सिल्क ग्रुपका सञ्चालक शेर्पाले लिए अबैध सामान छुटाउने ठेक्का : प्रधानमन्त्रीको सचिवालयमै दिन्छन धर्ना

- May 25, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणले राज्यका उपल्लो तहका ‘हाईप्रोफाइल’ का ब्यक्तिहरु नै धमाधम पक्राउ परि रहेकै बेला कर्मचारी, ब्यापारी र सुरक्षा निकाय मिलेर कसरी तस्करी गर्दा रहेछन् भन्ने कुराको पछिल्लो उदाहरण त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भएको तस्करीले पुष्टि गरेको छ ।

राजनीतिक उपल्लो तहदेखि अर्थ मन्त्रालयसम्मको मिलेमतोमा ढाकछोप गर्नेदेखि प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयसम्मको मिलिमतोमा अबैधधन्दा खुलेआम हुने गरेको पछिल्ला घटनाबाट प्रष्ट हुदै आएको छ । अवैधरुपमा महँगा चिनियाँ लत्ताकपडा, रक्सीदेखि ब्रान्डेड कस्मेटिक सामग्री हुदै बालबालिकाको जुत्ता–कपडा ल्याइएको नक्कली भन्सार प्रज्ञापन पत्र बनाई बिना भन्सार छुटाउदै आउने गरेको भेटिएको छ ।

ढिला गरि प्राप्त विवरण अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयको रुट अहिले भन्सार छली गर्नेहरुका लागि स्वर्णमार्गका रुपमा रुपान्तरण भएको समेत बताइएको छ । जसको पछिल्लो घटना गत बिहीबार राजस्व अनुसन्धान विभागले बरामद गरेका टीसर्ट, लेडिज टप्स लगायतका रेडिमेड कपडाहरु बोकेका तीन वटा ट्रक प्रकरणलाई लिएर अहिले एक विवादित व्यापारीको टोली प्रधानमन्त्री दाहालको पुत्री तथा स्वकीय सचिव गंगा दाहालसंग सामान छुटाई दिनकालागि हारगुहार गर्दै आएको छ ।

विभागको टोलीले गत बिहीबार नियन्त्रणमा लिएका ट्रकमा सामानको गलत घोषणा तथा भन्सार मूल्यांकनमा पनि गरेर कम भन्सार तिरेर ल्याइएको अबैध सामान रहेको जनाएको छ । एजेन्ट नम्बर ४ सय ८० भएका ब्यापारी राम गुरुङको कम्पनीबाट उक्त सामान छुटाइएको भएता पनि ती ट्रकको जिम्मेवारी लिएर ‘सिल्क ट्रान्सपोर्ट’ का सञ्चालक रमेश शेर्पा राजस्वबाट सामान विनाचेकजाँच छुटाउन सो शक्तिकेन्द्रमा धाइरहेका छन् ।

बरामद भएका ९६९०, ७१५१ र ५८३१ नम्बरको ट्रकबाट ती सामान विमानस्थलबाट लोड हुनासाथ राजस्वको टोलीले बरामद गरेर अनुसन्धान गरि रहेको अबस्थामा शेपाले प्रधानमन्त्री दाहालको सचिबवालको शक्ती देखाउदै विभागमा सामान छोड्न दवाव दिएको बताइएको छ । तर, विभागले सो दवावलाई बेवास्ता गरि अनुसन्धान अगाडी बढाएपछि भने शेर्पाले सिन्धुपाल्चोककै माओबादी नेताको आँड लिदै प्रधानमन्त्री दाहालको सचिवालयमा गई सो सामान छुटाई दिन आग्रह गरेको उच्च स्रोतले बताएको छ ।

सिल्कका रमेश शेर्पा ती सामान छुटाउन प्रधानमन्त्री दाहाल पुत्री तथा स्वकीय सचिव गंगा दाहालसम्म पुगेर दवाव दिए लगत्तै उनले अर्को संयन्त्र अर्थमन्त्रालयबाट पनि मिलाउनकालागि अर्थमन्त्री डा. प्रकाशशरण महतसम्म पुगेको बताइएको छ । तत्कालिन समयमा मल तस्करी प्रकरणमा सिल्क ट्रान्सपोर्टलाई साथ दिएर तीनवटा बीवाईडी गाडी समेत उपहार दिएको विषयबस्तु बाहिरिएपछि अहिले भने प्रधानमन्त्री दाहालको सचिबालयले सो सामान छुटाईदिने बारे राजस्वमा दबाब दिन भने अहिले आनाकानी गरिरहेको समेत बताइएको छ ।

मारवाडी मूलका ब्यापारीसमेत रहेको उक्त सामानका वास्तविक आयातकर्ताले रमेश शेर्पालाई ठूलो धनराशी खर्च गर्नेगरी उक्त सामान छुटाउन शक्तिकेन्द्रमा परिचालन गरि रहेको छ । राजस्व अनुसन्धान विभागलाई सो सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोग निकट स्रोतबाट दिएका कारण गाडी छुटाउन समेत सहज अबस्था भने रहेको छैन ।

भन्सार छली भएकै यथेष्ट प्रमाणसहित राजस्वलाई सूचना प्राप्त भएकाले ती गाडी चेकजाँच गरेर सामान डिक्लीयर र राजस्व समेत निर्धारण गरेर मात्र छाड्नुपर्ने बाध्यतामा विभाग परेको छ । यसअघि सिल्क ट्रान्सपोर्टका सञ्चालक शेर्पाले ट्रकका ट्रक सामान भित्राउदै आएपनि सो ट्रकको चेकजाँच भने कागजी रुपमा मात्र भएको भन्दै भन्सार कार्यालयमा जानकारी गराउदा समेत कारबाही नभएको शेर्पाकै एक नजिकका व्यवसायीले बताएका छन् ।

सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी हुन थालेपछि भन्सार नाकामा विवाद समेत हुदै आएको थियो । चिनियाँ कम्पनी ‘मुसा’ भन्ने र बाह्रविसे नगरपालिकाका शेर्पासहित केही नेपालीको आधा लगानी रहेको सिल्क ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनरबाट अबैध सामानको ओसारप्रसार हुदै आएको बताइएको छ ।

तातोपानी नाकाबाट यसअघि अरु कन्टेनरहरूले सामान ढुवानी गर्दै आएकोमा रमेश शेर्पाले सिल्क ट्रान्सपोर्टमार्फत् सिन्डिकेट खडा गरी एकाधिकार कायम गरेपछि तनाव सृजना भइरहेको छ । नेकपा एमालेका नेता तथा बाह्रविसे नगरपालिकाका तत्कालिन मेयर निमफुञ्जो शेर्पाको भान्जा भएका कै कारण उनलाई संरक्षण दिएको आरोप समेत लागेको छ ।

बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेको आरोप लगाउँदै स्थानीय अवरोधसमेत गरेका थिए । स्थानीय प्रहरी, प्रशासनलाई प्रभावमा पारेर ती गाडीहहरू चेकजाँचसमेत नगरि छुटाएको बताइएको छ । सिल्क ट्रान्सपोर्टका कन्टेनरमा अवैध सामान, सुन समेत ठूलो परिमाणमा काठमाडौंमा ल्याएको आरोप लागेको छ । साविक गाती गाविसका रमेश बाह्रविसे नगरका मेयर तथा सिन्धुपाल्चोक नेकपा नेता निमफुन्जो शेर्पाका भान्जा हुन् ।

उनका बाबु सामान्य ह्वान्डीक्राफ्टको काम गर्दै आएका थिए । ललितपुरको बालकुमारीमा ३८ आना जग्गामा सिल्क ट्रान्सपोर्ट कम्पनीको गोदाम तथा ग्यारेज निर्माण गरेका शेर्पाको बौद्ध आरुबारीमा २२ आना जग्गामा स्विमिङ पुलसहितको अत्याधुनिक बंगला रहेको स्रोत जनाएको छ । घरमा भूमिगत गोदाम समेत राखेको शंका उनी निकट व्यवसायीहरुले गरेका छन् ।

हुण्डीको कारोबारमा ७० लाख नगदसहित समातिएका शेर्पाले बाह्रबिसेका एक सामान्य व्यक्तिलाई उक्त कारोबार स्वीकार्न लगाई जेल पठाएको समेत आरोप लागेको छ । बालकुमारीको जग्गा भने राष्ट्र बैंकमा कार्यरत मोहन श्रेष्ठबाट खरिद गरेका भेटिएको छ । तिनै मोहन श्रेष्ठले लिपिङ हाइड्रोपावरमा ६ करोड लगानीसमेत गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

भोटेकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भइरहेको हिम रिभर हाइड्रोमा दश करोडको शेयर लगानी गरेका शेर्पाको अबैध ब्यवसायका कारण करोडौंको आम्दानी भएको उनी निकटहरू बताउँछन् । चीनबाट भारत सुन तस्करी गर्ने आरोप खेप्दै आएका रमेशको सामान तीन पटक भारतमा समेत पक्राउ परेको स्रोत बताउछ ।

नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा पनि रमेशकै नाम जोडिने गरेको थियो । तर, उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ पर्ने गरेको सुरक्षा स्रोत बताउँछ । पटक पटक भारत सुन सप्लाई गर्दै आएका शेर्पाका भिनाजु बिजय शेर्पा १६ किलो सुनसहित भारतमा पक्राउ परेका थिए ।

यसरी पटकपटक पक्राउ परेको सिल्क ट्रान्सपोर्टको नाममा सुन लगायतका अवैध सामान निर्वाध ढुवानी हुन थालेपछि केन्द्रीय प्रहरी ब्यूरो (सिआई) मा समेत उजुरी परेको बताइएपनि अहिले सम्म खासै कारबाहीभने केही भएको छैन । स्थानीय ब्यक्तिहरुले सिआईबीमा पुगेर सो कम्प्नीमाथी अनुसन्धानका साथै छानतविन गरी कारबाही गर्ने माग राख्दै उजुरी दिएको बताएका छन् ।सुन कारोवारमा संलग्न पाईएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका कारण स्थानीय अवरोधसमेत हुने गरेको छ ।

यी सामानहरु तिव्वतमा वा खासामा मात्र सेटीङ भएर आउने नभइ ग्वानजाओबाटै सेटीङ भएर आउने ब्यसायीहरु बताउँछन् । सुन तस्करी गर्ने रमेशको सामान तीन पटक भारतको सिलगुढीमा रमेशका भिनाजू १६ केजी अवैध सुनसहित पक्राउ परेका थिए । काठमाडौंको महाबौद्धमा उनको भिनाजूको दाई २० केजी सुनसहित पक्राउ परेका थिए ।

उनीहरु तीन महिना जेल बसेर निस्किएका व्यक्ति हुन । रमेशको समूहले प्रहरी प्रशासन मिलाएर स्कटिङ गरी सुन काठमाडौं ल्याउने र लकडाउनका बीच पनि त्यो सुन भारततर्फ पु¥याउने अबैध काम गर्दै आएको भन्दै उजुरी गरेको बताइएको छ । पटकपटक विवादमा मुछिएका व्यक्तिको कम्पनीमाथी सरकारी निकायले अहिलेसम्म कुनैपनि अनुसन्धान र अनुगमन नगरी उन्मुक्ति दिएको आरोप समेत सरकारी निकायमाथी लागेको छ ।

यसरी सो ग्रुपद्वारा अबैधरुपमा सामान आयात निर्यात गरेको आरोप लागेपछि शेर्पालाई पटकपटक सम्र्पक गर्दा पनि उनी सम्र्पकमा आउन चाहेनन् । उनको प्राप्त मोबाइल नम्बर समेत बन्द गरिएको थियो । कहिले रसुवाको केरुङ नाकाबाट त कहिले सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अबैध रुपमा सामान नेपाल ल्याउने कार्य गर्दै आएका शेर्पा पछिल्ल्लो समयमा त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट समेत अबैध सामान छुटाई दिने ठेक्का लिएको समेत बताइएको छ ।

र यो पनि…

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

नाकामा विवादः आयात प्रभावित

सिल्क ट्रान्सपोर्टका शेर्पालाई जोगाउन दलिय दवाव : सिआईबीमा उजुरी, अनुसन्धानको घेरामा तातोपानी भन्सार प्रमुख खत्री

तातोपानी भन्सार नाकामा ‘सिल्क ग्रुप’ संगै ‘चीनियाँ मुसा’ को आतंक

शिल्क ग्रुपको अबैधधन्दामा सरकार मौन : मल आयातको नाममा सुन तस्करी…

तातोपानीबाट मल तस्करी : रमेश शेर्पा र गोयलको सेटिङ

प्रहरी स्कटिङमा तातोपानी भन्सारबाट रमेशले यसरी गरे सुन तस्कर…


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!