सिल्क ग्रुपको छैन चीनमा गोदाम : नक्कली गोदाम धितो राखेर अर्बको कर्जा

- December 8, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

सिन्धुपाल्चोक (बाह्रविसे) आफुलाई उच्च व्यवसायी घरानीयाको रुपमा परिचय दिन पछि नपर्ने रमेश शेर्पा नाम गरेका व्यापारीले नक्कली गोदाम धितो राख्दै अर्बभन्दा बढीको कर्जा लिएको भेटिएको छ । अरुको सामान ढुवानीको जिम्मा लिएर काम गर्दैै आएको सिल्क ग्रुप अफ कम्पनीले नामकका अध्यक्ष समेत रहेका शेर्पाले एनबी ग्रुपको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकमा नक्कली गोदामको कागजात पेश गरेर अर्बभन्दा बढीको कर्जा लिएको उनी निकट व्यवसायीले बताएका छन् ।

ढिला गरि प्राप्त विवरण अनुसार नेपाल बंगलादेश बैंकले पछिल्लो समयमा प्रवाह गरेका कर्जाहरूमध्ये खराब कर्जाको रुपमा समेत सो ऋण रहेको बताइएको छ । बंगलादेश बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले विवादित ब्यापारी रमेश शेर्पालाई चीनको नक्कली गोदाम धितो लिएर १ सय करोड रुपैयाँ ऋण प्रवाह गरेका थिए । शेर्पाले आफ्नो साझेदार कम्पनीको भएको भन्दै चीनको मुसा नामक कम्पनीको गोदाम निरीक्षण गर्न लगाएर ढुंगानाले तीन कर्मचारी पठाई उक्त ऋण स्वीकृत गरेका थिए ।

चिनियाँ भाषाको कुनै ज्ञान नभएका कर्मचारीलाई तत्कालिन सिइओ ढुंगानाले गोदाम निरीक्षण गर्न पठाई ऋण प्रवाह गर्नकालागि बैंकिङ कारोबारकालागि नक्कली कागजात तयार समेत गरेको स्रोतले बताएको छ । मुसा कम्पनीले देखाएको गोदाम समेत नक्कली सो कम्पनीको नभएको र तत्कालिन समयमा देखाईएको गोदाम समेत अहिले नभएको स्रोतको दाबी रहेको छ । नक्कली गोदाम देखाएर बंगलादेश बैंकका सीईओ ढुंगानाले शेर्पासँग १५ प्रतिशत कमिसन लिई ऋण प्रवाहकालागि स्वीकृत दिएको आरोप समेत लागेको छ ।

गोदाम निरीक्षणमा जाने कर्मचारीलाई समेत रमेश शेर्पाले खुसी बनाउनु परेको बताईएको छ । ट्रान्सपोर्टको कारोबार देखाए रमेश शेर्पाको मुख्य धन्दा डलर र सुनको अवैध कारोवार गर्ने र गराई रहने आरोप समेत उनी निकट व्यवसायीहरुको भनाई रहेको छ । सुन र डलरको अवैध कारोबार गर्ने आरोप खप्दै आएका रमेश शेर्पालाई १ अर्ब ऋण प्रवाह गरेबापत १५ प्रतिशत लिएका ढुंगानाले उनलाई नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्न सल्लाहा समेत दिएका थिए ।

एमाले परित्याग गरेर नेपाली काँग्रेसमा प्रबेश गरेमा सोही जिल्लाका मोहनबहादुर बस्नेतले समेत संरक्षण गर्ने समेत भनीएको एमाले सिन्धुपाल्चोकका एक नेताले बताएका छन् । ती एमाले नेताले नाम नलेख्ने सर्तमा भने,‘एमाले छोडेर काँग्रेसमा प्रबेश गरे मोहनले बाह्रविसे नगरपालिकाकाको आउने निर्वाचनमा मेयरको टिकट समेत दिने भन्दै प्रस्ताव राखेका थिए, अहिले शेर्पा मोहनको इशारामा काम गरि रहेको पक्का हो ।’ रमेश भने बाह्रविसे नगरपालिकाका पुर्वमेयर निमफुन्जो शेर्पाका भान्जा हुन ।

रमेशलाई तत्कालिन सीईओ ढुंगानाकै सल्लाहमुताविक औपचारीक रुपमा कांग्रेस प्रवेश नगरेपनि उनी स्वास्थ्यमन्त्री बस्नेतकै योजना अनुसार काम गर्दै आएको समेत बाह्रविसेका स्थानीय व्यवसायीहरुले बताएका छन् । रमेश भने एमाले र काँग्रेसकै संरक्षणमा अबैधधन्दा गर्दै आएका छन् । उनी निटक एक व्यवसायीले गोप्य रुपमा दिएको जानकारी अनुसार रमेशले शक्ती केन्द्रका नेतालाई दलिय रुपमा नहेरी आफ्नो काम गर्दै आएको बताएका छन् ।

