चौधरी ग्रुपको मिटरब्याज आतंक : विना दर्ता केएमसी अटोमोबाइल्सबाट हुन्छ अबैधधन्दा

- January 23, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चौधरी ग्रुपका व्यापारी अरुण चौधरी र उनका छोरा करण चौधरीले दर्ता नगरेको कम्पनीको नामबाट अबैध रुपमा मिटरव्याजमा रकम लगानी गरी दर्जनौँ व्यक्ति पीडित भएको प्रमाण तीव्रखबरले फेला परेको छ । विद्यमान आर्थिक नियमावली विपरित चौधरीका बाबुछोराले राष्ट्र बैंकमा दर्ता समेत नभएको केएमसी अटोमोबाइल्स मार्फत मनोमानी ब्याज असुल्दै आएको सोही कम्पनीले सुजुकी गाडीका प्रयोगकर्तालाई ठगी गर्दै आएको खुलेको हो ।

पीडितहरुले गोप्य रुपमा दिएको विवरण अनुसार लकडाउन अवधिमा समेत ति कम्पनीबाट मिटरव्याजमै शुल्क असुल गरिएको भन्दै कार्यालयमै दिएको निवेदन र स्टेमेन्ट समेत प्राप्त भएको छ । राष्ट्र बैंकले निर्धारण गरेको ब्याजदरमा ऋण र ब्याजको कारोबार गर्न राष्ट्र बैंकबाटै अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थाले मात्रै पाउँछन् । तर, चौधरी ग्रुप अन्तरगत सञ्चालन हुदै आएको केएमसी अटोमोबाइल्सले सुजुकी गाडीका प्रयोगकर्तालाई लामो समयदेखि आफुखुशी अवैध रुपमा मिटर ब्याजमा रकम असुली गर्दै आएको पाइएको हो ।

तीव्रखबरलाई ढिला गरि प्राप्त विवरण अनुसार केएमसी अटोमोबाइल्सले लकडाउन अवधिमा आफूलाई चर्को शुल्क लिएको भन्दै पीडितहरुले चौधरीको कार्यालयमै उजुरी दिएको भेटिएको छ । गत असोज १५ गते केएमसी अटोमोबाल्सलाई दिएको निवेदनमा पीडितलाई लकडाउन अवधिमा पेनाल्टी बापत ७६ हजार रुपैयाँभन्दा बढी रकम असुल गरिएको र उक्त रकम फिर्ता दिन माग गरेका छन् । उनीहरुले केएमसी अटोमोबाइल्सले लकडाउन अवधिमा दैनिक १ सय २२ रुपैयाँ जरिवाना गरेको पाइएको छ ।

१५ दिनपछि त्यसमा थपेर असुली गरिएको बताइएको छ । हायर पर्चेचको कारोबार गर्ने अनुमति नै नपाए पनि यो कम्पनीले १० दशमलव ९९ प्रतिशत ब्याज लिदै आएको छ । उनीहरुले बेचेको गाडीका लागि १२ लाख १७ हजार ३ सय रुपैयाँको फाइनान्स गराएको र ५ लाख १७ हजार ८ सय ८३ रुपैयाँ ब्याज बुझाउनुपर्ने स्टेटमेन्टमा देखाइएको छ ।

केएमसी अटोमोबाइल्स नामक कम्पनीले १२ लाख रुपैयाँभन्दा बढी रकम अबैधरुपमा जरिवाना भनेर असुली गर्र्दै आएको समेत प्राप्त विवरणबाट खुलेको छ । अर्का एक पीडितलाई पनि प्रमुख विनोद पौड्यालले लकडाउन पछि तिर्नुस् अहिले केही तिर्नु पर्दैन भने तर, लकडाउन खुलेपछि पछि भने उनीबाट मिटरव्याजमा जरिवना थपेर असुली गर्दै आएको आरोप लागेको छ ।

सेवाग्राहीहरुले तिर्दै आएको नियमित किस्तामा पनि विभिन्न जरिवाना देखाएर ८० हजार रुपैयाँभन्दाबढी जरिवाना तिर्न बाध्य गराउदै आएको पीडितहरुले बताएका छन् । केही पीडितलाई भने सोे कम्पनीले कागजमा ८ दशमलव ९९ प्रतिशतमा सम्झौता गरेको भएपनि पछि १५ प्रतिशतभन्दा बढी ब्याज असुली गरेको भेटिएको छ । राष्ट्र बैंकबाट हायर पर्चेचको कारोबार गर्न अनुमति लिएका १० वटा संस्थाको सुचीभित्र केएमसी अटोमोबाइल्सको नाम अहिलेसम्म भेटिएको छैन ।

नेपाल राष्ट्र बैंकभित्र दर्ता नभएका कुनै पनि कम्पनी वा व्यक्तीले नगद कारोबार गरेमा त्यसको कारबाही राष्ट्र बैंकले भन्दा पनि ठगी मुद्दामा कारबाही गरिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको कार्यालयमा दर्ता नै नभएको कम्पनीले अवैध रुपमा असुली गरेको छ भने प्रहरी प्रशासनले सो मुद्दा हेर्ने व्यवस्था गरिएको छ ।

यसरी विना दर्ता भएका अधिकाशं ठूला घरानीया भन्ने कम्पनीका सञ्चालकहरुबाट खुला रुपमा विद्यमान ऐनलाई समेत लत्याउदै आफुखुशी बैंकिङ कारोबार समेत गर्दै आउदाँ सरकारको सम्बन्धित निकाय भने मौन बसेको छ । मिटरव्याजमा कारोबार गरेकोभन्ने आरोपका सम्बन्धमा चौधरी ग्रुपका अरुण र करण चौधरीलाई पटक पटक फोन सम्र्पक गर्दा पनि उनीहरु सम्र्पकमा आउन चाहेनन् । भने उनीहरुको कम्पनीमा सम्र्पक गर्दा पनि अहिले उहाँहरु अफिसमा नभएको भन्दै फोन लाईन काटिदिएका कारण सम्र्पक हुन सकेन ।

यो पनि अध्ययन गर्नुभयो ?

कोरोना खोपमा चौधरी ग्रुपको बदमासी : ‘चौधरी टावर’ बाट नाडा सदस्यमाथी फोन आतंक

अदालतको फैसला लत्याउदै चौधरी ग्रुपकै अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स

चौधरी ग्रुपलाई अर्को झड्का : नाडाको नेतृत्व हत्याउने योजना विफल

चौधरी ग्रुपको ठगी प्रकरण : नक्कली निर्यात विवरण बुझाएर राज्य कोषबाट ११ करोडभन्दाबढी रकम ठगी

करण चौधरी विद्यमान ऐन विपरित नाडाको अध्यक्षका उम्मेदबार!!!

महामारीमा जनता लुट्दै नेपाल उद्योग परिसंघ : मेडिकल उपकरण कालोबजारीमा चौधरी ग्रुप अग्रस्थानमा

चौधरी ग्रुपले ऐन मान्नु नपर्ने :दूरसञ्चार प्राधिकरण ऐनविपरीत सीजी टेलिकमको गतिविधि

सरकारी जग्गा हड्पेर चौधरी ग्रुपले बनाउदै हाउजिङ


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!