चौधरी ग्रुपको चाउचाउ खान अयोग्य : सिजी कम्पनीलाई सामान्य जरिवाना गरि उन्मुक्ती

- October 21, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । चौधरी ग्रुपले उत्पादन गर्दै आएको सवै चाउचाउ गुणस्तरहिन (खान अयोग्य) भएको प्रमाणित भएको छ । विश्वका धनी भनी केही रकम ठूला मिडिया हाउसका पत्रकारलाई दिएर हुँकार गर्न लगाएका विवादीत व्यापारी बिनोद चौधरीको कम्पनीले उत्पादन गरेको वाईवाई चाउचाउ खान अयोग्य भएको पुष्टि भएपनि धरान उपमहानगरपालिकाले भने सिजी कम्पनीलाई २ लाख ५० हजार रुपैयाँमात्र जरिवाना गरेर उन्मुक्ती दिएको छ ।

चौधरी ग्रुपले सो वाइवाइ चाउचाउ गुणस्तरहिन भएको प्रमाण समेत बाहिर नल्याउने सहमति गरेर करोडौ रुपैयाँ कमिशन दिएर २ लाख ५० हजार रुपैयाँमात्र जरिवान गरेको नौटकी गरि उन्मुक्ती दिएको धरानका स्थानीय व्यवसायीहरुको भनाई रहेको छ । चौधरी ग्रुपको वाईवाई चाउचाउ परीक्षण गर्दा गुणस्तरहिन भएको रिपोर्ट आएपछि उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको बजार अनुगमन समितिले कम जरिवाना गर्ने निर्णय गरि उन्मुक्ति दिएको छ ।

उपमेयर बेघाको अध्यक्षता र मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा बसेको समितिको बैठकले नेपाली काँग्रेसका संघिय साँसद समेत रहेका चौधरीको कम्पनीलाई २ लाख ५० हजार रुपैयाँ मात्र जरिवाना गर्ने निर्णय गरेर मुद्दाको फाईल बन्द गरेको छ । वाईवाई चाउचाउ खरिद गरेर लगेका उपभोक्ताले दुर्गन्ध आएको गुनासो गत असोज २५ गते गरेपछि परिक्षणकालागि लगिएको थियो ।

उपभोक्ताले धरान १५ मदनआश्रित मार्गको आयुष स्टोरबाट किनेको सो चाउचाउ लगायत देशभर बिक्रीकालागि पठाएको सवै चाउचाउमा नक्कली उपभोग्य मिति टाँसी बजार पठाएको समेत चौधरी ग्रुपकै एक कर्मचारीले गोप्य रुपमा बताएका छन् । कुहिएको चाउचाउ बिक्री गर्दै आएको सोस्टोरबाट मुचुल्का उठाएर वरामद गरेको चाउचाउ गत असोव २६ गते परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवामार्फत विराटनगरको प्रयोगशालामा परीक्षणको गरिएको थियो ।

गुणस्तरहिन वाइवाइ चाउचाउ नष्ट गरेपनि गुणस्तर सुधार गर्न भने सरकारी निकायले कुनै चासो दिन चाहेन । परीक्षणको रिपोर्टमा एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु १ भन्दाबढी नहुनु पर्नेमा २ दशमलव ८५ प्रतिशत रहेको छ । तोकिएको मापदण्डभन्दा बढी एसिड भ्यालु भएको रिपोर्ट आएकोले वाइवाइ चाउचाउ खान अयोग्य भएको पुष्टि भएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवा, इलाका प्रशासन, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च सहितको उपस्थितिमा बैठक बसेर कानुनमा भएको व्यवस्था वमोजिम २ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको भन्दै आफ्नो बचाउ गरेको छ ।

बैठकले सुनसरीको गढी गाउँपालिका २ औरावनीमा कार्यालय भएको सिजी कम्पनीलाई जरिवाना तोक्दै वरामद गरेको ९ कार्टुन चाउचाउ र खुला रहेको ८२ प्याकेट चाउचाउमात्र नष्ट गरेर अन्य बिक्रीकालागि खुला छोडिदिएको छ ।

र यो पनि…

चौधरी ग्रुपद्धारा उत्पादीत वाईवाई चाउचाउमा विषादी रसायन प्रयोग, २६ पीपीएम शिशा रहेको पुष्टी

विनोद चौधरीले नेपालमामात्र हैन भारतमा पनि आयकर छली, वाइवाई कम्पनीमा छापा

चौधरी ग्रुपको वाईवाई चाउचाउ गुणस्तहिन रहेको ठहर गर्दै मुद्दा दायर…

वाईवाई चाउचाउ गुणस्तरहीन : सरकारले गरेन कारबाही, मन्दविष खुवाउदै चौधरी ग्रुप

चाउचाउ खादै हुनुहुन्छ होसियार ! वाइवाइ चाउचाउमा भेटियो अखाद्य बस्तु

चौधरी ग्रुपद्वारा थाई प्रिजभ्ड फुडको लोगो कपिराइट गरि वाइवाइ चाउचाउ उत्पादन

चौधरी ग्रुपको नयाँ फण्डा : १४ अर्ब कर नबुझाएको आशंका

चौधरी ग्रुपले अत्याधिक कमाउदा पनि बुझाउदैन कर र राजश्व (भिडियो सहित)

सरकारको सूचीमा कहिल्यै परेन कर तिर्नेमा चौधरी ग्रुप

Exclusive: चौधरी ग्रुपको ०१५५४५८९३ नम्बरबाट व्यवसायीलाई दिए यस्तो धम्की …

चौधरी ग्रुपको लुट : उत्पादन अनुमति विपरित वाइवाइको तौल घट्यो, मूल्य बढायो

चौधरी ग्रुपको अर्को कालो कर्तुत : अबैधरुपमा ११ गुना भन्दाबढी लगानी विदेशमा

चौधरी ग्रुपको मिटरब्याज आतंक : विना दर्ता केएमसी अटोमोबाइल्सबाट हुन्छ अबैधधन्दा

चौधरी ग्रुपको अर्को बदमासी : सरकारी छुटको दुरुपयोग गर्दै कर छली

नक्कली भ्याट बिल मुद्दा : चौधरी ग्रुप सहित पाँच वटै कम्पनी दोषी ठहर

सरकारद्वारानै चौधरी ग्रुपलाई दिइयो उन्मुक्ति : सम्पत्ति र लिएको अनुदानबारे भएन छानविन

चौधरी ग्रुप ग्रुपको अर्को ठगीधन्दा : अबैधधन्दाका मुख्य योजनाकार अध्यक्ष बिनोद रहेको खुलासा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!