शिल्क ग्रुपको अबैधधन्दा : सुन र डलरका कारोबारी शेर्पाको सरक्षणमा मन्त्री

- November 25, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की ।

बाह्रविसे (सिन्धुपाल्चोक) अस्थिर सरकार र सरकारी कर्मचारीलाई अबैध रकमको थैली बुझाएपछि खुला रुपमा नेपालका भन्सार नाकाबाट अबैधधन्दा गरेपनि कुनै कारबाही नहुने गरेको पछिल्लो समयमा शिल्क ग्रुप नामक कम्पनीको हर्कतबाट खुलेको छ ।

सरकारमा भएका मन्त्रीदेखि दलका शक्तीशाली व्यक्तीलाई खुशी बनाउदै विभिन्न कारणले बन्द भएको तातोपानी भन्सार नाकाबाट नियमित रुपमा सुन र डलरको अबैध कारोबार सो ग्रुपका रमेश शेर्पा लगायत अन्यले गर्दै आएको तीव्रखबरको प्रतिनिधिले फेला पारेको छ ।

२०७७ फागुन अन्तिम साता उत्तरीनाका तातोपानीबाट रासायनिक मल भित्राएको हुँकार गर्दै तामझाम सहित प्रचारबाजीमा गएको सो ग्रुपले मलसंगै अबैध रुपमा सुन भित्राएको बताइएको छ । केही बोरा रासायनिक मल ल्याएर कृर्षि मन्त्रालयदेखि बिभाग र कम्पनीसम्मका हाकिम पुगेर अवलोकण मात्रै गरेनन् अव नेपालमा मलको हाहाकार नहुने दाबी गरेपनि त्यो मल तातोपानी भन्सार नाकाबाट किसानको खेतमा पुग्न सकेन ।

कारण त्यो मल आयातको नाममा सिल्क ट्रान्सपोर्ट कम्पनीले सुनको आयात गरेको थियो । सिल्क ट्रान्सपोर्ट कम्पनीको सिल्क ग्रुपले जतिबेला १० हजार मेट्रिक टन मल ल्याउनका लागि सम्झौता गरेपनि सो मल ल्याउन सकेन । एक पटकमै चीनबाट अबैधरुपमा सुन नेपाल ल्याउने जिम्मा लिएको सो ग्रुपले एक पटकै सुन नेपाल ल्याएपछि अरु मल ल्याएन । सिल्क ट्रान्सपोर्ट कम्पनीको सिल्क ग्रुपले गरिएको सम्झौता अनुसार अहिले पनि रासायनिक मल ल्याएको छैन् ।

उसले जम्मा ३ हजार मेट्रिकटन मल मात्रै आयात गरेको थियो तर सो मल पनि तातोपानी भन्सारमै थन्कीएर बसेको थियो । सबैलाई प्रभावमा पारेर कृषि सामग्री कम्पनीबाट अर्को ठेक्का पाएको सिल्क ट्रान्सपोर्ट कम्पनीको सिल्क ग्रुपले सरकारी संयन्त्रलाई समेत झुक्याउदै अबैध सामानको आयात निर्यात अहिले सम्म गर्दै आएको छ ।

केही हजार बोरा मल नाकाबाट भित्राएसंगै पुनः चीततर्फ अबैध डलर लैजाने र फर्किदा सुन आयात खुला रुपमा गर्दै आएपनि अहिले सम्म सो कम्पनीमाथी सरकारले अनुसन्धान गरेको छैन । कारण अबैधधन्दा चलाउदै आएका सो ग्रुपका रमेश शेर्पा नाम गरेका व्यक्ती स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको संरक्षणमा अहिले अबैधधन्दालाई निरन्तरता दिदै आएको आरोप समेत लागेको छ ।

सो अबैधधन्दामा सिल्क ग्रुपले सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीसंगको मिलिमतोमा अबैधधन्दा चलाउदै आएको छ । चारवटै कम्पनी सम्मिलित जेभी ग्रुपलले चीनको छिङ्हाई सहरबाट ल्याउने भनिएको थप ठेक्का पाएको २५ हजार मेट्रिकटन मलमा केही मलसंगै सुन नेपाल ल्याएको हो ।

मल ल्याउन नसकेको भन्दै ठेक्का नै रद्ध गर्न कृषि सामग्री कम्पनीले प्रक्रिया अघि बढाउदा सिल्क ग्रुप उच्च अदालत पाटन मुद्दा हाल्न पुग्यो । अदालतले सिल्क सिनोम्याच ग्लोबल म्याटिक विध जेभीसँग मल ल्याउने ठेक्का रद्दको निर्णय यथास्थितिमा राख्न आदेश दिएपछि सोही कुरा देखाउदै सुनको अबैध आयात र डलरको निर्यात गर्दै आएको छ ।

