चौधरी ग्रुपको वाईवाई चाउचाउ गुणस्तहिन रहेको ठहर गर्दै मुद्दा दायर…

- December 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । गुणस्तहिन तेल र कम तौलमा चाउचाउ उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गरेकोभन्दै चौधरी ग्रुपलाई मुद्दा दायर गरेको भएपनि अहिले सम्म सो मुद्दाको बारेमा कहि कतै कारबाही गरेको छैन । भने बजारमा गुणस्तहिन चाउचाउ बिक्री वितरण भई रहेको छ ।

प्राप्त समाचारका अनुसार वाईवाई क्विक्स चाउचाउ गुणस्तरहीन तेलमा तारेको मुद्दामा उपस्थित हुन चौधरी ग्रुपको सिजी फुड्सलाई जिल्ला प्रशासन (सिडिओ ) कार्यालय ललितपुरले पटक पटक काटेको (म्याद) पत्र प्रहरीकै मितिमतोमा बेपत्ता बनाएर सो समुहलाई उन्मुक्ति समेत दिएको आरोप उपभोक्ताबादीहरुको दाबी रहेको छ । गत चैत २७ गते महानगरीय प्रहरी परिसर ललितपुरले सिजी फुड्सका नायब महाप्रवन्धक रेवन्त ढकाललाई ललितपुर सिडिओ कार्यालयले म्याद तामेलका लागि काटेको पत्र सानेपाको प्रहरी प्रभागमा पठाएको थियो ।

सानेपाको प्रहरी प्रभागमा भने उक्त पत्र दर्ता नै नगरि बिचबाटोबाटै बेपत्ता बनाएकाले चौधरी ग्रुपको ठगीधन्धमा प्रहरीसमेतको मिलिमतो भएको आरोप एक उच्च स्रोतको रहेको छ । सो परिसरमा पठाएको ४१२८ चलानी नम्बरको सो पत्र चैत र वैशाखकै फाइलमा समेत खोज्दा भेटिएको छैन । सो कार्यालयको एक प्रहरीले भने, ‘४१२८ नम्बरको पत्र त यहाँ इन्ट्री नै भएको छैन ।’ यसरी कारबाहीकालागि जिल्ला प्रशासन कार्यालयले पठाएको पत्र समेत चौधरी समुहकै अगाडी दर्तानै नगर च्यातेको हुनसक्ने आशंका स्रोतको रहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाइवाई क्विक्समा गुणस्तरहीन तेल प्रयोग भएको पाएपछि ललितपुर सिडिओ कार्यालयमा सिजी फुड्सबिरुद्ध गत चैत ६ गते मुद्दा दायर गरेको थियो । सिडिओ कार्यालयले चैत ७ गते सिजी फुड्सका नायब महाप्रबन्धक रेवन्त ढकाललाई उपस्थित हुन भन्दै पत्र काटेको थियो । उक्त पत्र सिडिओले परिसरमा पठायो भने परिसरले पहिले सैँबुको प्रहरी कार्यालयमा पठाएको थियो । सैँबुमा वाईवाई चाउचाउको कारखाना रहेको छ । सैँबुको प्रहरीले सिजी फुड्सका नायब महाप्रबन्धक ढकाल सानेपा कार्यालयमा भएकाले म्याद तामेल हुन नसकेको भनेपछि ललितपुर परिसरले सानेपा प्रहरीलाई पत्र पठाएको थियो ।

त्यो पत्र अहिलेसम्म सिजी (चौधरी ग्रुप) फुड्सको कार्यालय नपुगी बिचबाटै बेपत्ता बनाउन चौधरी समुहले ठूलै रकम खर्च गरेको अनुमान समेत स्रोतको रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चौधरी ग्रुपले गुणस्तरहीन तेल प्रयोग गरेर वाईवाई क्विक्स चाउचाउ उत्पादन गरेको दाबी गरेको छ । २०६८ मंसिर २३ गते खाद्य निरीक्षक रुपेन्द्र रावलसहितको टोलीले वाईवाई कारखाना निरीक्षण गरेको थियो । सोही निरीक्षणका क्रममा एउटै तेलमा पटकपटक चाउचाउ तारेको भेटेपछि टोलीले गुणस्तर जाँचका लागि नमूना लिएर आएको थियो । उक्त नमूना जाँच्न ल्याबमा पठाएको करिब डेढ महिनामै त्यसको रिपोर्ट आएको थियो– वाईवाई क्विक्समा प्रयोग हुने तेल गुणस्तरहीन छ ।

एउटै तेलमा पटकपटक चाउचाउ तारेको र यसरी तेल प्रयोग गर्दा गुणस्तर खस्किएको विभागको रिपोर्ट आयो। यसरी प्रयोग हुने तेलमा एसिडको मात्रा बढी हुन्छ जसले मानिसको स्वास्थ्यमा नराम्रो असर गर्छ । २०६८ माघ १ गते यस्तो रिपोर्ट आएपछि विभागले सिजी फुड्सलाई बयानका लागि बोलायो। सोही वर्षको फागुनमा बयानका लागि नायब महाप्रबन्धक ढकाल विभाग गएको भएपनि कस्तो बयान दिए भन्ने बारे विभाले अहिले सम्म कुनै सार्वजनिक गर्न चाहेको छैन ।

रिपोर्ट र बयानपछि विभागले सरकारी वकिलको कार्यालय ललितपुरसँग राय मागेको थियो । विभागले मुद्दा दायर गर्न मागेको राय दिन सरकारी वकिलको कार्यालयले झण्डै ९ महिना लगाएर मुद्दालाई फितलो बनाउने कार्य समेत भएको आरोप लागेको छ । २०६९ वैशाखमा विभागले रायका लागि पठाएको पत्रको जवाफमा सरकारी वकिलको कार्यालय ललितपुरले पुस २५ गते राय पठायो।

सोही रायका आधारमा चैत ६ गते विभागले ललितपुर सिडिओ कार्यालयमा सिजी फुड्सबिरुद्ध मुद्दा दायर गरेको थियो । चौधरी ग्रुपको सिजी फुड्सले तयारी चाउचाउको मापदण्ड विपरीत चाउचाउ उत्पादन गरेकाले खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ अनुसारको कसुर गरेको ठहर गर्र्दै विभागले मुद्दा दायर गरेको थियो । सोही मुद्दामा सिडिओ कार्यालय ललितपुरले सिजी फुड्सका नायब महाप्रबन्धकलाई उपस्थित हुन बोलाएको पत्र ५ महिनादेखि बेपत्ता छ, त्यसको अत्तोपत्तो प्रहरीलाई छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!