चौधरी ग्रुपद्वारा उत्पादीत वाइवाइ चाउचाउमा २६ पीपीएमको शिशा, कारबाही गर्न सरकार पछि हट्यो

- April 26, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । शक्ती र सत्ताको वरिपरि घुमी बस्ने र अबैधधन्दालाई विना रोकावट गर्दै देशको ढुकुटी समेत रित्ताउदै आएका विवादीत व्यापारी बिनोद चौधरीको कम्पनीबाट उत्पादन भएका सवै खाद्य बस्तुहरु खान अयोग्य भएको पाईएको छ । चौधरी ग्रुपको नाममा नेपाली भूमी प्रयोग गरि भारतीय नागरिक अर्थात भारतको राजस्थानका मुलबासी चौधरीले नेपाल सरकारबाट लिनु पर्ने सवै सेवा सुविधा र सहुलियत रकम समेत असुली गर्दै आएसंगै अर्बौं रुपैयाँ कर छली गरेर रकम विदेश लैजादै आएसंग उनको कम्पनीबाट उत्पादन भएका खाद्य बस्तु खान अयोग्य रहेको प्रमाणित भएको छ ।

अहिले बजारमा बिक्री वितरणकालागि पठाएको वाइवाइ चाउचाउ झुक्किएर पनि खान नहुने सूचीमा रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । चौधरी ग्रुपले उत्पादन गरेको चाउचाउ कुहिएको र खानै नहुने गरि मापदण्ड विपरित अत्याधिक एसिड प्रयोग गरि मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने भेटिएको छ । यसरी ल्यावटेष्ट गरेर खान अयोग्य भेटिएको चौधरीको वाइवाइ चाउचाउका मालिक नेपाली काँगेसका संघिय साँसद समेत रहेका बिनोद चौधरीमाथी कारबाही नगरि उन्मुक्ती दिदै आएको छ ।

चौधरीको वाइवाइ चाउचाउमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन प्रयोग गरेको भेटिएका हो । सो कुराको पुष्टी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत गरेको भएपनि पैसाकै आँड र शक्तीका कारण सरकारले कारबाही गर्न भने आँट गरेको छैन । चौधरीले प्रयोग गर्ने तेलमा मानव स्वास्थ्यमा असर पर्ने दूषित तत्व भेटिएको हो । तेलमात्र नभई बजारमा पठाएको चाउचाउ कुहिएको र गनाउने समेत भेटिएको छ ।

चौधरी ग्रुपले चाउचाउमा प्रयोग गर्ने गुणस्तरहीन तेलकै कारण झाडापखाला, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौला, क्यान्सर र मुटुसम्बन्धी रोगको सिकार उपभोक्ता हुन परेको समेत बताइएको छ । चाउचाउ स्वादीलो बनाउन मानव स्वास्थ्यमा असर पार्ने विभिन्न रसायन मिसावट गरेर उत्पादन गरि बिक्रीवितरण गर्दै आएको छ । सिजी फुड्सले उत्पादन गरेको तयारी चाउचाउमा वाइवाइको चिल्लोमा विद्यमान मापदण्ड भन्दा बढी एसिड भ्यालु रहेको विभागले पुष्टी गरेपनि अनुसन्धान र अनुगमन गरेर कारबाही गर्ने आँट भने गरेको छैन ।

चाउचाउमा प्रयोग गर्दै आएका अखाद्य रसायन र विभिन्न स्वादमा उत्पादन गरिएका गुणस्तहिन चाउचाउ खादा मानव स्वास्थ्यमा गम्भीर असरका साथै प्राणघातक रोगको शिकार हुदै आएको शोधकर्ताहरुले बताएका छन् । अमेरिकाको बेलर विश्वविद्यालय मेडिकल सेन्टरका शोधकर्ताहरुले गरेको अनुसन्धानबाट चाउचाउको सेवनले हृदयाघातदेखि मधुमेहसम्मका प्राणघातक रोग निम्त्याउने निष्कर्ष निकालेसंगै चाउचाउ खाँदा मानवस्वास्थ्यमा गम्भीर असर पर्ने प्रमाणित भएको छ । सरकारी कर्मचारीले कागजमामात्र गुणस्तर रहेको प्रमाण पेश गरेर चाउचाउ भने गुणस्तरहिन उत्पादन गरि अत्याधिक मंहगोमा बिक्री गदै आएको कम्पनी हो चौधरी ग्रुपको ‘वाइवाइ चाउचाउ’ ।

सो कम्पनीले उत्पादन मितिको नक्कली स्टीकर टाँसेर बजार पठाएको पाईएको छ । उता गुणस्तहिन चाउचाउ बेचेर बिनोद चौधरीले अकुत सम्पत्ती अबैधरुपमा बिदेश लगी विभिन्न उद्योगहरुमा लगानी गर्दै आएको छ । शोधकर्ताहरुले सो चाउचाउको सेवनका कारण रगतमा कोलेस्ट्रोलको मात्रा समेत निकै बढी फेला परेको जनाएको छ । परम्परागत खानेकुरा खानेभन्दा चाउचाउ खाने महिलामा कार्डियो मेटाबलिक सिन्ड्रोम दुई गुणा बढी देखिएको समेत बताइएको छ ।

चाउचाउमा मोनो सोडियम ग्लुटामेट, बोसोका साथै पेट्रोलियम पदार्थ शुद्धीकरण गर्दा बाहिर रहने टर्सियरी ब्युटाइल हाइड्रोक्विनन्को समेत मिसावट गरेर उत्पादन गरिने गरेको छ । चाउचाउको सेवनले पाचन प्रक्रियालाई असन्तुलित बनाइदिँदा खाएको कुरा पचाउन गाह्रो हुने समेत गरेको निष्कर्ष शोधकर्ताहरुले गरेका छन् । विश्वबजारमा समेत बिक्री हुँदै आएको चौधरी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउमा अत्यधिक मात्रामा विषादी खाद्यवस्तु प्रयोग गरेको पुष्टी हुदाँ समेत कारबाही गर्न सरकारले आँट गर्न सकेको छैन ।

तामिलनाडुको खाद्य प्रयोगशालामा गरिएको अनुसन्धान अनुसार वाइवाइ चाउचाउमा ७ दशमलव ४३ गुणा बढी लिड (सिसा) रहेको पाइएको छ । २ दशमलव ५ पीपीएमभन्दा बढी लिड भएको चाउचाउ मानव स्वास्थ्यका लागि विष सरह मानिन्छ । वाइवाइ चाउचाउमा २५ दशमलव ४५ पीपीएम लिड रहेको पुष्टि सो प्रयोगशालाले गरेको छ ।

लिडको मात्रा दुई दशमलव पाँच प्रतिशतभन्दा बढी भएको खाद्यवस्तु सेवन गर्दा शरीरमा अक्सिडेन्टको मात्रा बढ्न गई क्यान्सरले आक्रमण गर्ने, हड्डी कमजोर हुने, मुटुका भल्भहरू साँघुरिँदै जाने, मस्तिष्कमा रक्त प्रवाह गर्ने नलीहरू सुनिने, मूत्राशयमा मासु पलाउने, फिस्टुला र पायल्सको समस्या बढ्नेलगायतका रोग लाग्ने गरेको छ । सो मापदण्डभन्दा बढी रसायन प्रयोग गरेको र भारतमा वाइवाइ चाउचाउमा एमएसजी र लिड भेटिएसँगै तत्काल बिक्री वितरणमा रोक लगाएको हालसम्म खुला गरिएको छैन ।