गत वर्षको जेठ १९ मा उच्च अदालतका न्यायाधीशद्वय नरीश्वर भण्डारी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले सो अन्तरिम आदेश दिएपनि शेर्पाको अबैधधन्दाले निरन्तरता पाएको हो । शिल्क ग्रुपले राजनीतिक शक्तिको आडमा कारवाहीबाट बच्दै आएको छ । भने पछिल्लो समयमा नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतलाई हातमा लिएर सो धन्दा चलाउदै आएका छन् ।

शेर्पा भने नेकपा एमालेका कृयाशिल सदस्य हुन । सिल्क कम्पनीसँग ढुवानी गर्ने आफ्नै कन्टेनर भएका कारण शिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पा कारवाहीबाट बच्न कहिले अदालत त कहिले सिंहदरबारदेखि नेताका घर–घरमा धाइरहेका छन् । पछिल्लो समय चीनबाट सामान आयतमा सिण्डिकेट जस्तै चलाइरहेको शिल्क ग्रुपले मलको आयातको सट्टा सुन आयत गर्दा समेत कसैले चासो देखाएका छैनन् ।

को हुन रमेश शेर्पा ?

साविक गाती गाविसका रमेश तत्कालिन बाह्रविसे नगरका मेयर तथा सिन्धुपाल्चोक नेकपा नेता निमफुन्जो शेर्पाका भान्जा हुन् । उनका बाबु सामान्य ह्वान्डीक्राफ्टको काम गर्थे । सामान्य परिवारमा जन्मेका रमेशको अहिलेको आर्थिक अवस्था देख्नेहरू जो कोही पनि आश्चर्य मान्छन् । देखावटी रुपमा सिल्क ट्रान्सपोर्ट नामक कम्पनी खडा गरेका र नेपाल–चीन ब्यापार गरेको देखाउँदै आएका शेर्पाको मुख्य ब्यवसाय नै अबैध कारोबार भएको बताउदै आएका छन् । ललितपुरको बालकुमारीमा ३८ आना जग्गामा सिल्क ट्रान्सपोर्ट कम्पनीको गोदाम तथा ग्यारेज निर्माण गरेका शेर्पाको बौद्ध आरुबारीमा २२ आना जग्गामा स्विमिङ पुलसहितको अत्याधुनिक बंगला  छ । महलभित्रै स्वीमिङपुल रहेको घरमा भूमिगत गोदाम रहेको बताइएको छ । हुण्डीको कारोबारमा ७० लाख नगदसहित समातिएका शेर्पाले बाह्रबिसेका एक सामान्य व्यक्तिलाई उक्त कारोबार स्वीकार्न लगाई जेल पठाई उनी जोगिएका व्यक्ती हुन । बालकुमारीको जग्गा भने राष्ट्र बैंकमा कार्यरत मोहन श्रेष्ठबाट खरिद गरेका थिए ।

000000000

अबैध रुपमा सुन आयात र डलर निर्यात गर्नकालागि एनबी ग्रुपको स्वामित्वमा हुँदा टाट पल्टिएर उकासिएको नेपाल बंगलादेश बैंकबाट शेर्पाले कारोबार गर्दै आएका छन् । बंगलादेश बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले विवादित ब्यापारी रमेश शेर्पालाई चीनको नक्कली गोदाम धितो बापत राखी १ सय करोड रुपैयाँ ऋण प्रवाह गरेसंगै सो अबैधधन्दाको खुलासा भएको हो ।

स्रोतका अनुसार रमेश शेर्पाको शिल्क ट्रान्सपोर्ट कम्पनीलाई बंगलादेश बैंकले १ अर्ब ऋण प्रवाह गरेको भेटिएको छ । शेर्पाको साझेदार चीनको मुसा नामक कम्पनीको गोदाम निरीक्षण गर्न ढुंगानाले तीन कर्मचारी पठाई उक्त ऋण स्वीकृत गराएका थिए ।

चिनियाँ भाषासमेत नबुझ्ने कर्मचारीलाई गोदाम निरीक्षण गर्न पठाई उनले ऋण प्रवाह गरेका हुन । मुसा कम्पनीले देखाएको गोदाम समेत नक्कली हो । नक्कली गोदाम देखाएर बंगलादेश बैंकका सीईओ ढुंगानाले शेर्पासँग १५ प्रतिशत कमिसन लिएर ऋण स्वीकृत गरेको आरोप समेत लागेको छ । गोदाम निरीक्षणमा जाने कर्मचारीलाई समेत रमेश शेर्पाले खुसी बनाई रिपोर्ट बनाउन लगाएको बताइएको छ ।

