शैलुङ क्षेत्रको धार्मिक तथा पर्यटकिय स्थलको भ्रमण गर्न ६० जना जेष्ठ नागरिक दोलखा प्रस्थान

- April 26, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । दोलखाको शैलुङ देशकै आकर्षक पर्यटकीय गन्तव्यस्थल बन्न पुगेको छ । प्राकृतिक सुन्दरता, भौतिक पूर्वाधारको विकास, स्थानीय कला संस्कृति, रहनशहन, कला परम्परा र त्यस क्षेत्रका वासिन्दाको सकृयताले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भैरहेको छ । काठमाडौंसहित देशका विभिन्न स्थानबाट शैलुङ भ्रमण गर्नेहरूको संख्या बढ्दो छ ।

यसरी भ्रमण गर्नेमा वर्तमान तथा पूर्व प्रशासक, व्यवसायी, साहित्यकार, कलाकार, पत्रकार, राजनीतिकर्मी एवम समाजसेवीसंगै ६० जनाको जेष्ठ नागरिक सहित सो क्षेत्रको भ्रमणमा गएका छन् । पछिल्लो समय भारत, चीन लगायतका देशबाट समेत पर्यटन आइरहेको समाजसेवी शोभित उप्रेतीले बताएका छन् ।

उप्रेतीकै पहलमा शुक्रबार काठमाडौं वडा नम्बर ३१ का ६० जना जेष्ठ नागरिक शैलुङको भ्रमणमा गएको बताएको छ । त्यहाँ उनीहरले विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने उप्रेतीले जानकारी दिए । शैलुङ भ्रमणमा जान पाउँदा जेष्ठ नागरिकहरुले प्रसन्नता व्यक्त गरेकाछन् । ६० जनाको टोली शनिबार साँझ काठमाडौं फर्कनेछ कार्यक्रम तय गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!