वाईवाई चाउचाउमा हालिने विभिन्न पदार्थमध्ये ‘मनोसोडियम गुल्टामेट’ (मासु, च्याउको जस्तो बास्ना र स्वाद बढाउने नुन जस्तो देखिने सेतो पदार्थ जसलाई अजिनोमोटो पनि भनिन्छ) को मात्रा बढी प्रयोग हुदै आएको भेटिएको छ । सो एमएसजी हालिएको खाना खाएपछि दाँत–बङ्गारा कस्सिने, घाँटी, छाती र हातहरु चिसा कडा हुने, तिर्खा लाग्ने, मुटुको धड्कन बढ्ने, निन्याउरो हुने, बेहोस हुने, अनुहार र पेटमा चिटचिट पसिना आउने समस्या बढ्दै गएको बताएका छन् ।

खाद्य ऐन २०२३ अन्तर्गत खाद्यवस्तुको गुणस्तर निर्धारणसम्बन्धी २०५७ मा प्रकाशित राजपत्रमा, १२ महिनाभन्दा कम उमेरका बालबालिकाका लागि बनाइएको चाउचाउ भएमा एमएसजी अनुपस्थित हुनुपर्ने उल्लेख छ । त्यसमाथि एमएसजी हालिएको चाउचाउको लेबलमा चाहिँ सो पदार्थ हालिएको हुनाले १२ महिनाभन्दा कम उमेरका बच्चाले खानुहुँदैन भनेर लेख्नुपर्ने प्रावधान छ । उपयुक्त प्रावधान विपरित चौधरी ग्रुपले उत्पादन गरेको चाउचाउमा सो उल्लेख गरिएको छैन ।

विना अनुमति चौधरी ग्रुपले वाइवाइकै नाम दिएर चार प्रकारका चाउचाउ १४ स्वादमा उत्पादन गरेको भन्दै भ्रामक प्रचार समेत गर्दै आएको छ । सरकारको सम्बन्धित निकायमा वाइवाइ चाउचाउ मात्र उत्पादनको अनुमति नलिएको बताएको छ । तर बजारमा वाइवाई लेखेर ४ प्रकारको चाउचाउ उत्पादन गरेपनि सरकारले सो बारे छानविन गर्ने आँट गरेको छैन ।

कम्पनी ऐन अनुसार सुरुमा दर्ता भएको ब्राण्डकै नाममा अर्को रुपरंगमा परिवर्तन गरेर उत्पादन र बिक्री वितरण गर्न नपाउने व्यबस्था गरिएको छ । उता काठमाडौं महानगरपालिकाको एक टोलीले भने चौधरी ग्रुपद्वारा उत्पादन गरेको वाइवाइ ब्राण्डको चाउचाउ गुणस्तहिन भएको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेर उन्मुक्ती दिएको छ ।

र यो पनि अध्ययन गर्न छुट्यो की ?

चौधरी ग्रुपको चाउचाउ खान अयोग्य : सिजी कम्पनीलाई सामान्य जरिवाना गरि उन्मुक्ती

विनोद चौधरीले नेपालमामात्र हैन भारतमा पनि आयकर छली, वाइवाई कम्पनीमा छापा

चौधरी ग्रुपको वाईवाई चाउचाउ गुणस्तहिन रहेको ठहर गर्दै मुद्दा दायर…

वाईवाई चाउचाउ गुणस्तरहीन : सरकारले गरेन कारबाही, मन्दविष खुवाउदै चौधरी ग्रुप

चाउचाउ खादै हुनुहुन्छ होसियार ! वाइवाइ चाउचाउमा भेटियो अखाद्य बस्तु

चौधरी ग्रुपद्वारा थाई प्रिजभ्ड फुडको लोगो कपिराइट गरि वाइवाइ चाउचाउ उत्पादन

चौधरी ग्रुपको लुट : उत्पादन अनुमति विपरित वाइवाइको तौल घट्यो, मूल्य बढायो

चौधरी ग्रुपद्धारा उत्पादीत वाईवाई चाउचाउमा विषादी रसायन प्रयोग, २६ पीपीएम शिशा रहेको पुष्टी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!