ट्रान्सपोर्टको कारोबार देखाए रमेश शेर्पाको मुख्य धन्दा डलर र सुन नै रहेको उनी निकट एक व्यवसायीले बताएका छन् । सुन र डलरको अवैध कारोबार गर्ने रमेश शेर्पालाई १ अर्ब ऋण प्रवाह गरेबापत १५ प्रतिशत घुस लिएका ढुंगानाले उनलाई नेकपा समेत परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्न सल्लाह दिएको बताईको छ ।

बाह्रबीसे नगरपालिकाका पुर्वमेयर निमफुन्जो शेर्पाका भान्जा रमेश सीईओ ढुंगानाकै सल्लाहमुताविक काँग्रेस प्रबेश नगरेपनि उनी काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सामिप्यमा गएको बताइएको छ । शेर्पाले कमिशन रकम दिने र कारबाहीबाट बाचउने भित्री सहमती भएपछि शेर्पा अहिले बस्नेतको संरक्षणमा अबैधधन्दा चलाउदै आएका छन ।

सीईओ ढुंगानाका दाजु गोविन्द ढुंगाना २०७४ को निर्वाचनमा तेह्रथुमको प्रदेशसभा (क) बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए । नेकपाका लक्ष्मण तिवारीसँग उनी पराजीत भएका थिए । यद्यपि ढुंगाना राष्ट्र बैंकको गभर्नर हुनका लागि नेकपाका शीर्षनेताहरुको घर घरमा चाकरी गर्न पुगेका थिए ।

मामा निमफुन्जो र स्वास्थ्यमन्त्री बस्नेतको संरक्षणमा सुन र डलरको अवैध कारोबार गर्दैआएका रमेश शेर्पाले तातोपानी नाकाबाट सामान ढुवानी गर्ने सिल्क ट्रान्सपोर्टका नाममा गाडी खरिदका लागि यसअघि बंगलादेश बैंक र गुडविल फाइनान्सबाट ७५ करोड ऋण लिएका थिए ।

रमेश शेर्पाले ऋण लिनका लागि शिल्क ट्रान्सपोर्ट र क्यारिङ उनको प्रमुख ब्यापार भएको देखाएका छन् । तर उनी निकट सिन्धुपाल्चोकका ब्यवसायी भन्छन्, उनको प्रमुख ब्यापार अवैध सुन र डलर हो, काठमाडौंको जोरपाटी, स्वयम्भू, बालकुमारी र सिन्धुपाल्चोकमा घर तथा १६–२६ मेगावाट उत्पादन क्षमताको लिपिङ हाइड्रोपावरको लगानी गर्दा ४ अर्बको हाराहारीमा देखिएकाले लगानीको स्रोतका बारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले खोजी गरेपनि कारबाही भने गर्न नसकेको समेत बताइएको छ ।

सन् २००९ को अन्त्यतिर ९ केजी तिब्बती मूलका चिनियाँ नागरिकको सुन लुटेर भारत पसेका शेर्पा पछि नेपाल फर्किएर शिल्क ट्रान्सपोर्ट खोल्न पुगेको समेत बताइएको छ । सो सम्बन्धमा पटकपटक शिल्का अध्यक्ष शेर्पासंग सम्र्पक गर्दा प्राप्त नम्बर सबै निष्कृय बनाई बन्द गरेर राखेका कारण सम्र्पक हुन सकेन ।

हिमरिभर पावर कम्पनी नामक कम्पनीमा केही समयअघिसम्म शेर्पा अध्यक्ष थिए । तर अहिले उक्त कम्पनीको अध्यक्ष नेकपाका (पूर्वमाओवादी) सरल सहयात्री पौडेल छन् । उक्त कम्पनीमा रमेश शेर्पाको लगानी शंकाको घेरामै छ । हिमरिभर कम्पनीमा यस्तै अवैध धन्दा वा भ्रष्टाचारबाट आर्जित धेरै लगानी भएको आशंका विभागले गरेको छ ।

यसरी अबैधधन्दा गर्दै आई देशको ढुकुटी रित्ताउन लागी परेका विवादीत शेर्पाको गतल कृयाकलापलाई भने केही पत्रकारहरुले खुलेर समर्थन गर्दै आएका छन । प्राप्त जानकारी अनुसार नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकका केही सदस्यहरुले अहिले शेर्पाको अबैधधन्दाको कारोबारलाई लुकाउनै विभिन्न मिडियामा समाजसेजीको रुपमा प्रस्तुत गरेर समाचार लेखाउदै आएको समेत आरोप लागेको छ ।

र यो पनि अध्ययन गर्न छुट्यो की ?

शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

तातोपानी भन्सार नाकाबाट अबैध सुन तस्करी (भिडियोसहित)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!