चौधरी ग्रुपको नयाँ फण्डा : १४ अर्ब कर नबुझाएको आशंका

- November 23, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस पटक पनि पाएन कर दिवसमा सम्मान

रोशन कार्की
काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई बुझाएको भनिएको कर समेत नबुझाएको खुल्न आएको छ । संञ्चार माध्याममा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको भन्दै मौखिक रुपमा बताएपछि त्यसैको आधारमा कर बुझाएको समाचार प्रकाशन भएका थिए ।

तर, सो अनुसार चौधरी ग्रुपले कर बुझाएको भए यस पटकको कर दिवसका दिन किन सो ग्रुपको नाम आउन सकेन भनेर अहिले चौतर्फी बहस सुरु भएको छ । त्यसैले चौधरी निकट एक उद्योमीले परिचय गोप्य राख्ने सर्तमा बताए अनुसार कर छलीको सूचीमा नाम परि रहेपछि र चौधरी ग्रुपको विरुद्धमा समाचार आउन थालेपछि सो बाट बच्नकैलागि कर बुझाएको नौटकी गरेको दाबी गरे ।

ती उद्योगीले भने,‘उक्त आवमा सरकारले संकलन गरेको कुल राजस्व रकमको १ दशमलव ७३ प्रतिशत चौधरी ग्रुपले मात्रै तिरेको दाबी गरेको थियो तर सरकारको सूचीमा त अझै १ सय स्थानमा पनि परेको छैन, बिनोद चौधरीले शक्ति र पैसाकै आँडमा सो फण्डा गरेको हो, बर बुझाएका छैनन बरु छली गरेका छन ।’

ती उद्योगीकै भनाईकै आधारमा कर बुझाउनेमध्यबाटै अध्ययन गर्ने हो भने पनि चौधरी ग्रुप सवै वर्षमा सम्मानित हुनु पर्ने थियो तर, राज्यले हरेक वर्ष कर दिवसमा विभिन्न व्यवसायीहरुलाई करमा योगदान गरेबापत सम्ममान गर्दा सो ग्रुप अलिहे सम्म नपर्नुले पनि प्रष्ट भएको छ नेपाली भुमी प्रयोग गरी पैसा जति अबैधरुपमा विदेश पठाएको आरोप पुष्टी हुन आएको छ ।

यसमा राज्यले कर तिर्ने समूहमा नपर्ने सो कम्पनीका अध्यक्ष बिनोच चौधरी भने दैनिक जसा आफु डलर अर्बपतिको सूचिमा रहेको र प्रत्यक वर्ष सम्पत्ति थपिएको घोषणा गर्दै आउदा पनि सरकारले अनुसन्धान भने गर्न सकेको छैन । एक मात्र नेपाली उद्योगी घराना चौधरी ग्रुपले कमाएको तुलनामा कर नबुझाउदै छली गर्दै आएको आरोप केही हदसम्म पुष्टी हुदै आएको समेत आन्तरिक राजश्व विभागका एक निर्देशकले बताएका छन् ।

चौधरी ग्रुपकै भनाईलाई मान्ने होभने पनि उसले आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, २०७५/७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र २०७६/७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ कर तिरेको दावी गर्दै आएकोे छ  । पछिल्लो चार आर्थिक वर्षमा मात्र सो ग्रुपले साँढे ४५ अर्ब राजस्व तिरेको दावी गर्दा समेत कर दिवसमा सरकारबाट अहिले सम्म सम्मानित हुन नसक्नुमा राज भने अझै खुल्न सकेको छैन ।

आफ्नो पैतृक व्यवसायलाई विश्वभर विस्तार गर्ने विनोद चौधरीको ग्लोबल रिच लिस्ट अनुसार, बिनोद चौधरी सन् सन् २०१३ देखि नै उनी विश्वका अर्बपतिहरुको सूचीमा पर्दै आएका छन् । २०२२ का अनुसार विश्वभरीका धनीमध्ये १२ सय ८८ औ स्थानमा रहेका छन् । नेपालका एक मात्र डलर अर्बपति चौधरीको सम्पत्ति गत वर्ष १ दशमलव ४ बिलियन अमेरिकी डलरबाट यस वर्ष १ दशमलव ५ अर्ब अमेरिकी डलर पुगेको उनैले सार्वजनिक गरेका छन् ।

जसमा १० करोड अमेरिकी डलरको वृद्धि भएको देखिन्छ । उनको व्यापार पोर्टफोलियोमा १ सय ६० कम्पनीहरू, १ सय २३ ब्रान्डहरू पाँच महाद्वीपहरूमा अवस्थित रहेको भनी रहदाँ सो स्थानहरुमा नेपाली नागरिकको हैसियतबाट कसरी लगानी गरे भन्ने प्रश्न समेत अहिले चौतफी रुपमा उठेको छ ।

