चौधरी ग्रुप ग्रुपको अर्को ठगीधन्दा : अबैधधन्दाका मुख्य योजनाकार अध्यक्ष बिनोद रहेको खुलासा

- April 20, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । शक्ति र पैसाकै आँडमा वर्षैदेखि कालाबजारी, अनियमिकता र तस्करीकार्य गर्दै करोडौ रुपैयाँ कर छली गर्ने चौधरी ग्रुपमाथी सरकारले कुनै अनुसन्धान र कारबाही गर्न सकेको छैन । चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीकै मुख्य योजनामा हुदै आएको सानातिना घटनामाथी सरकारले कारबाही गरेको जस्तो गरेपनि नक्कली मुल्यअभिबृद्धि कर (भ्याट), राजस्व र आयकर छली गरेको ठहर गर्दै सरकारी निकायबाट १० अर्व रुपैयाँ असुली गर्नु गराउनु भन्दै दिएको निर्देशन समेत सरकारले कार्यान्वयन गर्न सकेको छैन । पछिल्लो समयमा केपी ओलीको नेतृत्व सरकारले सिजी कम्युनिकेशनमाथी कारबाही गरेपनि ठूला अनियमिकतामाथी कारबाही नगरि उन्मुक्ति पाएसंगै अन्य उद्योगीहरु समेत ठगीधन्दामा लाग्दै आएका छन् । यसैक्रममा देशमा कोरोना भाइरसले देश विषम परिस्थितीमा पुगेको मौका छोप्दै स्वास्थ्य उपकरणमा ठगी गर्ने योजना अनुसार ठूला उद्योगी घरनाहरु सकृय हुन पुगेका छन् ।
कालोबजारी गरेको अभियोगमा प्रहरीले गत चैत २५ गते पक्राउ गरेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि उनै चौधरी ग्रुपको कनेक्सनमा अबैध कार्य गर्दै आएको खुलासा भएको छ । नेपालमा व्यापार गरेर कब्जा जमाएको र विश्वमै धनाढ्यको सूचीमा आफ्नो नाम लेखाएको ठूलो व्यापारिक समूह चौधरी ग्रुपसँग शंकर ग्रुपको सोझो सम्बन्ध देखिएपछि कालोबजारीको मुख्य योजानाकार चौधरी ग्रुप भएको खुलेको छ । नेपालकालागि किर्गिजस्तानका अवैतानिक दूत भएर लिएको कूटनीतिक नियोगको नम्बर प्लेट गाडी प्रयोग गरी कालोबजारी गर्ने गरेको आशंकापछि प्रहरीले ग्राहक बनेर अग्रवाललाई पक्राउ गर्दा र उनीसंग भएको प्रारम्भीक अनुसन्धानबाट चौधरी ग्रुप सो अबैध कार्यको मुख्य योजनाकार भएको खुलेको छ ।

ठूला व्यापारीमा नाम कहलिए पनि कालोबजारी उनको पेशा नै भएको । कालोबजारीका अभियुक्त अग्रवाल विनोद चौधरीका आफन्त हुन् । उनी विनोदका भाइ वसन्त चौधरीका साढुभाई श्याम सुन्दर गोयलका भतिज हुन् । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरी र उनका साढुभाई एवं सुलभका जेठो बाबु श्यामसुन्दर गोयलले कुख्यात बिचौलिया कैलाशचन्द्र गोयललाई अभियुक्त अग्रवाललाई छुटाउन पटक–पटक प्रयास गरेको जिल्ला प्रहरी स्रोतले जनाएको छ । अभियुक्तले कूटनीतिक नियोगको गाडीमा सामान कालोबजारी गरेकाले मुलुकी अपराध संहिताको दफा ११० अन्तर्गत मुद्दा चलाउनु पर्ने हुन्छ । अभियुक्त अग्रवालसंग भएको बयानका क्रममा नाम खुलाई दिने होकी भन्ने डरले उनलाई छुटाउन चौधरी ग्रुप, गोयलले विचौलिया मार्फत काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई विभिन्न प्रकारबाट दवाव दिदै आएको छ ।
मुलुकी अपराध संहिताको दफा ११० अन्तर्गत मुद्दा नचलाउने गरी सेटिङ मिलाउन चौधरी ग्रुपबाट दवाव दिएको स्रोतको दाबी रहेको छ । तर मुलुकी अपराध संहिताको दफा ११० को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुरमा प्रष्टसँग लेखिएको छ, ‘बिक्री गर्ने उपभोग्य वस्तु बिक्री नगरी जम्माखोरी गर्ने र बजारमा कृत्रिम अभाव खडा गरी त्यस्तो वस्तुको मूल्यबृद्धि गर्न वा त्यस्तो वस्तु बढी मूल्यमा बिक्री गर्न वा गराउन वा त्यस्तो वस्तुको बिक्रीबाट अनुचित नाफा लिने उद्देश्यले त्यस्तो वस्तु बिक्री वितरण नगरी थुपार्न वा सञ्चित गरी राख्न वा जम्माखोरी गर्न हुँदैन । त्यस्तो कसुर गर्ने गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन्छ । कालोबजारी ऐन अनुसार बढीमा १ वर्ष कैद हुने व्यवस्था छ। एक वर्ष कैद बराबर १५ हजार रुपैयाँ धरौटी र विगोबापत १० लाख राख्न लगाएर सुलभलाई छुटाउने खेलमा कैलाशचन्द्र गोयल लागेका छन् । अवैतनिक दूतका लागि सरकारले कूटनीतिक उन्मुक्ति दिएको निलो नम्बर प्लेटको गाडीमा कालोबजारी गर्नेलाई कालोबजारी ऐन अनुसार छाड्न नमिल्ने कानुनविद्हरुको भनाई रहेको छ । कैलाशचन्द्र गोयलले अभियुक्तलाई छुटाउनका लागि सरकारी वकिलसमेत सेटिङ गरिसकेको बुझिएको छ ।

गोयल ठूला व्यापारीको मुद्दा मिलाउन जिल्लादेखि उच्च र सर्वोच्चका न्यायाधीशदेखि प्रधानन्यायाधीससम्म सोझै पहुँच राख्दै अएको र उनी ललिता निवास बालुवाटारको २० रोपनी जग्गा गैरकानूनी रुपमा दर्ता गर्ने मुख्य व्यक्तिका रुपमा चिनिन्छन । गोयललाई चर्चित अन्तर्राष्ट्रिय कम्पनीको ट्रेडमार्क चोर्ने गिरोहको मुख्य व्यक्ती भएको आरोप पनि लाग्ने गरेको छ । यसरी नेपालमा लगानी आकर्षित गर्न करोडौं खर्च गरी सम्मेलन हुन्छ, तर आएका अन्तर्राष्ट्रिय कम्पनीलाई गोयलजस्ताले उद्योग विभागदेखि सर्वोच्च अदालतसम्मलाई प्रभावमा पारी कसरी हतोत्साही गरिरहेका छन् । ट्रेडमार्कदेखि हरेक ललिता निवासको जग्गासम्म घोटाला गर्ने कैलाशचन्द्र गोयल प्रहरीमा कालोबजारी र कूटनैतिक सुविधाको गाडी दुरुपयोगमा पक्राउ परेका सुलभलाई छुटाउन पनि करोडौंको बिटो बोकेर शक्तिकेन्द्र धाएपछि महामारीमा कालोबजारी गर्नेहरु पनि छुट्ने अबस्थामा पुगेका छन् । यसरी शक्ति र पैसाकै आँडमा अभियुक्तहरुलाई छुटाउदै जाने हो भने देशमा कालाबजारीको राज समेत चल्ने अबस्था आएको देखिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!