पु¥याएबापत प्रतिकिलो २० देखि ३० हजारसम्म दिने गरेको समेत बताइएको छ ।

नाकामा कोही न कोही मध्यस्थतकर्ताले भरिया खोज्ने र सुन जिम्मा लिने काम समेत हुने गरेको छ । सो नाका हुदै पक्राउ परेका सिन्धुपाल्चोक लिस्ती ४ का दावा लामा खासाबाट २० किलो सुन मोटरसाइकलमा राखेर राजधानी लाँदै गर्दा उनलाई सीमा प्रहरी चौकी लार्चाले पक्राउ गरेको थियो । सिन्धुपाल्चोक क्षेत्रमा २०७० मंसिरमा तातोपानी भन्सार गेटमा १७ किलो सुनसहित ३ चिनियाँ र एक नेपाली पक्राउ परेका थिए । हालसम्म सुन मालिक पक्राउ पर्न सकेका छैनन् ।

किन थन्किए मुद्दा ?

सुनको १८ थान मुद्दाका २६ मध्ये १८ जना पुर्पक्षका लागि थुनामा छन् । तीमध्ये ८ जना चिनियाँ रहेका थिए । पक्राउ परेका सबैले भरिया मात्र थिए । कानुनले सुन मुद्दाको अन्तिम फैसला अधिकार भन्सार प्रमुखलाई दिएको छ ।

तर, आर्थिक चलखेल गरेर तातोपानी भन्सारका प्रमुखले भित्रभित्रै सो मुद्दालाई मिलाउदै उन्मुक्ती दिने समेत गरेको भेटिएको छ । संक्षिप्त कार्यविधिअनुसार ९० दिनमा मुद्दाको अन्तिम निर्णय गर्न सक्ने अधिकार भएपनि सुन ओसार प्रसार गर्ने पक्राउ परे भने पनि सुन मालिकसम्म पुग्ने गरी भन्सार कार्यालयले कहिल्यै पनि अनुसन्धान गरेको छैन ।

५ वर्षदेखिका मुद्दा समेत थन्किएका छन् । भन्सारले ढिलासुस्ती गरेपछि थुनामा रहेका अभियुक्तहरुलाई समेत सामान्य तारिखमा अदालतबाट छुटेका छन् । यसरी भन्सारकै कर्मचारीको संलग्नता देखिएपछि पछिल्लो समयमा पक्राउ परेका सुन प्रहरीले तातोपानी भन्सारमा बुझाउन छाडेको छ । पक्राउ परेका सुन प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाउदै आएको छ ।

तत्कालीन भन्सार प्रमुख मिमांश अधिकारीको कार्यकालमा सुुन तस्करीको मुद्दा दर्ता भएका थिए । जिल्लादेखि केन्द्रसम्मका दलका नेता र अख्तियारका केही कर्मचारीले सुन तस्करीमा पक्राउ परेकी वाङ मुलाई छाड्न दबाब दिएपछि अधिकारीले सरुवा मागेर हिंडेका थिए । २०७० कात्तिकमा २ किलो सुनसहित पक्राउ परेकी चिनियाँ नागरिक वाङ मुलाई छाड्न सत्तारूढ पार्टीका मन्त्री, सभासद र नेताले भन्सार प्रमुखलाई दबाब दिएका थिए ।

सोही कारण अधिकारीले ठूलो रकमको चलखेल भएको शंकामा फैसला गर्न अटेर गरेर सरुवा मागेर हिडेपछि सो मुद्दा भित्रभित्रै मिलाएर गुपचुप बनाइएको थियो । मुलुकी ऐन ११८ (३) बमोजिम नेपालमा स्थायी बसोबास नभएका अभियुक्त तत्कालको प्रमाणबाट ६ महिना वा सोभन्दा बढी समय कैद सजाय हुन सक्ने अपराधको कसुरदार रहेको विश्वास गर्ने मनासिव आधार भए पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न पाउने अधिकार भन्सार प्रमुखलाई दिएको छ ।

भन्सार ऐन ०६४ को दफा ४१ (३) बमोजिम नगद धरौटी राखेर छाड्दा प्रमाण लोप हुने भन्दै भन्सारले थुनामा राखेको थियो । भन्सार कर्मचारी, सर्वोच्च अदालत, नाकाका ठूला व्यवसायी र राजनीतिक नेताहरूको प्रयासमा पनि उम्कन नसकेपछि उनी न्यायाधिकरण गएकी थिइन् । चिनियाँ प्रहरीका पूर्वअधिकृतकी पत्नी वाङ नेपाली व्यापारीले खासा लाने निकासी सामान छुटाउने एजेन्टको काम गर्थिन् । उनका निकट नेपाली व्यापारीका अनुसार जेलबाट निस्किन २ करोडसम्म खर्च गर्ने बताएकी थिइन् ।