विद्यमना ऐन अनुसार नेपालीहरुले विदेशमा लगानी गर्न र नेपालबाट विदेशमा पैसा समेत लैजान प्रतिबन्ध लगाएको छ । सो नियम अनुसार बिनोद चौधरीले नेपाली नागरिकताको साटो विदेशी नागरिकताको आधारमा लगानी गरेको आरोप समेत लाग्दै आएको छ । अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय रहेका छन् ।

यस ग्रुप अन्तर्गतका कम्पनीहरुले आफैंले नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) बिल जारी गरी कर छली गर्दै आएको लामो समय वित्यो तर सरकारले अहिलेसम्म कारबाही किन गर्न नसक्नु पनि सो ग्रुपले सरकारलाई हेपेको हो । यसरी अहिलेसम्म कर नबुझाउनेमा चौधरीमात्रै हैन, गोल्छा, दुगड, शंकर, विशाल, भाटभटेनी लगायत अन्य प्रतिष्ठित कम्पनीहरुको सूची लामो छ ।

चौधरी ग्रुपले सीजी ईलेक्ट्रोनिक्स, सीजी ईम्पेक्स र सीजी फुड्सको नाममा विभिन्न बस्तुहरुको उत्पादन गर्ने गर्छ कर बुझाउने बेला नक्कली भ्याट बिल जारी गर्ने, त्यो कम्पनी प्रायःघाटामा गएको वित्तिय विवरण सरकारलाई पेश गर्दै आएको छ । केहि दिन पहिले चर्चित ब्यापारिक घराना दुगड ग्रुपले अखाद्य मिश्रित पेय पदार्थ फ्रुटि बजारमा लैजान लागेको अबस्थामा जफत गरेको सार्बजनिक भैरहँदा ठूला ब्यापारिक घरनाहरुले मनब स्वास्थ्यमा समेत कतिसम्म खेलवाड गर्दा रहेछन भन्ने कुरा छर्लङ्ग भएको छ ।

विनोद चौधरीसँग सम्वन्धित तीन कम्पनीहरु एलजीका सामान बिक्री गर्ने सीजी इलेक्ट्रोनिक्स, नेपालमै एसम्बल्ड सीजी ब्राण्डका विद्युतीय सामान बिक्री गर्ने सीजी इम्पेक्स र वाइवाई चाउचाउ उत्पादन गर्ने सीजी फुड्सका तीन कम्पनीबाट करोडौ रुपैयाँ राजस्व छली गरिदै आएको छ ।

उद्योगपति विनोद चौधरीलाई भने सरकारले नै रातो कार्पेट विछ्याएर कर छलीमा सहयोग पु¥याउदै आएको छ । कर छली गर्दै तोकिएको तौलभन्दा कम प्याक गरेकोे वाईवाई चाउचाउ खादै हामी नै भन्दै छौ चौधरी समुहले कर छली गरेर बसेको छ । यस्तो संबेदनशिल बिषयमा सरकार के हेरेर बसेकोछ ? अहिले सबैको चासोको बिषय बनेको छ ।

चौधरी ग्रुप सम्बन्धि अन्य समाचार पढ्नुभयो ? 

यि र यस्तै समाचारकालागि तीव्रखबर डटकमको फलो र क्लिक गर्नुहोस । भ्रष्टाचार, अनियमितता र तस्करीका सामाचार भए हामीलाई पठाउनुहोस ।

चौधरी ग्रुपले अत्याधिक कमाउदा पनि बुझाउदैन कर र राजश्व (भिडियो सहित)

सरकारको सूचीमा कहिल्यै परेन कर तिर्नेमा चौधरी ग्रुप

Exclusive: चौधरी ग्रुपको ०१५५४५८९३ नम्बरबाट व्यवसायीलाई दिए यस्तो धम्की …

चौधरी ग्रुपको लुट : उत्पादन अनुमति विपरित वाइवाइको तौल घट्यो, मूल्य बढायो

चौधरी ग्रुपको अर्को कालो कर्तुत : अबैधरुपमा ११ गुना भन्दाबढी लगानी विदेशमा

चौधरी ग्रुपको मिटरब्याज आतंक : विना दर्ता केएमसी अटोमोबाइल्सबाट हुन्छ अबैधधन्दा

चौधरी ग्रुपको अर्को बदमासी : सरकारी छुटको दुरुपयोग गर्दै कर छली

नक्कली भ्याट बिल मुद्दा : चौधरी ग्रुप सहित पाँच वटै कम्पनी दोषी ठहर

सरकारद्वारानै चौधरी ग्रुपलाई दिइयो उन्मुक्ति : सम्पत्ति र लिएको अनुदानबारे भएन छानविन

चौधरी ग्रुप ग्रुपको अर्को ठगीधन्दा : अबैधधन्दाका मुख्य योजनाकार अध्यक्ष बिनोद रहेको खुलासा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!