चौधरी ग्रुपद्वारा थाई प्रिजभ्ड फुडको लोगो कपिराइट गरि वाइवाइ चाउचाउ उत्पादन

- February 14, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

फेसबुकमा अपलोड गरिएको भिडियोमा उनले बोलेका छन्, ‘नेपालका बेरोजगार युवाले विनोद चौधरीलाई टोलाएर हेर्छन् । नेपालभित्रै हेडक्वार्टर रहेको बहुराष्ट्रिय कम्पनी (वाईवाई) खोलियो । त्यति गर्नसक्नेले हाम्रो लागि के गर्नुभयो ? ५० हजार नेपाली हरेक महिना मुलुक बाहिर गइरहेका छन् । उनीहरूले नबोली मलाई प्रश्न सोध्ने गरेका छन् । त्यसैले आज म राजनीतिमा छु । राजनीतिमा रियल स्टेक भएकाहरूको प्रवेश हुनैपर्छ । त्यस्ता मान्छेलाई झन् अगाडि बढ्ने बाटो बनाउनुपर्छ । मुलुकमा राजनीतिक कार्यकर्ता र व्यापारी (रिसोर्स म्यानेजर) बीच आपसी सहकार्य र सम्मान हुनुपर्छ । राष्ट्रलाई रूपान्तरण गर्नको निम्ति यो आवश्यक छ ।’

भिडियोमा बोलेका अरु विषयलाई थाती राखेर हेर्ने हो भने उनले वाइवाइ चाउचाउको मुख्य कारखाना, कपिराइट र कम्पनी नेपालमा रहनुका साथै अहिले नेपालको एक मात्र बहुराष्ट्रिय कम्पनी भएको दाबी गरेका छन् । ३८ वर्षअघि ललितपुरको सैंबुमा स्थापित उक्त कारखाना त्यतिबेला थाइल्याण्डको थाई प्रिजभ्ड फुड फ्याक्ट्री कम्पनी लिमिटेडको संयुक्त लगानीमा खुलेको हो । थाइल्याण्डमा वाइवाई चाउचाउ उत्पादन गर्ने सो कम्पनी २०२८ सालमा खुलेको थियो ।

थाई कम्पनी त्यहाँको नाकोर्नपाथोन प्रान्तको सम्प्रान जिल्लास्थित राइखिङ उपजिल्लामा अवस्थित छ । उक्त कम्पनीले विनोद चौधरीको सिजीलेझैँ वाइवाइ र क्विक तैयारी चाउचाउ उत्पादन गर्दै आएको छ । कम्पनीले सन् १९७८ अर्थात २०३५ सालदेखि वाइवाइको ट्रेडमार्क विश्वभरका लागि दर्ता भएको जनाएको छ । यता चौधरीको भनिएको वाइवाइ चाउचाउको ट्रेडमार्क पनि उस्तै छ । जुन थाई कम्पनीभन्दा १३ वर्षपछि स्थापना भएको हो । विश्वव्यापी ट्रेडमार्क अनुमति जारी भएपछि बल्ल ललितपुरमा वाइवाइको कारखाना स्थापना भएको थियो । तर, उनले आफूले नेपालमा छुट्टै वाइवाइ कारखाना खोलेर विश्वमा चेन फ्याक्ट्री अर्थात् बहुराष्ट्रिय कम्पनी बनाएको दाबी गरेका छन् ।

थाइल्याण्डको सो चाउचाउ धेरैजसो अमेरिका, क्यानाडा, अष्ट्रेलिया, जापान, हङकङ, मलेसिया, सिंगापुर, लाओस, म्यानमार र कम्बोडियामा निर्यात हुने गरेको छ । यदि चौधरीले उत्पादन गरेको वाइवाइको ट्रेडमार्क फरक थियो भने नेपाली उत्पादन बिक्री हुने अमेरिका, हङकङलगायत देशमा उहिल्यै कपिराइटको मुद्दा परिसक्थ्यो । त्यसैले सिजीले थाइल्याण्डको सोही कम्पनीको कपिराइट उतिबेलै लिएकाले नेपाली वाइवाई पनि उस्तै नाम, रंग र साइजमा अन्य मुलुकमा बिक्री हुन सकेको हो ।

यी सबै बेलिबिस्तार लगाउँदै चौधरी ग्रुपबाट अवकाशप्राप्त एक जना पुराना अधिकृतले भने, ‘थाइल्याण्डको वाइवाइलाई विभिन्न प्रलोभनमा यहाँ आफ्नो बनाइएको हो । शुरुमा यो थाई कम्पनीकै थियो । त्यतिबेला बैंकक गएका नेपालीले बाकसका बाकस वाइवाइ ल्याउँथे । त्यही बाकसलाई ध्यानमा राखेर उनी र त्यतिबेला मुलुकको सर्वोच्च निकायका प्रतिनिधिहरू थाइल्याण्ड गई साझेदारीमा काठमाडौंमा व्यापार शुरु गर्ने सहमति भएको हो । पछि अनेक व्यवधान देखाउँदै चौधरीले थाइलाई वञ्चित गराए । (जनआस्थाबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!