सरकारको सूचीमा कहिल्यै परेन कर तिर्नेमा चौधरी ग्रुप

- July 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आफुलाई विश्वको धनी भन्दै पत्रपत्रिकादेखि अनलाईन हुदै टेलिभिजन र एफएममा समेत हुँकार गर्दै आएको चौधरी ग्रुपले सरकारलाई बुझाउनु पर्ने कर भने तिर्नेभन्दा पनि छली गर्दै आएको छ । अन्य कम्पनीले सरकारलाई बुझाउदै आएको र कर तिर्नेको सूचीमा पनि सवैभन्दा बढी र कम बुझाउनेको नाम समाबेश भएपनि विश्बको धनी भनी हुँकार गर्ने चौधरी गु्रप भने कहिल्यै पनि सो सूचीमा नाम पर्न सकेको छैन ।

वर्षमै अत्याधिक रुपमा सम्पत्ती बृद्धि भई विश्वको धनीको सूचीमा समेत उकालो लागेका सो ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसका मधेशी कोटाबाट समानुपातिक साँसद बनेका बिनोद चौधरीले भने न अहिले सम्म आयकर बुझाएका छन न कर । उनले शक्ती र सत्ताकै आँडमा सरकारी सहुलियतको सुविधा लिने तर सरकारी ढुकुटीमा जानुपर्ने कर र राजश्व भने बिदेश लादै लगानी समेत गर्दा सरकारले कारबाही गर्न सकेको छैन ।

सरकारले कर बुझाउनेको सूची सार्वजनिक गर्न सुरु गरेको वर्षदेखिनै सो सूचीमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको नाम कहिल्यै नआएको आन्तरिक राजश्व विभागका एक अधिकारीले बताएका छन् । ती अधिकारीले नाम गोप्य राख्ने सर्तमा तीव्रखबरको भेटमा भने,‘चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले कति कमाउछन र त्यसको आयकर समेत बुझाएका छैनन्, कर, राजश्व र भ्याटको त कुरै नगरौ, सो ग्रुपबाट सरकारले पाउनु पर्ने अर्बैंकै हाराहारीमा कर असुली गर्नु पर्ने देखिन्छ तर अहिलेसम्म असुली हुन सकेको छैन ।’

चौधरी ग्रुपले सरकारलाई बुझाउने कर छली गर्दै आएपनि अन्यले भने बुझाएको विभागको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको विभागले जनाएको छ । सो कम्पनीले सूर्य चुरोट उत्पादन तथा वितरण गदै आएको छ भने १० अर्ब ७२ करोड कर दाखिला गर्दै पहिलो नम्बरमा परेको छ ।

असार मसान्तसम्म दाखिला गरिएको कर विवरण अनुसार सो कम्पनी पहिलो नम्बरमा रहेको छ । गत वर्ष सो कम्पनीले ९ अर्ब ३४ करोड कर दाखिला गर्दै पहिलो नम्बरमै रहेको थियो । सो कम्पनीमा आइटीसी इन्डियाको ५९ प्रतिशत, नेपाली लगानीकर्ताको ३९ प्रतिशत र ब्रिटिस अमेरिकन टोब्याको (इन्भेष्टमेन्ट) लिमिटेड युकेको दुई प्रतिशत सेयर रहेको छ ।

दोस्रो सूचीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) रहेको छ । यो कम्पनीले ९ अर्ब ७२ करोड कर दाखिला गर्दै दोस्रो नम्बरमा परेको विभागले जनाएको छ । गत वर्ष यो कम्पनीले ९ अर्ब कर दाखिला गरेको थियो । एनसेलले गत वर्ष ७ अर्ब ५९ करोड राजस्व तिर्दै तेस्रो स्थानमा परेको छ ।

अत्याधिक कर छली गरि सरकारलाई कर बुझाएपनि चौथो नम्बरमा गोर्खा ब्रुअरी परेको छ । यो कम्पनीले गत वर्ष ५ अर्ब ६९ करोड कर तिरेको छ । विद्युत प्राधिकरण कर बुझाउनेमा पाँचौ स्थानमा परेको छ । प्राधिकरणले गत वर्ष ३ अर्ब ९५ करोड कर दाखिला गरेको छ । एनआइसी एसिया बैंक छैटौं नम्बरमा परेको छ ।

यो बैंकले ३ अर्ब ४१ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेमा परेको छ । नबिल बैंकले ३ अर्ब ३२ करोड कर बुझाएर सातौं नम्बरमा परेको छ । ग्लोबल आइएमई बैंक आठौं नम्बरमा रहेको छ । सिद्धार्थ बैंक नवौं नम्बरमा परेको छ । भने दशौं नम्बरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको विभगाले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!