भरिया भित्र, मालिक बाहिर

सुन मालिक देखाउ नसक्दा अधिकांश भरिया नै सजायको भागिदार बन्दै आएका छन् । कानुनअनुसार कि त सुन मालिक देखाउनु प¥योे, कि आफ्नै सुन हो भन्ने स्वीकार गर्नुप¥यो । उनीहरू सुन मालिक बताउन चाहँदैनन् । बयानमा कसैको नाम नभनेपछि जसले सुन बोक्छ त्यो नै त्यसको हकदार मानिने भएकाले भरिया भित्र मालिक बाहिर को अवस्था बनेको छ ।

बिगो बराबर धरौटी मागिने भएकाले भरियाले त्यति ठूलो रकम बुझाउन सक्दैनन् । सुन बरामद हुनासाथ त्यसका आधिकारिक व्यक्ति सम्पर्कमा नआउने भएकाले अधिकांशको अवस्था कारागारमै बस्ने र सुन मालिकलाई भगाउने कार्यमा भरियानै लागि पर्ने समेत गरिएको छ । यसरी हवाई र स्थलमार्गबाट नेपाल ल्याइएको सुन भारतमा भने स्थलमार्गबाट पु¥याइने गरेको छ । नेपालबाट सुन सुनौली, जोगबनी, काँकडभिट्टा, रक्सौल नाकाबाट भारत प्रवेश गराइन्छ । चल्तीका नाकामा कडाइ भए पनि खुला सीमा भएका कारण सुन सहजै भारत छिराइन्छ ।

कहाँबाट भित्रिन्छ ?

पञ्चायतकालदेखि हालसम्म सार्वजनिक भएका तस्करीका घटनाहरू केलाउँदा नेपालमा सुन तस्करी हुने मुलुक हङकङ, चीन र यूएईको दुबई मुख्य देश रहेको देखिन्छन् । हङकङ र दुबईबाट हवाईमार्गबाट सुन भित्रिन्छ भने चीनबाट स्थलमार्गबाट । हङकङबाट भित्रिने अवैध सुन कहिलकाहीं चीन छिराएर स्थलमार्ग हुँदै पनि भित्र्याइन्छ ।

चीनबाट ल्याइने स्थलमार्गको रूट भने अक्सर अदलबदल भइरहन्छ । सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ नाका अवैध रूपमा सुन भित्राइने चल्तीका रूट हुन् । गोरखा, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलाबाट अवैध सुन ओसारपसारमा प्रयोग भएको पाइन्छ ।

किन हुन्छ तस्करी ?

तस्करी भएर भित्रिएको सुनको नेपाल खपत मुलुक नभई ट्रान्जिट मात्र रहेको छ । सुन तस्करीमा नेपालीहरूको समेत संलग्नता हुने गरेको छ । तस्करीको सुनमा भारतीय, नेपाली सुन व्यापारीहरू नै संलग्न हुने गरेको तथ्य बारम्बार उजागर हुँदै आएका छन् । २०७१ सालदेखि सुन तस्करी संगठित तवरमा हुने गरेको भन्दै प्रहरीले संगठित अपराध निवारण ऐन अनुसार अनुसन्धान गर्न थाल्यो ।

संगठित अपराधको कसूरमा अभियोजन भए सम्पत्ति रोक्का हुने, सम्पत्ति शुद्धीकरणमा छुट्टै मुद्दा चल्ने गर्छ । जसले गर्दा कसूर ठहर भएको अवस्थामा कारबाहीको घनत्व बढी भएकाले सुन तस्करी निरुत्साहित हुने अपेक्षा थियो । तर, यो घट्नुका सट्टा पछिल्लो पटक त चिनियाँ नागरिक समेत यो गिरोहमा सामेल भएको देखिएको छ ।

नेपाली व्यापारीले अवैध सुन भारत पु¥याउँदा प्रतितोला ५ लाखसम्म नाफा हुने गरेपछि सो अबैधधन्दाले तीव्रता पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ मा गरेको अनुसन्धानबाट खुलेको छ । यही नाफाबाट उत्साहित भएर सुन कारोबारलाई लक्षित गरी तिब्बती र नेपाली व्यापारीहरूको लगानीमा ल्हासा र खासामा सुन पसल नै खुलेको बताइएको छ ।

तस्करीमा को को ?

सुन तस्करीमा व्यापारी मात्र छैनन्, राज्यका जिम्मेवार पदमा बसेकाहरूदेखि राजनीतिक दलका नेतासम्म यसमा जोडिन्छन् । राज्यका निकायमा बस्ने पदाधिकारीको सहयोग विना तस्करी असम्भव भएकाले तस्करीबाट प्राप्त हुने मुनाफाको अंश कर्मचारी, प्रहरी र राजनीतिक व्यक्तिसम्म पुग्ने गरेको पटक पटक खुलेको तथ्य हो ।

उच्चपदस्थ प्रहरी, कर्मचारी नै यदाकदा कारबाहीको दायरामा आउने गरेका छन् । सुन तस्करीको शक्ति निर्वाचन र सरकार अदलीबदलीसम्म पुग्ने गरेको इतिहास छ । २०४३ सालमा साढे २२ किलो सुन सहित विमानस्थलमा पक्राउ परेका राष्ट्रिय पञ्चायत सदस्य (रापस) चन्द्रबहादुर बुढाले नजिकिंदै गरेको चुनावमा खर्च जोहो गर्न अवैध काम गरेको बयान दिएका थिए ।

त्यसै वर्ष अर्का रापस नरबहादुर गुरुङ अवैध सुन सहित समातिएका थिए । २०४४ मा तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहका अङ्गरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरीक्षक डीबी लामालाई सुन तस्करीको अभियोग लागेको थियो । २०४० र ५० को दशकमा भारतीय बजारको अत्यधिक माग परिपूर्ति गर्न अवैध बाटोबाट सुन भित्राउने गरिन्थ्यो ।

तस्करहरूले नेपाली राजनीतिकर्मीदेखि बेरोजगार युवालाई सुन ओसार्न हङकङ लैजान्थे। २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल सुन तस्करहरूका लागि गतिलो ट्रान्जिट बन्न छोडेन । कतिसम्म भने त्यति वेला विमानस्थलको बिजुली रातभर काटेर भए पनि सुन तस्करीका लागि अनुकूल वातावरण बनाइन्थ्यो ।

२०५१ देखि २०५६ सालसम्ममा पटक पटक भएका सरकार बनाउने–ढाल्ने खेलका लागि आर्थिक स्रोत जुटाउने प्रमुख माध्यम सुन तस्करी थियो, जुन कुरा राजस्व चुहावटको छानबिन सम्बन्धी संयुक्त संसदीय समितिले २०५६ मा तयार पारेको प्रतिवेदनले सार्वजनिक गरेको थियो । अहिले पनि सुन तस्करी राजनीतिक संरक्षणमै हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

करीब १०० किलो सुन तस्करी आरोपमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङको सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरूसँग बलियो साइनो रहेको खुलिसकेको छ । गत पुसमा भएको तस्करीको सुन विमानस्थल कार्गोबाटै चोरिएपछि सीआईबीले गरेको अनुसन्धानले माओवादीका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल सुन पठाउने भूमिकामा देखिएको अभियोगपत्रमै उल्लेख छ ।

पछिल्लो समयमा चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केही नेपालीको आधा लगानी रहेको सो शिल्क ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनरबाट सुनको ओसारप्रसार गरिदै आएको आरोप उनी निकट एक व्यवसायीले बताएका छन् । अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै यही कम्पनीको एकलौटी छ ।

यी सामानहरु तिब्बतमा वा खासामा मात्र सेटिङ भएर आउने नभई ग्वान्जाओबाटै सेटिङ भएर आउने गरेको छ । झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश बाह्रविसे नगरका तत्कालिन मेयर तथा सिन्धुपाल्चोक नेकपा एमालेका नेता निमफुन्जो शेर्पाका भान्जा हुन् । सो अबैध कार्यलाई तातोपानी भन्सारका प्रमुख केसीकोे साथ रहेको आरोप स्थानीयकोे रहेकोे छ ।

(तातोपानी र बाह्रविसेका व्यवसायीहरुसंगको कुराकानीमा आधारित, व्यवसायीहरुकै आग्रह अनुसार उनीहरुको परिचय गोप्य राखिएको छ–सम्पादक)

            र यो पनि अध्ययन गर्न छुट्यो की ?

शिल्क ग्रुपलाई सरकारकै संरक्षण : मन्त्रीदेखि पत्रकारसम्मलाई कमिशन !!!

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

शिल्क ग्रुपको अबैधधन्दा : सुन र डलरका कारोबारी शेर्पाको सरक्षणमा मन्त्री

सिल्क ग्रुपका सञ्चालक शेर्पाले लिए अबैध सामान छुटाउने ठेक्का : प्रधानमन्त्रीको सचिवालयमै दिन्छन धर्ना

सिल्क ग्रुपका सञ्चालक शेर्पाले लिए अबैध सामान छुटाउने ठेक्का : प्रधानमन्त्रीको सचिवालयमै दिन्छन धर्ना

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

नाकामा विवादः आयात प्रभावित

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…

तातोपानीबाट मल तस्करी : रमेश शेर्पा र गोयलको सेटिङ

प्रहरी स्कटिङमा तातोपानी भन्सारबाट रमेशले यसरी गरे सुन तस्कर…

सिल्क ग्रुपमाथी सरकारले कारबाही नगर्दा अबैध सामान खुलेआम आयात

सिल्क ग्रुपको छैन चीनमा गोदाम : नक्कली गोदाम धितो राखेर अर्बको कर्जा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!