रमेशले मामा निमफुन्जोको संरक्षणमा एमालेको आर्शिबाद लिदै अवैध कारोबार गर्दैआएका छन् भने उता मन्त्री भएपछि आप्mनो अबैधन्दा कायम राखी राख्न र कारबाही जोगिनकैलागि रमेशले काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बस्नेतलाई समेत प्रयोग गरि शक्ती सञ्चय गरेर अबैधधन्दा चलाउदै आएको आरोप लगाइएको छ । तातोपानी नाकाबाट सामान ढुवानी गर्ने सिल्क ट्रान्सपोर्टका नाममा गाडी खरिदका लागि यसअघि बंगलादेश बैंक र गुडविल फाइनान्सबाट गरी ७५ करोड ऋण लिएका थिए ।

गुडवीलबाट २५ करोड ऋण लिएका शेर्पाले सो रकम समेत चुक्ता नगरेको बताइएको छ । रमेश शेर्पाले ऋण लिनका लागि सिल्क ट्रान्सपोर्ट र क्यारिङ उनको प्रमुख ब्यापार रहेको देखाइएको छ । तर उनलाई नजिकबाट चिन्ने प्रहरी तथा सिन्धुपाल्चोकका ब्यवसायीका अनुसार उनको प्रमुख ब्यापार अवैध कारोवार रहेको ठोकुवा गरेका छन् ।

काठमाडौंको जोरपाटी, स्वयम्भू, बालकुमारी र सिन्धुपाल्चोकमा घर तथा १६–२६ मेगावाट उत्पादन क्षमताको लिपिङ हाइड्रोपावरको लगानी गर्दा ४ अर्बभन्दा बढीको रकम लगानी गरेका भेटिएको छ । तर सो अकुत सम्पत्तिको स्रोत भने शेर्पाले देखाउन सकेका छैनन् । शेर्पाले हिम रिभर पावर कम्पनी नामक कम्पनीको अध्यक्ष समेत भएर रकम हिनामिना गरेको आरोप लागेको छ । तर अहिले उक्त कम्पनीको अध्यक्ष नेकपाका (पूर्वमाओवादी) सरल सहयात्री पौडेल रहेको बताइएको छ ।

उक्त कम्पनीमा रमेश शेर्पाको लगानी अझै पनि शंकाको घेरामा रहेको छ । अरु लगानीकर्ताहरूको बारेमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खोजी गरिरहेको बताएपनि कारबाही भने गर्ने बारेमा कुनै चासो देखाएको छैन । हिम रिभर कम्पनीमा यस्तै अवैध धन्दा वा भ्रष्टाचारबाट आर्जित धेरै लगानी भएको आशंका विभागले गरेको छ । शेर्पाको नेतृत्वमा अहिले पनि १२ वटा विभिन्न व्यवसायहरू सञ्चालन गर्दै आएको बताइएको छ ।

जसमा मुख्यतः व्यापार, जलविद्युत र यातायातमा बढी लगानी गरेको बताइएको छ । कम्पनीले एक सयभन्दा बढी सवारी साधनसहित चीनबाट नेपालसम्म सामान ढुवानी गर्दै आएको छ । २०० भन्दा बढी कन्टेनरहरू सहित, सो कम्पनीको ४० फिट ट्रेलर, २० फिट फ्ल्याटबेड ट्रेलर, ४० टन क्षमताको क्रेन, ३ टन फोर्कलिफ्ट मेसिन, र २० टन मोबाइल क्रेन उपकरणहरू सहित विभिन्न क्षमता र आकारका ट्रेलर सवारी साधनहरू रहेको बताइएपनि ति सामानका खरिद गरेको रकमको स्रोत भने उनले देखाउन सकेका छैनन् ।

सिल्क ग्रुपले सेटिङ मिलाएर चीनका प्रमुख क्षेत्रहरूमा ग्वाङ्झाउ, यिउ, फुजियान, हेबेई, चाओझोउ, लान्झाउ, कुनमिङ र शानडोङबाट गुणस्तहिन सामानको आयात समेत गर्दै आएको छ । विभिन्न बैंकबाट कर्जा लिनकै लागि चीनको यिउ र ग्वाङ्झाउ शहरमा गोदामहरू रहेको भन्दै नक्कली कागजात तयार गरेर भ्रामक विवरण समेत पेश गर्दै आएको बताइएको छ ।

सिल्क ग्रुपले लत्ताकपडा, इलेक्ट्रोनिक्स, मेडिकल, मेसिनरी र मलको कारोबार गर्ने सामानहरूको आयात गर्दै आएको बताइएको छ । शेर्पाले द सिल्क मार्केट प्रालि, सिल्क ग्रुपको नाममा नक्कली कागजात पेश गरेर ग्लोबल टेन्डर अन्तर्गत मल आयात गर्ने ठेक्का समेत लियो तर सो ठेक्का अनुसार मल भने आयात गर्न सकेन । पहिलो चरणमा केही मेट्रिकटन मल आयात गरेको भनिएपनि सो मलसंगै सुनको समेत आयात गरेपछि अरु मल ल्याएन ।

यो पनि अध्यन गर्न छुट्यो की ?

शिल्क ग्रुपलाई सरकारकै संरक्षण : मन्त्रीदेखि पत्रकारसम्मलाई कमिशन !!!

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…

शिल्क ग्रुपको अबैधधन्दा : सुन र डलरका कारोबारी शेर्पाको सरक्षणमा मन्त्री

तातोपानी भन्सार नाकाबाट अबैध सुन तस्करी (भिडियोसहित)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट