सिल्क ग्रुपमाथी सरकारले कारबाही नगर्दा अबैध सामान खुलेआम आयात

- December 25, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

बाह्रविसे (सिन्धुपाल्चोक) । देशमा सरकारले लकडाउन लगाएको समयमा सेटिङ मिलाएर सहजै सिन्धुपाल्चोकको तातोपानी नाकाबाट तस्करी गर्दै आएको सिल्क ग्रुप नामक कम्पनीमाथी सरकारले कारबाही नगर्दा सो अबैधन्दाले उग्र रुप लिएको छ । स्थानीय नेता र सरकारका केही मन्त्रीदेखि उच्च कर्मचारीलाई मिलाएर सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी हुन थालेदेखिनै सो नाकामा तनाव सिर्जना भै रहेको छ ।

नेकपाका नेता तथा बाह्रविसे नगरपालिकाका पुर्वमेयर निमफुञ्जो शेर्पाको संरक्षण पाएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान दैनिक रुपमा ढुवानी गरिरहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार सो ग्रुुपसंग स्थानीय प्रहरी, प्रशासनलाई प्रभावमा पारेर अबैध सामान बोकेका गाडीहहरु चेकजाँच समेत नगरि भन्सार छुटाउदै आएको आरोप समेत लगाएका छन् ।

सिल्क ट्रान्सपोर्टले अवैध सुन समेत सेटिङमा ल्याउने गरेको बातईएपनि अहिले सम्म सरकारको सम्बन्धित निकायले सो ग्रुपमाथी छानविन र अनुसन्धान समेत गर्ने आँट नगरेका कारण सो नाका हुदै अबैध सामानको ओसारप्रसार हुने गरेको आशंका गरिएको छ । अहिले नेपाल आइरहेको सामान सबै सिल्क ट्रान्सपोर्टले ल्याइरहेको बताइएको छ ।

चिनियाँ कम्पनी मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केही नेपालीको आधा लगानी रहेको सो ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनरबाट तस्करीका सामानहरुको आयात गरिदै आएको ठहर स्थानीय बासिन्दाहरुको रहेको छ । अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै प्रायः यही कम्पनीको एकलौटीमा रहेको छ ।

कन्टेनरहरु अहिले रातारात नेपालतर्फ सामान ल्याउन प्रहरीकै स्कर्टीङमा ल्याउने गरेको आरोप समेत स्थानीय बासिन्दाहरुको रहेको छ । अत्यावश्यक र आवश्यक सामान ल्याउन छुट सरकारले दिएको अवसरको गतल फाइदा उठाउँदै सो ग्रुपले सुनका साथै लागुऔषधदेखि अबैध सामानको तस्करी व्यापक रुपमा गर्दै आएको बताइएको छ ।

यी सामानहरु तिब्बत वा खासामा मात्र सेटिङ भएर आउने नभई ग्वान्जाओबाटै सेटिङ भएर आउने शेर्पा निकट ब्यसायीहरु बताउँछन् । झोलेपोके काम गर्दै आएका साविक गाती गाउँ विकास समितिका रमेश बाह्रविसे नगरपालिकाका पूर्वमेयर तथा सिन्धुपाल्चोक नेकपा नेता निमफुन्जो शेर्पाका भान्जा समेत हुन् ।

सामान्य ब्यवसाय गर्दै आएका रमेशले काठमाडौ जोरपाटीमा तीन रोपनी जग्गामा निर्माण गरिएको घर, ललितपुरमा रहेको जग्गालगायत अन्य क्षेत्रमा गरेको लगानीको आयस्रोत भने अहिलेसम्म देखाउन सकेका छैनन । उनी निकट व्यवसायीहरुले गोप्य रुपमा दिएको जानकारी अनुसार शेर्पाले चीनबाट सुन तस्कर गरेर भारत लैजाने जिम्मा समेत लिदै आएको बताएका छन् ।

सुन तस्करी गरेर भारत लगेको सुन तीन पटक भारतमा पक्राउ परि सकेको छ । नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा समेत रमेश शेर्पाकै नाम जोडिदै आएको छ । सो जोडिएको नाममा आफु संलग्न नभएको पुष्टी गर्न उनले सकेका छैनन् । तर, उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ गर्न लगाएर उन्मुक्ति पाउदै आएका छन् ।

भोटेकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भइरहेको हिमरिभर हाइड्रोपावरमा गरेको दश करोडको शेयर लगानीको समेत स्रोत शेर्पाले देखाउन सकेका छैनन् । रमेशले उनको भिनाजू र मामा निमफुञ्जो शेर्पालाई साथ लिएर सो अबैधधन्दा चलाउदै आएको आरोप समेत बाह्रविसेका स्थानीय बासिन्दाले लगाएका छन् ।

सो अबैधधन्दालाई कर्मचारीको तर्फबाट तत्कालिन तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्री, तत्कालिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र सिन्धुपाल्चोकका तत्कालिन प्रहरी प्रमुख प्रज्ज्वल महर्जनको संरक्षणमा रमेशले तस्करीको सञ्जाल फिजाउन सफल भएको समेत व्यवसायीहरुको आरोप लगाएका छन् । तर, प्रहरी प्रशासन भने आफूहरुले त्यसो नगरेको र उनीबारे कसैले पनि उजुरी नगरेकाले कुनै कारबाही गर्न भने नपाएको भन्दै आफ्नो बचाउ गर्दै आएको छ ।

सिल्क ट्रान्सपोर्टमार्फत् नेपाल ल्याइएको सामान अहिले पनि प्रहरी प्रशासनले चेकजाँच नगरी पठाउने गरेको छ । तत्कालिन समयमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रने भन्दै भोटेकोशीका वडाध्यक्षले ज्ञापनपत्र मार्फत् लिखित रुपमा विरोध जनाएपनि उनलाई समान आयात गर्नमा सरकारी निकायबाट कुनै पनि अबरोध भने नगरेको बताइएको छ । स्वास्थ्य सक्रमणकालमा सो ग्रुपले चीनबाट स्याउ र लसुन बोकेका कन्टेनर स्कटिङ गरेर ल्याइएको थियो ।

सोही कन्टेनरमा स्याउ र लसुनसंगै सुन समेत ल्याएको बताईन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा चेकजाँच गरेर सामान नेपाल ल्याउने गरिन्छ तर सो ग्रुपको सामान ल्याउने बेला प्रहरीकै गाडी अघि पछि लगाएर कन्टेनरका सामान भित्राउने गरेको आरोप लगाइएको छ । पछिल्लो समय संघीय सरकारले तातोपानी नाका सञ्चालन गरेर आएपछि पनि सो ग्रुपले तातोपानी नाका कव्जा नै गरेर सामान ओसार प्रसार गर्दै आएको छ ।

चीनबाट खाद्य सामग्री ल्याउने भन्दै सेटिङमा शेर्पा लागि परेका छन् । शेर्पाले दाल, चामल, नुन समेत चीनबाट ल्याउने भन्दै उच्च तहसंग सेटिङ मिलाउनकै लागि अहिले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसंग भित्री साँठगाँठ गरेर सामान आयात गर्ने अनुमति लिन लागि परेको बताइएको छ ।

सो ग्रुप अबैधधन्दाकै सिलशिलामा एनबी ग्रुपपको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले शेर्पालाई नेकपा एमाले छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्न समेत सल्लाह दिएको बताइएको छ । रमेशले पनि अबैधन्दालाई निरन्तरता दिदै पक्राउबाट बच्नकैलागि भएपनि तत्कालिन सीईओ ढुंगानाकै सल्लाह मुताविक कांग्रेस प्रवेश गर्ने भन्दापनि विशेष सहयोग गर्ने भनेपछि उनी एकाएक मन्त्री बस्नेतसंग नजिक भएको बातइएको छ ।

शर्पाले मोहन बस्नेतसँग धेरै चरणमा कुरा गरेपछि कमिशनमा कारोबार गर्ने र सरकारी अड्चनलाई मिलाउने जिम्मेवारी समेत मन्त्री बस्नेतले लिएको काँग्रेसकै एक जिल्ला नेताले बताएका छन् । नाम नलेख्ने शर्तमा ती काँग्रेस नेताले भने,‘यहाँ परिचय खुल्यो भने बस्नेत काजीले बाँकी राख्दैनन्, त्यसैले परिचय गोप्य राख्ने हो भने शेर्पा र मन्त्री बस्नेतबीचको पछिल्लो समयमा भएको सम्झौता भन्न सकिन्छ ।’

उनीलाई स्रोत गोप्य राखिने छ भनेपछि भने,‘अहिले रमेश शेर्पालाई जसरी पनि काँग्रेसमा प्रबेश गराउने र अबैधन्दाको जिम्मेवारी समेत उनीलाई दिने, त्यसको बदला आगामी स्थानीय निर्वाचनमा बाह्रविसे नगरपालिकाको मेयर पदको टिकट समेत शेर्पा दिने प्रस्ताव काँग्रेसका बस्नेतले राखेको छ, यसबारे निर्णय भने भएको छैन, यदी यस्तो भएमा काँग्रेसमा ठूलो विद्रोह हुने छ ।’

उनलाई नजिकबाट चिन्ने सिन्धुपाल्चोकका ब्यवसायी भन्छन्, उनको प्रमुख ब्यापार अवैध सुन र डलर हो । काठमाडौंको जोरपाटी, स्वयम्भू, बालकुमारी र सिन्धुपाल्चोकमा घर तथा १६–२६ मेगावाट उत्पादन क्षमताको लिपिङ हाइड्रोपावरको लगानी गर्दा ४ अर्बको लगानीको स्रोतका बारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको भनिएपनि सो बारे विभागले कुनै चासो देखाएको छैन ।

र यो पनि अध्ययन गर्न छुट्यो की ?

सिल्क ग्रुपको छैन चीनमा गोदाम : नक्कली गोदाम धितो राखेर अर्बको कर्जा

शिल्क ग्रुपलाई सरकारकै संरक्षण : मन्त्रीदेखि पत्रकारसम्मलाई कमिशन !!!

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…

शिल्क ग्रुपको अबैधधन्दा : सुन र डलरका कारोबारी शेर्पाको सरक्षणमा मन्त्री

तातोपानी भन्सार नाकाबाट अबैध सुन तस्करी (भिडियोसहित)

सिल्क ग्रुपका सञ्चालक शेर्पाले लिए अबैध सामान छुटाउने ठेक्का : प्रधानमन्त्रीको सचिवालयमै दिन्छन धर्ना

शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…

तातोपानीबाट मल तस्करी : रमेश शेर्पा र गोयलको सेटिङ

प्रहरी स्कटिङमा तातोपानी भन्सारबाट रमेशले यसरी गरे सुन तस्कर…


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट